आज २०८१ चैत्र ०१ को राशिफल
News Desk
Mar-14 , 2025 तारिख 05:31 बिहान

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज बिहानको समय कार्य सम्पादनका लागि अनुकूल रहनेछ। पारिवारिक साथ सहयोगले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन प्राप्त गर्ने अवसर छ। मध्याह्नपछि नयाँ योजनाहरू अगाडि बढाउन सकिनेछ। मेहनतले राम्रो परिणाम दिनेछ। चुनौतीहरूको सामना गर्दै कार्य सम्पन्न गर्न सकिनेछ। पहिले इर्ष्या गर्नेहरू नै सहयोगी बन्नेछन्। स्थायित्व हुने कामहरू आरम्भ गर्न सकिनेछ, जसले दीर्घकालीन लाभ पुर्याउनेछ।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

साहसको अभावले केही काममा पछि परिने सम्भावना छ। आश्वासन दिनेहरूले भ्रममा पार्न सक्छन्, सचेत रहनुहोला। अप्ठ्यारा परिस्थितिहरू सामना गर्नुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। तर, मध्याह्नपछि स्थिति सुधारिने छ, जसले लक्ष्य प्राप्त गर्न सजिलो हुनेछ। बुद्धिमत्तापूर्वक निर्णय लिँदा प्रतिष्ठा कायम राख्न सकिनेछ। रचनात्मक कार्यमा लाग्दा राम्रो फाइदा उठाउन सकिन्छ। प्रतिस्पर्धामा अग्रस्थानमा आउन सकिनेछ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह

थोरै प्रयासले नै उल्लेखनीय उपलब्धि हात पार्न सकिनेछ। विभिन्न भौतिक साधनहरू संकलन गर्ने अवसर मिल्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मनोकांक्षा पूरा हुने समय छ। तर, मध्याह्नपछि मित्रवर्गसँग सम्बन्ध सन्तुलित राख्नुपर्छ। हतारमा लिएको निर्णयले परिश्रम व्यर्थ हुन सक्छ। बेसुरमा गरिएका कार्यले योजनालाई बाधा पुर्याउन सक्छ। व्यवसायमा तत्काल ठूलो फाइदा नदेखिए पनि प्रयास निरन्तर गर्नुपर्ने समय छ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

लगनशीलता बढेसँगै प्रशंसकहरूको संख्यामा वृद्धि हुनेछ। आर्थिक लाभ हुने अवसरहरू बढ्नेछन्। विचारशीलताले धेरैलाई प्रभावित पार्न सकिनेछ। शब्द शक्तिले कार्यसिद्धि गराउन सक्ने दिन हो। प्रतीक्षित नतिजाले उत्साह थप्नेछ। मध्याह्नपछि मित्रहरूबाट राम्रो सहयोग प्राप्त हुनेछ। लामो समयसम्म लाभदायी हुने योजनाहरू अघि बढाउन सकिनेछ। नयाँ भौतिक साधनहरू जुट्नेछन्। व्यापारमा राम्रो आम्दानीको सम्भावना छ।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजको मेहनतले विभिन्न अवसरहरू सिर्जना गर्नेछ। दैनिकीमा सकारात्मक परिवर्तन देखिनेछ। आँट र हिम्मतले काम सफल बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको प्रभाव कमजोर हुनेछ। सानो प्रयासले नै ठूलो लाभ उठाउन सकिनेछ। दीर्घकालीन रूपमा फाइदा हुने काम सुरु गर्न सकिन्छ। उपलब्धिले थप आत्मविश्वास बढाउनेछ। बोलीको प्रभावले काम बन्नेछ। तार्किक क्षमताको प्रयोगले सम्मान र आर्थिक फाइदा प्राप्त गर्न सकिनेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सुरुवाती समयमा खर्च बढ्न सक्नेछ तर दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर मिल्नेछ। चुनौतीपूर्ण कार्यहरू तत्काल नगर्नु राम्रो हुनेछ। छरछिमेकसँग असमझदारी हुनसक्छ, तर मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। सोचेजस्तै काम पूरा गर्न शुभचिन्तकहरू साथ दिनेछन्। टाढाका साथीभाइसँग पुनः सम्पर्क हुने सम्भावना छ। पारिवारिक भेटघाट रमाइलो बन्नेछ। सुखद यात्रा तथा महत्वपूर्ण निम्तो प्राप्त हुनसक्छ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आर्थिक स्रोतहरू विस्तार गर्ने अवसर आउनेछ। मेहनत गर्दा स्थायी लाभ हुने काम सुरू गर्न सकिनेछ। ऋणबाट मुक्ति पाउने सम्भावना देखिन्छ। तर, आम्दानी भए पनि खर्च बढ्न सक्छ। आफैंले गरेको परिश्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। मध्याह्नपछि आकस्मिक खर्च बढ्ने सम्भावना छ, जसले बचतमा असर पार्न सक्छ। यात्रा सम्भावना छ, जसले नयाँ अवसरहरू खोल्न सक्छ। जोखिम मोल्नुपरे पनि भविष्यमा फाइदा हुने कार्यहरू अघि बढाउन सकिन्छ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

समाजमा प्रतिष्ठा बढ्ने खालका कार्यहरू सम्पन्न गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सकिने समय हो। साथीभाइको सहयोग प्राप्त हुँदा आर्थिक तथा सामाजिक लाभ प्राप्त हुनेछ। मध्याह्नपछि आम्दानी बढ्ने संकेत छ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतहरू पनि फेला पर्नेछन्। तर, आकस्मिक खर्चको सम्भावना रहेकाले खर्चमा ध्यान दिनुपर्छ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आजको परिश्रमले विभिन्न अवसरहरूको ढोका खोल्नेछ। दैनिकीमा परिवर्तन आउनेछ। व्यवसायमा फाइदा हुनेछ। साहसका साथ अघि बढेमा सफल हुने समय छ। मध्याह्नपछि शुभचिन्तकहरूको साथ सहयोग पाइनेछ। प्रयत्न गर्दा पद तथा जिम्मेवारी प्राप्त हुनसक्छ। सामाजिक उत्तरदायित्व पूरा गर्दै फाइदा हुने अवसरहरू सिर्जना गर्न सकिन्छ। प्रतिष्ठा बढ्ने कार्यहरू सम्पादन गर्न सकिनेछ।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य कमजोर रहनाले केही कार्यहरूमा बाधा आउनसक्छ। जिम्मेवारी बढ्ने सम्भावना छ। मानसिक चिन्ता बढ्ने संकेत छ। उपलब्धि न्यून देखिए पनि निराश नहुनु होला। मध्याह्नपछि सामाजिक हितका लागि केही योगदान गर्न सकिनेछ। पहिले गुमाएको स्थान पुनः प्राप्त हुने सम्भावना छ। आत्मबल बढाउँदै अगाडि बढ्दा सफलता मिल्नेछ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

बिहानको समय अनुकूल रहनेछ। परिवारबाट नयाँ आशा जाग्नेछ। इच्छित भौतिक साधन प्राप्त गर्न सकिनेछ। मध्याह्नपछि केही चुनौतीहरू सामना गर्नुपर्नेछ। मेहनतबाट अरूले फाइदा उठाउने प्रयास गर्न सक्छन्, सचेत रहनुहोस्। स्वास्थ्यमा खर्च बढ्न सक्छ। सानातिना समस्याहरूले अल्झाउने सम्भावना छ। आर्थिक अभावको अनुभूति हुन सक्छ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कडा मेहनत गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। भौतिक साधनहरू संकलन गर्ने अवसर मिल्नेछ। दीर्घकालीन फाइदा हुने योजनाहरू अगाडि बढाउन सकिनेछ। प्रतिष्ठा कायम राख्न सकिनेछ। मध्याह्नपछि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनहरूसँग भेटघाट हुनेछ। सम्मानजनक अवसरहरू प्राप्त हुनेछन्। व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ।

धेरै पढिएको