२० ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा नेपालालाई नै फिर्ता गर्ने अमेरिकी घोषणा
News Desk
Mar-13 , 2025 तारिख 05:55 बिहान
21700
अमेरिकाले नेपालबाट तस्करी गरिएका करिब ४१ करोड नेपाली रुपैयाँ बराबरका २० ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा फिर्ता गर्ने घोषणा गरेको छ। न्यूयोर्कस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार, फिर्ता गरिने सम्पदामा १५औं शताब्दीका सैन्य गभर्नर गगनसिंह भारो तथा उनकी पत्नीहरूको चित्र, बुङ्गमतीबाट चोरी भएको बुद्धको मूर्ति, ढुंगाका देवी-देवताको मूर्तिहरू लगायतका ऐतिहासिक सामग्री छन्।
यी सम्पदाहरू भारतीय मूलका सुवास कपुर र उनको तस्करी सञ्जालमार्फत अमेरिका पुर्याइएका थिए। अमेरिकी अधिकारीहरूले तस्करीबाट संरक्षण प्राप्त यी सम्पदाहरू नेपाल सरकारलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइसकेको बताएका छन्।