News Desk
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शैक्षिक गतिविधिमा उल्लेखनीय प्रगति हुनेछ। सिर्जनात्मक लेखन तथा अभिव्यक्तिका माध्यमबाट ख्याति कमाउन सकिनेछ। बोलीको प्रभावशाली प्रयोगले महत्त्वपूर्ण काम बन्नेछ। आलोचकहरू समेत तपाईंको कामको प्रशंसा गर्न थाल्नेछन्। मेहनत गर्दा प्रतिष्ठित स्थान हासिल गर्न सकिनेछ। सहयोगीहरूको साथ रहनेछ भने अहिलेको लगनशीलता भविष्यमा फाइदाजनक बन्नेछ। पहिले गरेका गल्तीहरू सच्याउने अवसर प्राप्त हुनेछ।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको दिन रमाइलो बित्नेछ। नयाँ कामका लागि प्रस्ताव आउनुका साथै सहयोगीहरूको साथ पाइनेछ। अघिल्लो सफलता नयाँ ऊर्जाको स्रोत बन्नेछ। पारिवारिक भेटघाट र स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। विगतका कमजोरी सुधार गर्दै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको प्रशंसा हुनेछ भने व्यक्तित्वमा निखारता आउनेछ।
का, कि, कु, घ, ङ, छ, के, को, ह
अन्य व्यक्तिहरूको दबाबमा परेर काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। खर्चको मात्रा बढ्ने हुँदा सञ्चित रकम प्रयोग गर्नुपर्ला। व्यापारमा उधारो कारोबार गर्नुपर्ने स्थिति आउन सक्छ। समय अभावका कारण अध्ययन प्रभावित हुनसक्छ। पारिवारिक टाढापनले मनमा निराशा पैदा हुन सक्छ। यद्यपि प्रयत्न गरेमा यात्राका योजना अघि बढाउन सकिनेछ। गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्ने भएकाले सतर्कता आवश्यक छ। सफलता हासिल गर्न निकै मेहनत गर्नुपर्नेछ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको मेहनत र लगानीको सकारात्मक नतिजा देखिनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। प्रयत्न गर्दा जिन्सी सम्पत्ति नगदमा रूपान्तरण गर्न सकिनेछ। यद्यपि आलस्यका कारण काम सम्पादनमा ढिलाइ हुन सक्छ। आर्थिक रूपमा सन्तोषजनक समय रहनेछ, जसले आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ। दीर्घकालीन योजनाहरूका लागि केही त्याग गर्नुपर्ने हुनसक्छ। सरसापटमा गएको रकम फिर्ता हुने सम्भावना छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन उत्साहजनक रहनेछ। नैतिक मर्यादा पालना गर्दै प्रतिष्ठा कमाउने समय आएको छ। स्वार्थी स्वभाव भएका व्यक्तिहरू तपाईंको जीवनबाट टाढिनेछन्। मेहनतले सफलता, धन, र पुरस्कार दिलाउनेछ। लक्ष्यमा सहज रूपमा पुग्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ, जसले पेशागत जीवनमा लाभ पुर्याउनेछ। अध्ययन, चिन्तन तथा लेखनप्रति रुचि जाग्नेछ। लगनशीलताले सफलता प्राप्त गराउनेछ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सानो प्रयासले पनि विशेष उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानी सीमित भए पनि आवश्यकताहरू पूरा हुनेछन्। शुभचिन्तकहरूको साथ रहनेछ भने भविष्यका लागि राम्रो कर्म गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक कार्यहरूबाट सम्मानित हुने सम्भावना छ। मेहनतको सकारात्मक नतिजा प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धार्मिक तथा सेवामूलक कार्यतर्फ आकर्षित गराउनेछ।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य काम सम्पन्न गर्न पनि धेरै दौडधुप गर्नुपर्ने हुन सक्छ। तत्काल नाफा नहुने तर दीर्घकालीन रूपमा फाइदा दिने कार्यमा संलग्न हुनुपर्ला। परिस्थितिजन्य बाधाहरू चुनौती बन्न सक्छन्। ठूलो आशा गर्दा हातमा भएको पनि गुम्न सक्छ। अन्यका मामिलामा चासो लिँदा अनावश्यक झमेला निम्तिन सक्छ। स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। व्यायाम र सन्तुलित आहारमा ध्यान पुर्याउनु लाभदायी हुनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिनेछ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनोरञ्जनात्मक यात्रा तथा भेटघाटका अवसरहरू प्राप्त हुनेछन्। व्यापार विस्तार हुने साथै राम्रो आम्दानी हुनेछ। विशेष उपहार प्राप्त हुनसक्छ। टाढा रहेका आफन्तहरूसँग पुनः सम्बन्ध प्रगाढ बन्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ बलियो हुनेछ। मेहनतको सकारात्मक परिणाम प्राप्त हुनेछ। सहकर्मी तथा सहयोगीहरूको पूर्ण समर्थन पाइनेछ। सामाजिक सेवा तथा पेशागत क्षेत्रमा गरिएका कार्यहरूको उचित मूल्यांकन हुनेछ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अघिल्लो सफलताले नयाँ ऊर्जा दिनेछ भने आगामी दिनका लागि मजबुत जग बसाउने अवसर मिल्नेछ। अल्पकालीन भए पनि स्थायी लाभ दिने काम सुरु गर्न सकिनेछ। कडा परिश्रमको फलस्वरूप लक्ष्य प्राप्त हुनेछ। शत्रु तथा स्वास्थ्य समस्याबाट छुटकारा मिल्नेछ। विवाद वा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रहरूमा अरूलाई पछि पार्न सफल भइनेछ। लामो दूरीको यात्राका योजना अघि बढ्नेछन्।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खुसीको खबर प्राप्त हुनेछ जसले मनोबल उच्च बनाउनेछ। जटिल परिस्थितिहरू समाधान गर्न समय दिनुपर्नेछ। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानको परिधि विस्तार हुनेछ। कडा मेहनतले प्रतिष्ठित कार्यहरू सम्पन्न गर्न मद्दत गर्नेछ। गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने लगनशीलताले उत्कृष्ट परिणाम दिलाउनेछ।
गु, गे, गो, सा, सि, सु, से, सो, द
झूटा आश्वासन दिनेहरूबाट सचेत रहनुपर्नेछ। अवसरहरू प्राप्त भए पनि तत्काल परिणाम प्राप्त नहुन सक्छ। विगतका सम्झौता परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। अरूको भरमा निर्भर हुँदा कार्य सफल नहुन सक्छ। अन्योलको अवस्थामा वरिष्ठ वा अनुभवी व्यक्तिहरूसँग परामर्श लिनु लाभदायी हुनेछ। रोकिएका कामहरू दोहोर्याएर गर्नुपर्ने हुनसक्छ। आफ्नै परिश्रमबाट अरूले फाइदा उठाउने सम्भावना भएकाले सजग रहनु उचित हुनेछ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ कार्यको थालनी गर्न अनुकूल समय रहेको छ। सहयोगीहरूको पूर्ण समर्थन रहनेछ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। सेवामूलक कार्यहरूबाट सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रयास गर्दा राम्रो अवसरहरू प्राप्त हुनेछन्। मित्रता तथा सहकार्य सशक्त बन्नेछ। भविष्यमा लाभदायक हुने योजना प्रारम्भ गर्न सकिनेछ। भौतिक सुविधा जुट्नेछन् भने अधुरा कार्यहरू पुनः सुरु गर्न सकिनेछ।