News Desk
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शैक्षिक क्षेत्रमा प्रगति देखिनेछ। लेखन तथा सिर्जनात्मक कार्यबाट लोकप्रियता हासिल हुनेछ। साथ दिने सहयोगीहरूका कारण चाहेका कार्यहरू पूरा हुनेछन्। नयाँ आम्दानीका स्रोतहरू फेला पर्नेछन्। व्यवसायिक सफलता प्राप्त हुनेछ, जसले थप काम गर्न प्रेरित गर्नेछ। साँझतिर थप जिम्मेवारी बढ्न सक्छ, तर यसबाट फाइदा नै हुनेछ। दिगो कामको थालनी हुनेछ।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले व्यक्तित्वमा निखार ल्याउनेछ। दिगो योजना निर्माण हुन सक्छ। व्यापारमा राम्रो फड्को मार्न सकिनेछ। छोटो अवधिमै उत्कृष्ट उपलब्धि हासिल हुनेछ। अघिल्ला कमजोरीहरू सच्याउँदै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। परिस्थिति आफ्नो पक्षमा राख्न व्यवहारमा सचेत रहनु आवश्यक छ। बोली र व्यवहारमा संयमता अपनाउँदा सफल भइनेछ।
का, कि, कु, घ, ङ, छ, के, को, ह
अचानक आउने खर्चले आर्थिक दबाब सिर्जना गर्न सक्छ। आफन्तजनसँग टाढिने सम्भावना रहन्छ। व्यवसायमा अतिरिक्त लगानी आवश्यक पर्नेछ। सस्तो फाइदामा लोभिँदा अनावश्यक खर्च हुन सक्छ। खर्च भए पनि यात्राको सम्भावना रहनेछ। बुद्धिको सही प्रयोग गर्दा कार्यहरू सम्पन्न गर्न सकिनेछ। साँझतिर परिस्थिति अनुकूल बन्नेछ, जसले मनग्य लाभ हुनेछ। प्रतीक्षित नतिजाले उत्साहित बनाउनेछ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहानी समय लाभदायक रहनेछ। पेसा तथा व्यवसायबाट राम्रो फाइदा मिल्नेछ। आम्दानीका नयाँ अवसरहरू खुल्नेछन्। गरिएका कर्मको छोटो समयमै सकारात्मक प्रतिफल प्राप्त हुनेछ। तर दिउँसोपछिको समय धन बाहिरिने संकेत देखिन्छ। मेहनतको मूल्यांकन भए पनि प्रतिफल प्राप्त गर्न समय लाग्न सक्छ। सोचेको लगानी अरूका लागि खर्च हुन सक्छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धन, इनाम र प्रतिष्ठा प्राप्त हुने समय छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता विस्तार हुनेछ। भूमि, वाहन तथा पैतृक सम्पत्तिबाट फाइदा मिल्नेछ। व्यापार व्यवसायमा सफलता पाइनेछ। मिहिनेत गरे कीर्तिमानी कार्य सम्पन्न हुनेछ। दिउँसोपछि धनको निकासा हुने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको आवश्यकता पर्न सक्छ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक जिम्मेवारी बढ्नेछ। भाग्यले नयाँ अवसरहरू प्रदान गर्नेछ। आध्यात्मिक झुकाव बढ्नेछ, जसले परोपकारतर्फ आकर्षित गर्नेछ। धेरैले कार्यको प्रशंसा गर्नेछन्। शुभचिन्तकहरूको साथ मिल्नेछ, जसले अघिल्ला चुनौतीहरू समाधान गर्न मद्दत गर्नेछ। मेहनतले उच्च पद प्राप्त गर्ने अवसर ल्याउनेछ। विशेष अवसरहरू प्राप्त हुँदा मन प्रसन्न रहनेछ।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समस्यालाई हल्कासँग लिँदा अप्ठ्यारो पर्न सक्छ। कार्यभार बढ्नेछ भने विवादले मानसिक तनाव दिनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, खानपानमा सचेत रहनुहोला। बाध्यात्मक परिस्थितिले केही समय सताए पनि दिउँसोपछिको समय सुधार आउनेछ। प्रयास गर्दा भौतिक सुविधाहरू जुट्नेछन्। भविष्यमा फाइदा पुग्ने कार्यको जग बसाउने अवसर प्राप्त हुनेछ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विभिन्न प्रकारका सहयोग तथा उपहार प्राप्त हुने समय छ। रमाइलो यात्राको अवसर मिल्नेछ। नयाँ साथीभाइसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। पेसा–व्यवसायमा राम्रै आम्दानी हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। साँझतिर कार्यभार बढ्नेछ भने स्वास्थ्यमा केही कमजोरी अनुभव हुन सक्छ। सतर्कताले मात्र उपलब्धि जोगाउन सकिनेछ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हिम्मत गर्दा जटिल कार्यहरू समेत पूरा गर्न सकिनेछ। प्रतिस्पर्धामा जित्ने अवसर मिल्नेछ। अघिल्लो समय असमझदारी राख्नेहरूले पनि मित्रता प्रस्ताव ल्याउनेछन्। परिश्रमले नयाँ अवसरहरू सिर्जना गर्नेछ। साँझतिर फुर्सद पाइनेछ। रमाइलो यात्राको अवसर मिल्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। टाढिएका साथीभाइहरूसँग पुनः भेटघाट हुनेछ।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनमा रुचि बढ्नेछ, जसले बौद्धिक क्षमताको विकास गर्नेछ। लेखन कलामा सुधार आउनेछ। रोकिएका कार्यहरू बन्नेछन्, जसले नयाँ कामको थालनी गर्न प्रेरित गर्नेछ। साँझतिर विवादास्पद कार्यमा संलग्न हुँदा आलोचना खेप्नुपर्ला। स्वास्थ्यमा केही कमजोरी आउन सक्छ, खर्च पनि बढ्ने संकेत छ।
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिलाई बुझ्न नसक्दा समस्या आउन सक्छ। विश्वासपात्रबाट धोका हुन सक्ने सम्भावना छ, सचेत रहनुहोला। समयमा निर्णय लिन नसक्दा कार्यहरू रोकिन सक्छन्। दिउँसोपछि अवस्था सुधार हुनेछ, नयाँ कामतर्फ अग्रसर भइनेछ। साथीभाइको साथ मिल्नेछ। सुखद समाचारले उत्साहित बनाउनेछ। अध्ययनले नयाँ गति लिनेछ। लेखनमा निखारता आउनेछ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बिहानै लक्ष्यअनुसार कार्यमा जुट्दा सफलता हात पर्नेछ। सहकर्मी तथा प्रतिस्पर्धीहरूले समेत साथ दिनेछन्। दाजुभाइ तथा आफन्तसँग सम्बन्ध मजबुत हुनेछ। दिउँसोदेखि केही विश्वासपात्रहरूले धोका दिन सक्ने सम्भावना छ, सचेत रहनुहोला। साना त्रुटिहरू सच्याउन आवश्यक पर्न सक्छ। नजिकका व्यक्तिहरूसँग सम्बन्धमा सावधानी अपनाउनु उत्तम हुनेछ।