News Desk
मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको प्रयासले महत्वपूर्ण कार्यहरू पूरा गर्न सकिनेछ। थोरै मेहनतले राम्रो उपलब्धि प्राप्त हुनेछ। आवश्यक स्रोतसाधन जुट्ने हुँदा कर्मको उचित प्रतिफल प्राप्त गर्ने अवसर छ। आर्थिक लाभमा वृद्धि हुने हुँदा दिनचर्या सुधारिनेछ। अड्किएका कामहरू बन्नेछन् भने नयाँ योजना प्रारम्भ गर्ने अनुकूल समय छ। उद्योग, व्यापार तथा व्यवसायिक क्षेत्रबाट विशेष लाभ हुने योग छ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ।
वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शैक्षिक गतिविधिमा प्रगति हुनेछ। ज्ञान र सीपलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले आत्मविश्वास बढाउनेछ। आम्दानीका नयाँ स्रोत खुल्नेछन्, जसले दिगो फाइदा हुने अवसरहरू ल्याउनेछ। नयाँ कामको थालनी हुने सम्भावना छ। निरन्तर मिहिनेतले सम्मानजनक स्थान दिलाउनेछ। तार्किक क्षमता तथा बौद्धिक अभिव्यक्तिको प्रशंसा हुनेछ। बोलीको प्रभाव बढ्ने हुँदा आर्थिक लाभमा सहयोग पुग्नेछ।
मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो वातावरणमा समय बित्नेछ। स्वादिष्ट भोजनको आनन्द उठाउने अवसर प्राप्त हुनेछ। विगतका सफलताहरूले थप प्रेरणा दिनेछन्। नयाँ अवसरहरू प्राप्त हुनेछन् भने सहयात्री तथा सहयोगीहरूको साथ पाइनेछ। टाढिएका परिवारजन तथा पुराना साथीहरूसँग पुनः भेटघाट हुनेछ। जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। आकर्षक पहिरन र व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ।
कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौतीपूर्ण कार्य सम्हाल्नुपर्ने हुन सक्छ। दिनभर दौडधुप गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ। पर्याप्त तयारी बिना काम सुरु गर्दा अनावश्यक खर्च बढ्न सक्छ। आर्थिक अभावको अनुभव हुन सक्छ, तर टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। पारिवारिक दूरीको सम्भावना छ। अरूको काममा व्यस्त हुँदा आफ्ना महत्वपूर्ण काम प्रभावित हुन सक्छन्। कुनै विशेष निर्णय लिँदा विवेकपूर्ण सोच आवश्यक छ।
सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजाले हौसला बढाउनेछ। आम्दानीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। पहिलेदेखि गरिएका लगानी तथा परिश्रमबाट राम्रो प्रतिफल पाइनेछ। आर्थिक अवस्था सुदृढ हुनेछ, जसले उठ्नुपर्ने रकम सहज रूपमा हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापार क्षेत्रमा मनग्य लाभ हुनेछ। चल-अचल सम्पत्तिको उचित उपयोगबाट भविष्यमा फाइदा उठाउन सकिनेछ। दीर्घकालीन फाइदा हुने कामको आधारशिला राख्ने समय छ।
कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ अवसरहरू प्राप्त हुनेछन्। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्नेछ। मिहिनेतको प्रतिफलस्वरूप नाम, दाम र सम्मान प्राप्त हुनेछ। लक्ष्य प्राप्तिका लागि गरिएका प्रयासहरू सफल हुनेछन्। व्यवसायिक तथा रोजगारीका अवसरहरू प्राप्त हुनेछन्। भौतिक सुविधाहरू संकलन गर्न सकिनेछ। तारिफयोग्य कार्यहरू मार्फत धेरैको मन जित्न सकिनेछ। रुचिका क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ।
तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य लाभ भए पनि प्रशंसनीय कार्यहरू प्रारम्भ हुनेछन्। धर्मकर्म तथा परोपकारी कार्यमा संलग्न भइनेछ। इच्छाअनुसारका कार्यहरू छिट्टै सम्पन्न हुनेछन्। सहयोगीहरूको साथ पाउनेछ, जसले उत्साह बढाउनेछ। व्यवसाय विस्तार तथा नयाँ लगानीका अवसरहरू प्राप्त हुनेछन्। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक उत्तरदायित्व बढ्नेछ। दीर्घकालीन लाभ दिलाउने कार्यको आधार निर्माण गर्ने समय हो।
वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अपेक्षित नतिजा प्राप्त गर्न कठिनाइ हुनसक्छ। कार्य दोहोर्याउनु पर्ने हुन सक्छ। अरूले तपाईंको श्रमको प्रतिफल दाबी गर्न सक्छन्। निरन्तर मेहनत गरे पनि तत्काल लाभ नहुन सक्छ। लगानीका क्षेत्रमा जोखिम बढ्ने संकेत छ। स्वास्थ्य कमजोर रहने सम्भावना छ, जसले यात्रामा असहजता ल्याउनेछ। मेहनतको उचित मूल्य प्राप्त गर्न समय लाग्नेछ, त्यसैले धैर्य अपनाउनु होला।
धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
खर्च भए पनि रमाइलो यात्राको अवसर मिल्नेछ। सम्मानजनक अतिथि बन्ने अवसर प्राप्त हुनेछ। साथीभाइ तथा परिवारजनसँग पुनर्मिलनको सम्भावना छ। तर, अनावश्यक खर्च तथा ऋणले आर्थिक पक्षमा केही चुनौती ल्याउन सक्छ। केही व्यक्तिहरू तपाईंको कमजोरीको फाइदा उठाउने प्रयास गर्न सक्छन्। व्यापार तथा लगानीमा सतर्कता अपनाउनु आवश्यक छ। दोहोर्याएर प्रयास गर्दा मात्र सन्तोषजनक नतिजा प्राप्त हुनेछ।
मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत गर्नेहरूका लागि समय विशेष उपलब्धिमूलक रहनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुनेछ। विरोधीहरू परास्त हुनेछन्। साहस र आत्मविश्वासको मद्दतले अधिकार स्थापित गर्न सकिनेछ। चुनौतीहरू पार गर्दै सफलता हात पार्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने व्यापार र आर्थिक कार्यहरू सफल हुनेछन्। नयाँ योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ।
कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
बौद्धिक क्षमताको प्रयोगले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानीका नयाँ अवसरहरू पहिल्याउन सकिनेछ। अध्ययन तथा शैक्षिक क्षेत्रमा सफलता हात लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित कार्यहरू सम्पन्न गर्न सकिनेछ। सेवामूलक कार्यमा संलग्न हुने अवसर प्राप्त हुनेछ। प्रतिक्षारत नतिजाहरू सकारात्मक रहनेछन्। गुरुजनको सल्लाह तथा पारिवारिक समर्थन लाभदायक बन्नेछ।
मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिलाई ठीकसँग सम्हाल्न नसक्दा केही असहजता भोग्नुपर्ने हुन सक्छ। हतारको निर्णयले अप्ठ्यारो सिर्जना गर्न सक्छ। परिवार तथा आफन्तहरूसँग समय बिताउनुपर्ने परिस्थिति आउन सक्छ। आश्वासन दिनेहरूले पूरा नगर्दा निराशा हुनसक्छ। अरूको विश्वास गर्दा धोका हुनसक्ने सम्भावना छ। कृषि, पशुपालन तथा घरेलु कामहरूमा व्यस्तता रहनेछ। समयको सही व्यवस्थापन आवश्यक छ।
(तपाईंको दिन शुभ रहोस्!)