News Desk
विभिन्न कारणले चिताएको काममा केही अवरोध आउन सक्छ। प्रक्रियागत जटिलताले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउन खोज्नेहरू सक्रिय रहनेछन्, सचेत रहनुहोला। नयाँ योजना कार्यान्वयन गर्नु अघि गहिरो विश्लेषण आवश्यक छ। हिस्सेदारहरूसँग मतभेद बढ्नसक्ने सम्भावना भएकाले वार्तामा स्पष्टता अपनाउनुहोला। व्यक्तिगत स्वार्थका लागि नजिकिन चाहनेहरूसँग सजग रहनु बुद्धिमानी हुनेछ।
वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सहयोगीहरूको साथले महत्त्वपूर्ण कार्य पूरा गर्न सहज हुनेछ। व्यापारिक लाभ प्राप्त हुनेछ भने उद्योगमा आशाजनक नतिजा हात पर्नेछ। अल्पकालीन लगानीबाट प्रतिफल प्राप्त हुने सम्भावना छ। विशेष उपहार वा लाभ प्राप्त हुने संकेत छ। कृषि तथा पशुपालनमा केही चुनौती सामना गर्नुपरे पनि आर्थिक रूपमा फाइदाजनक समय हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न अनुसार सम्मान पाइनेछ। विचार र बोलीको प्रभाव बढ्नेछ, जसले व्यक्तित्वलाई अझ निखार्नेछ। बुद्धिको सही प्रयोगले धन तथा ज्ञान आर्जन गर्न सकिनेछ। थोरै परिश्रमले पनि ठूलो उपलब्धि हात पार्न सकिने समय छ। प्रतिष्ठित कार्यमा संलग्न हुने अवसर मिल्नेछ। सहयोगीहरूको हात बढ्ने भएकाले रोकिएका काम सम्पन्न गर्न मद्दत मिल्नेछ। निरन्तर लगनशीलताले सफलता, समृद्धि, र मान्यताको ढोका खोल्नेछ।
कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साथीभाइ र परिवारजनको संगतमा रमाइलो समय बित्नेछ। सामूहिक जमघट, भोजभतेर वा मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने अवसर प्राप्त हुनेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। विगतका गल्तीहरू सच्याउँदै नयाँ अवसरहरू खोज्ने समय छ। नयाँ योजनाका प्रस्ताव आउन सक्छन् भने काममा सहयोग गर्नेहरू पनि प्रशस्तै भेटिनेछन्। टाढिएका पारिवारिक सदस्यहरूसँग पुनर्मिलनको अवसर मिल्नेछ।
सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
महत्त्वाकांक्षी योजनाका लागि ठूलो आर्थिक व्यवस्थापन गर्नुपर्ने हुन सक्छ। अवसर प्राप्त गर्न केही दौडधुप गर्नुपर्नेछ। यात्रा तथा किनमेलमा खर्चको मात्रा बढ्ने देखिन्छ। अत्यधिक परिश्रम गरे पनि अपेक्षित नतिजा तत्काल नआउन सक्छ। समयको प्रतिकूलता ध्यानमा राखी दीर्घकालीन योजनामा तत्काल निर्णय नगर्नुहोला। व्यक्तिगत इच्छाहरू पूरा गर्न केही त्याग गर्नुपर्ने स्थिति आउन सक्छ। टाढाका नातेदार तथा पुराना मित्रहरूसँग सम्पर्क बढ्नेछ।
कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुने समय आएको छ। प्रशंसनीय कार्य गर्दै मनग्य लाभ उठाउन सकिनेछ। दैनन्दिन गतिविधिमा उल्लेखनीय आर्थिक फाइदा हुनेछ। न्यून पूँजीबाट राम्रो लाभ निकाल्न सकिने अवसर प्राप्त हुनेछ। भौतिक साधनको प्रबन्ध हुनेछ भने भविष्यका लागि उपयोगी काम प्रारम्भ गर्ने समय छ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन् भने आशातीत सफलताले मनोबल उच्च बनाउनेछ।
तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
निरन्तरको मिहिनेतले नयाँ जिम्मेवारी हात पर्नेछ। प्रशंसनीय कामले प्रतिष्ठा बढ्नेछ। आफ्नो क्षेत्रको प्रभावशाली व्यक्ति बन्ने अवसर प्राप्त हुनेछ। दाम, मान्यता, र प्रसिद्धि कमाउने अनुकूल समय छ। सामाजिक जिम्मेवारीहरू बढ्नेछन्। पैत्रिक सम्पत्ति, भूमि, वा सवारीसाधनबाट लाभ प्राप्त हुने संकेत छ। व्यवसायमा उल्लेखनीय फाइदा हुनेछ। प्रयास गर्दा महत्त्वपूर्ण वस्तु वा अवसर हात पर्नेछ। सहकर्मी तथा शुभचिन्तकहरूको सहयोगले आत्मबल बढ्नेछ।
वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समय, धन, र बुद्धि अरूका लागि खर्च गर्नुपर्ने स्थिति आउन सक्छ। योजनाबद्ध तरिकाले अघि बढ्दा मात्र रोकिएको काम पूरा गर्न सकिनेछ। अवसरवादीहरूको प्रभावबाट सजग रहनुहोला। गोपनीयतालाई विशेष ध्यान दिनुपर्ने समय छ। अपेक्षाकृत लाभ प्राप्त गर्न केही कठिनाइ सामना गर्नुपर्ने हुन सक्छ। परिश्रमको तुलनामा प्रतिफल कम देखिए पनि धैर्य राखी अघि बढ्दा उपलब्धि हात पार्न सकिनेछ।
धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामना गर्नुपर्ने चुनौतीभित्र नै अवसर लुकेको हुन सक्छ। प्रारम्भिक नतिजा कमजोर देखिए पनि निरन्तरको प्रयासले सफलता मिल्नेछ। स्वास्थ्यका केही समस्या भए पनि जिम्मेवारी बढ्नेछ। विचारशील निर्णयबाट फाइदाका नयाँ सम्भावना पहिचान गर्न सकिनेछ। परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ। आफ्नो क्षमतामाथि अरूले दाबी गर्न सक्छन्, तर निरन्तर लगनशीलता अपनाउँदा संकल्प पूरा हुनेछ। सेवामूलक क्षेत्रमा संलग्न हुने अवसर प्राप्त हुनेछ।
मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन सकारात्मक र उमङ्गमय रहनेछ। प्रियजन तथा आफन्तहरूसँग रमाइलो समय बित्नेछ। सत्कार पाइनेछ र आदानप्रदान बढ्नेछ। प्रेम तथा मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। खर्चको मात्रा बढे पनि आत्मसन्तुष्टि मिल्नेछ। भौतिक सम्पत्तिको वृद्धि गर्न सकिनेछ। व्यक्तिगत इच्छाहरू पूरा गर्न केही लगानी गर्नुपर्नेछ। आफ्नो मेहनतबाट अरूलाई फाइदा पुग्न सक्ने सम्भावना भएकाले विवेकपूर्वक कार्य गर्नुपर्नेछ।
कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनतीहरूका लागि आजको समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। आत्मबल र पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। चुनौतीहरू पार गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्ने समय छ। लगनशीलताले आर्थिक लाभका अवसरहरू सिर्जना गर्नेछ। व्यापारलगायत विविध क्षेत्रमा नयाँ योजना सफलतापूर्वक कार्यान्वयन गर्न सकिनेछ। महत्वाकांक्षी कार्यको थालनीका लागि शुभ समय छ।
मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो सफलताको खोजीले अनावश्यक समस्याहरू निम्त्याउन सक्छ। अरूको कार्यमा सहयोग गर्नुपर्ने स्थिति आउन सक्छ। अवसर प्राप्त भए पनि खर्चिलो योजना थालनी गर्दा गम्भीर विचार गर्नुपर्नेछ। परिस्थितिहरूलाई बुझेर निर्णय लिनुहोला। आफ्नो प्रयासले आशाजनक परिणाम दिने संकेत छ। बौद्धिक क्षेत्रका प्रतिस्पर्धीहरूसँग टक्कर हुन सक्छ। अध्ययन तथा ज्ञान आर्जनका कार्यहरूमा उल्लेखनीय प्रगति हुनेछ।