News Desk
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन लगानीमा केन्द्रित हुनेछ। खर्च बढे पनि भविष्यलाई सुरक्षित बनाउन केही ठोस कदम चाल्नुपर्नेछ। दिगो योजनाका लागि ऋण लिने सम्भावना रहन्छ। अवसरहरूको खोजीमा केही दौडधुप गर्नुपर्ने हुन सक्छ। देश–विदेश भ्रमणका सम्भावनाहरू बढ्नेछन्। तर, परिस्थितिले करकापमा पार्न सक्छ, जसले गर्दा विशेष निर्णय चाँडै लिनुपर्ने स्थिति आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहने भएकाले सतर्कता आवश्यक छ।
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ आम्दानीका स्रोतहरू फेला पर्नेछन्। पहिले गरेका लगानी तथा परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आर्थिक क्रियाकलाप बढ्नेछ, जसले उठ्नुपर्ने रकम हात लाग्ने सम्भावना बढाउँछ। कृषि, पशुपालन तथा व्यवसायमा विशेष लाभ हुने समय छ। चल-अचल सम्पत्तिको सही उपयोगबाट थप फाइदा लिन सकिनेछ। गरिएका कामको प्रतिफल छोटो अवधिमै पाइनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्, जसबाट भविष्यको सुनिश्चितता गर्न सकिनेछ।
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर मिल्नेछ। व्यवसाय तथा कामकाजी जीवनमा दीर्घकालीन फाइदा हुने योजना प्रारम्भ गर्न सकिनेछ। विशेष भेटघाटले आत्मविश्वास बढाउनेछ। तपाईँको मिहिनेतले नाम, दाम र इनाम दिलाउने सम्भावना छ। सामाजिक कार्यमा संलग्न भई अरूलाई सहयोग गर्न सकिनेछ। जिम्मेवारी बढ्नेछ, जसले नेतृत्व क्षमतामा निखार ल्याउनेछ। विशेष जिम्मेवारी प्राप्त हुने सम्भावना रहन्छ।
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने दिन छ। शरीर कमजोर महसुस हुनसक्छ, जसले गर्दा चाहेको काममा बाधा पुग्न सक्छ। परिस्थितिले चिताएको काम रोकिने सम्भावना छ। आफ्ना विचार अरूका लागि प्रयोग गर्नुपर्ने हुन सक्छ। आफ्नो श्रमको प्रतिफल अरूले लिन सक्ने सम्भावना भएकाले सावधान रहनुहोला। सत्कर्ममा संलग्न शुभचिन्तकहरूको साथ पाइनेछ। लगातारको प्रयासले मात्र इच्छित लक्ष्य हासिल गर्न सकिनेछ।
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शारीरिक कमजोरीले काममा बाधा पुर्याउने सम्भावना छ। आर्थिक क्रियाकलापमा अवरोध आउन सक्छ। गोपनीयता बाहिरिन सक्ने हुँदा सचेत रहनुहोला। तत्काल उपलब्धि प्राप्त नहुन सक्छ, तर प्रयास गर्दै जाने हो भने भविष्यमा सफलता सम्भव छ। रोकिएको कार्यमा पुन: जोड दिँदा सफल परिणाम हात लाग्नेछ। नोक्सानी हुने सम्भावना भएकाले आर्थिक निर्णयमा सतर्कता अपनाउनु उचित हुनेछ।
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइ तथा नजिकका व्यक्तिहरूसँग रमाइलो समय बित्नेछ। जमघट, खानपान र यात्राका अवसर जुर्नेछन्। पहिलेको सफलताले थप आत्मविश्वास बढाउनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ। कमजोरी सुधार्दै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। नयाँ कार्य प्रस्ताव आउनसक्छन्, जसले आर्थिक तथा व्यवसायिक क्षेत्र सबल बनाउनेछ। पारिवारिक भेटघाटले आत्मीयता बढाउनेछ।
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अघिल्लो सफलताले थप आत्मबल बढाउनेछ। विभिन्न अवसरहरू प्राप्त हुनेछन्, जसबाट मनग्गे फाइदा उठाउन सकिनेछ। प्रयत्न गरे लक्ष्य प्राप्ति अवश्य हुनेछ। प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ। शत्रुहरू परास्त हुनेछन्, स्वास्थ्यमा सुधार आउनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहने सम्भावना छ। इच्छाशक्ति दृढ बनाएर अगाडि बढे उत्कृष्ट उपलब्धि हासिल गर्न सकिनेछ।
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छिटो नतिजाको अपेक्षाले समस्यामा पार्न सक्छ। अरूका लागि समय, श्रम र बुद्धि खर्चनुपर्ने दिन छ। अवसर आए पनि नयाँ कार्य थालनी गर्नु अघि राम्ररी सोच्न आवश्यक छ। परिस्थितिले केही सम्झौता गर्नुपर्ने हुनसक्छ, जसले अन्ततः सकारात्मक परिणाम दिन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिने खतरा रहन्छ। अध्ययन तथा बौद्धिक कार्यमा सफलता मिल्नेछ।
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कामको प्रक्रिया नमिल्नाले केही कुराहरू दोहोर्याउनुपर्ने हुन सक्छ। साझेदारीमा असमझदारी उत्पन्न हुनसक्छ, जसले पहिलेका सम्झौताहरू भंग हुनसक्छन्। जल्दबाजीमा गरेको वचनले अप्ठ्यारो पार्न सक्छ। महत्वपूर्ण योजनाहरू तत्काल सार्वजनिक गर्नु उचित हुनेछैन। घरायसी खर्च बढ्ने सम्भावना छ। नजिकिन खोज्ने व्यक्तिहरूबाट सतर्क रहनुहोला, किनभने फाइदाका लागि सम्बन्ध गाँस्ने प्रवृत्ति बढ्न सक्छ।
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूको राम्रो साथ मिल्नेछ। व्यापार, उद्योग तथा आर्थिक गतिविधिमा मनग्गे लाभ उठाउन सकिनेछ। मेहनतको प्रतिफल छोटो समयमा नै प्राप्त हुनेछ। विशेष अवसर तथा उपहार पाउन सकिने सम्भावना छ। कृषिक्षेत्रमा केही चुनौती आए पनि आम्दानी वृद्धि हुनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। दृढ आत्मविश्वासका साथ अगाडि बढ्दा उत्कृष्ट सफलता हात लाग्नेछ।
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्नेछ। अभिव्यक्तिको कलाले अवसरहरू सिर्जना गर्नेछ। इच्छित कार्य सम्पन्न हुनेछ। पहिले भएका कमजोरी सच्याउने अवसर मिल्नेछ। मेहनतको प्रतिफलस्वरूप सम्मान तथा प्रतिष्ठा प्राप्त हुनेछ। आर्थिक लाभका लागि अनुकूल समय रहेको छ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन्। दूरगामी फाइदा हुने सम्झौता गर्ने अवसर आउनसक्छ। नाम, दाम र प्रतिष्ठा बढ्ने सम्भावना छ।
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतको राम्रो प्रतिफल पाइनेछ। आत्मविश्वास बढ्नेछ। सहयोगीहरूको राम्रो साथ रहनेछ। विशिष्ट व्यक्तिहरूसँग घनिष्ठता बढ्नेछ। आकर्षक उपहार प्राप्त हुनसक्छ। रमाइलो जमघटमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ अवसरहरू आउनाले भविष्यप्रति आशावादी बन्न सकिनेछ। सराहनीय कार्यहरू गरेर प्रतिष्ठा कमाउने समय छ। पेशा तथा व्यवसायमा लाभदायक परिणाम प्राप्त हुनेछ।