News Desk
आजको राशिफल – Today's Horoscope
२०८१ फागुन १९ गते, साेमवार, ३ मार्च २०२५।
फाल्गुण शुक्ल पक्ष चतुर्थी तिथि। रेवती नक्षत्र १०ः३४ बजेपछि अश्विनी। चन्द्रराशि मीन, १०ः३४ बजेपछि मेष।
मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहान खर्चिलो काम गर्नु पर्ने देखिन्छ। टाढाका आफन्तसँग सम्पर्क बढ्ने सम्भावना छ। यात्रा गर्नुपर्ने अवसर मिल्न सक्छ। दिउँसो परिस्थिति अनुकूल बन्नाले नयाँ कार्य आरम्भ हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मेहनतले ज्ञान, कला र व्यक्तित्वमा निखार ल्याउनेछ। स्वादिष्ट खानपानको आनन्द लिन सकिनेछ। व्यवसायमा राम्रो फाइदा प्राप्त हुनेछ, आत्मसम्मान जोगाउन सफल भइनेछ।
वृष - Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यवसाय, साझेदारी तथा सट्टापट्टामा लाभ हुने सम्भावना छ। केही आम्दानी हुने समय छ। श्रम अनुसारको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ, नयाँ जिम्मेवारी पनि थपिन सक्छ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। व्यापारमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। खर्चिलो काम सुरु हुन सक्छ। आकस्मिक समस्याका कारण आर्थिक बोझ बढ्न सक्छ। यात्राको योजना अघि बढ्न सक्छ।
मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतले पहिलेको अवस्थाको सुधार ल्याउनेछ र गुमेको स्थान पुनः प्राप्त गर्न सकिनेछ। पुराना समस्या हल भई विभिन्न अवसर मिल्नेछन्। दिउँसोदेखि काम सफल बन्नेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँट र परिश्रमले कीर्तिमानी स्थान प्राप्त गराउनेछ। परोपकारी कार्यमा रुचि बढ्नेछ। दीर्घकालीन लाभ हुने जिम्मेवारी हात पर्ने सम्भावना छ।
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोज्ने समय आएको छ। बिहान तय गरिएका योजनाहरू दिउँसो कार्यान्वयन हुनेछन्। पुरुषार्थी कामबाट लाभ उठाउने अवसर मिल्नेछ। स्रोतसाधन जुट्नाले व्यवसायमा विशेष फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले सफलताका नयाँ ढोका खोल्नेछ। सामाजिक तथा परोपकारी गतिविधिमा संलग्न हुने सम्भावना छ।
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको प्रभावमा परिएमा गोपनीयता भंग हुन सक्छ। कमजोरीहरू खुलाउन नहुने देखिन्छ। सफलताका लागि दोहोर्याएर प्रयास गर्नु पर्नेछ। बिहान संघर्ष भए पनि दिउँसो विशेष उपलब्धि मिल्नेछ। भविष्यका लागि नयाँ योजनाहरू बन्नेछन्। तत्काल कुनै कार्य सम्पादन नभए पनि दीर्घकालीन योजनाका लागि अवसर मिल्नेछ। अध्यात्मप्रति झुकाव बढ्नेछ, समाजसेवामा मन लाग्नेछ।
कन्या - Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहान उत्साहवर्द्धक रहनेछ। रमाइलो यात्राका साथै मानसम्मान प्राप्त हुनेछ। व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। दिउँसो स्वास्थ्यसम्बन्धी केही समस्या आउन सक्छ। आफन्त तथा सहयोगीहरू टाढिन सक्छन्। धन तथा श्रमको खर्च बढ्ने देखिन्छ। कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ।
तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बिहान संघर्षपूर्ण भए पनि दिनभरि मनोरञ्जन र उत्साह प्राप्त हुनेछ। व्यापारमा वृद्धिको संकेत छ, यात्रा गर्ने अवसर मिल्न सक्छ। भौतिक सम्पत्ति तथा ज्ञान वृद्धि हुनेछ। मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाटको अवसर मिल्नेछ, सत्कार पाइनेछ। आफन्तहरूको साथ रहनेछ। वादविवादमा नपर्ने राम्रो हुन्छ।
वृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिन उत्साहजनक रहनेछ। बुद्धिको प्रयोग गरी समस्याको समाधान खोज्न सकिनेछ। पहिलेको सफलता प्रेरणादायी बन्नेछ। अवसर खोजी गर्दा मनग्य फाइदा लिन सकिनेछ। परिश्रमले लक्ष्य प्राप्त गराउनेछ। शत्रुहरू परास्त हुनेछन्। रोगबाट मुक्ति मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ।
धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बिहानको काम अपेक्षाकृत सन्तोषजनक नहुन सक्छ, तर पुनः प्रयास गर्दा सफलता मिल्नेछ। प्रतिष्ठित कार्य सम्पादन गर्ने अवसर मिल्नेछ। दिउँसोदेखि दीर्घकालीन लाभ हुने कामको थालनी गर्न सकिनेछ। अध्ययनमा रुचि बढ्नेछ। गुरुजनको मार्गदर्शन उपयोगी रहनेछ। सहपाठीहरू पछि पर्नेछन्। प्रतीक्षित नतिजाले आत्मविश्वास बढाउनेछ।
मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहान विशेष काम गर्न अनुकूल समय हुनेछ। अग्रजहरूको सहयोग लाभदायक हुनेछ। योजना सार्वजनिक नगरेकै राम्रो हुनेछ। दिउँसो परिस्थितिहरू केही प्रतिकूल बन्न सक्छन्। हतारमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। साझेदारीमा असमझदारी बढ्न सक्छ। रोकिएका कामलाई सफल पार्न पुनः प्रयास गर्नुपर्छ। हतारमा निर्णय लिनु अनुचित हुन सक्छ।
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
बिहान तय गरिएको योजना दिउँसो कार्यान्वयन हुनेछ। शुभचिन्तकहरूको समर्थनले व्यवसायमा विशेष फाइदा हुनेछ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। लक्ष्यमा पुग्न सफल भइनेछ। प्रतिस्पर्धीहरू पराजित हुनेछन्। साथीभाइको सहयोग रहनेछ। व्यवसायिक लक्ष्य पूरा गर्न सकिनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। दीर्घकालीन फाइदा दिने काम सुरु गर्न सकिनेछ।
मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहान विशेष भेटघाटको अवसर प्राप्त हुनेछ। परिस्थितिहरू अनुकूल बनाउन प्रयास गर्नुपर्नेछ। दिउँसो महत्वपूर्ण कार्य सम्पादन हुनेछ। बौद्धिक कलामा प्रभाव बढ्नेछ। पहिलेका उपलब्धिहरूले नयाँ जिम्मेवारी प्राप्त गराउनेछन्। शुभचिन्तकहरूको साथ मिल्नेछ। बुद्धिको प्रयोग गरी आर्थिक फाइदा लिन सकिनेछ। अध्ययन, लेखन तथा ज्ञान वृद्धिको अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साहित बनाउनेछ।