आज २०८१ चैत्र ३ गतेको राशिफल
News Desk
Mar-16 तारिख 06:09 बिहान

फलित ज्योतिषाचार्य

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो लक्ष्यतर्फ केन्द्रित भइ मेहनत गर्दा सफलता पाउने समय छ। परिश्रमले प्रतिस्पर्धात्मक क्षेत्रमा विजय दिलाउन सक्छ। आर्थिक तथा भौतिक साधनहरू जुट्नेछन्, जसले भविष्यमा स्थायी लाभ दिलाउनेछ। सानो उपलब्धिले पनि ठूलो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ। अघिल्लो सफलताले आत्मविश्वास बढाउनेछ भने आगामी योजनाहरूलाई मजबुत बनाउने अवसर मिल्नेछ। अवसरको सही उपयोग गर्न सके राम्रो नतिजा हात लाग्नेछ।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सकारात्मक खबरहरूले दिनभर उत्साह कायम रहनेछ। अध्ययन तथा ज्ञान क्षेत्र विस्तार हुने समय छ। परिश्रमले प्रतिष्ठित कार्यहरू पूरा गर्ने मौका दिलाउनेछ। कुनै सम्झौतामा सहमति जनाउनुपर्ने भए पनि आफ्ना अधिकार तथा सम्मान सुरक्षित राख्न सकिनेछ। भौतिक साधनहरू संकलन हुनेछन्, जसले भविष्यमा फाइदा दिने काम थालनी गर्न मद्दत गर्नेछ। लामो यात्राको योजना अघि बढ्नेछ। इच्छाशक्ति बलियो राख्न सके लक्ष्य प्राप्त गर्न सहज हुनेछ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति अपेक्षाअनुसार नहुन सक्छ। निकट व्यक्तिहरूसँग असमझदारी बढ्न सक्छ, जसले कार्यमा बाधा पुर्याउन सक्छ। सचेत नबन्दा सहयोगीहरू टाढिन सक्छन्। विवेकपूर्वक बोल्न आवश्यक छ, अन्यथा शब्दहरूले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो परिस्थितिमा साथ दिने मानिसहरू सीमित हुनेछन्। अरूको स्वार्थका लागि उपयोग भइने सम्भावना छ, जसले गर्दा आफ्नो कार्यमा अवरोध आउन सक्छ।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ उपलब्धिहरू हासिल गर्ने समय आएको छ। कठोर परिश्रम तथा लगनशीलताले कीर्तिमान स्थापित गर्न सकिनेछ। व्यवसाय तथा उद्यममा लाभदायक अवसरहरू प्राप्त हुनेछन्। शत्रुहरू पराजित हुनेछन् भने प्रतिस्पर्धामा अग्रस्थान लिन सकिनेछ। वरिष्ठ तथा शुभचिन्तकहरूको साथ मिल्नेछ, जसले योजनाहरूलाई मूर्तरूप दिन सहयोग गर्नेछ। कर्मयोगको सही मार्ग अपनाउन सके उन्नतिको नयाँ ढोका खुल्नेछन्।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शैक्षिक तथा बौद्धिक क्षेत्रमा प्रगति गर्ने समय आएको छ। ज्ञान वृद्धिको अवसर मिल्नेछ। सुखद समाचारहरूले प्रेरणा दिनेछन्। आम्दानीका स्रोतहरू वृद्धि हुनेछन्। दीर्घकालीन लाभ हुने सम्झौताहरू गर्न अनुकूल समय रहेको छ। नयाँ कार्यको थालनी हुने सम्भावना छ। कडा परिश्रमले सम्मानित स्थान प्राप्त गराउन सक्छ। प्रभावशाली बोली तथा व्यक्तित्वको कारण आर्थिक पक्षमा समेत लाभ मिल्नेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

रमाइलो भेटघाट तथा स्वादिष्ट भोजनको आनन्द लिने अवसर मिल्नेछ। विगतका उपलब्धिहरूले हौसला प्रदान गर्नेछन्। नयाँ अवसरहरूको ढोका खुल्नेछ भने साथ दिने शुभचिन्तकहरू बढ्नेछन्। परिवारजनसँग पुनर्मिलनको अवसर प्राप्त हुनेछ। अघिल्लो गल्ती सच्याउँदै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ, जसले समाजमा प्रभाव बढाउनेछ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अचानक हुने खर्चले आर्थिक व्यवस्थापनमा समस्या उत्पन्न गराउन सक्छ। परिस्थितिजन्य कारणले आफन्तजनहरूबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। व्यवसायिक क्षेत्रमा थप लगानी आवश्यक पर्नेछ। लाभप्रद अवसरहरू प्राप्त भए पनि अनावश्यक खर्च बढ्ने सम्भावना छ। लक्षित उपलब्धि हासिल गर्न कडा मिहिनेत गर्नुपर्नेछ। देश–विदेश यात्रा गर्नुपर्ने सम्भावना छ। पारिवारिक तथा सामाजिक सम्बन्धहरूमा असमझदारी बढ्न सक्छ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आजको दिन निकै लाभदायक बन्नेछ। मेहनत अनुसार राम्रो उपलब्धि हात लाग्नेछ। रोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आम्दानी वृद्धि हुनेछ, जसले आर्थिक स्थायित्व प्रदान गर्नेछ। व्यापार तथा उद्यममा ठूलो प्रगति गर्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित सम्पत्तिको सही उपयोग गर्नाले भविष्यमा थप लाभ प्राप्त गर्न सकिनेछ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ कार्यका अवसरहरू प्राप्त हुनेछन्। सहयोगीहरूको संख्या बढ्नेछ। सृजनात्मक कार्यहरूबाट प्रशंसा तथा आर्थिक लाभ प्राप्त गर्न सकिनेछ। अघिल्लो सफलताले थप आत्मबल बढाउनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। समाजमा स्थापित बन्ने अवसर मिल्नेछ। मेहनत गर्दा समय फलदायी सावित हुनेछ।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

विगतका कमजोरी सच्याउँदै योजनाबद्ध रूपमा अघि बढ्न सकिनेछ। आध्यात्मिक चिन्तनले सकारात्मक ऊर्जा प्रदान गर्नेछ। धर्मकर्म तथा परोपकारी कार्यहरूमा मन जानेछ। परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ। साथीभाइ तथा शुभचिन्तकहरूको साथ मिल्नेछ। सृजनात्मक कार्यहरूमा जुट्न अनुकूल समय रहेको छ। नोकरी तथा व्यवसायमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द

स्वास्थ्यप्रति सचेत रहनुपर्ने समय छ। खानपान तथा दिनचर्यामा विशेष ध्यान पुर्याउनु आवश्यक छ। खर्च तथा चुनौतीहरू बढ्ने सम्भावना छ, जसका लागि योजना बनाएर अघि बढ्नुपर्छ। अघिल्ला समस्या दोहोरिनाले केही निराशा उत्पन्न हुन सक्छ। व्यक्तिगत गोपनीयता बाहिरिनाले कठिनाइ सिर्जना हुन सक्छ। आम्दानीका अवसरहरू प्राप्त भए पनि धन सञ्चयमा अवरोध आउन सक्छ। सुझबुझ अपनाए लक्ष्य प्राप्त गर्न सकिनेछ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूले राम्रो साथ दिनेछन्। ज्ञान तथा धनको वृद्धिसँगै जीवनशैली सुखमय बन्नेछ। प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट तथा सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ। आर्थिक आम्दानी बढ्नेछ। व्यवसायिक यात्राको सम्भावना रहन्छ। प्रियजनसँग पुनर्मिलन हुनेछ तथा विशेष उपहार प्राप्त गर्ने सम्भावना छ। प्रेम तथा मित्रताको सम्बन्ध मजबुत बन्नेछ। विलासी जीवनशैली अपनाउने प्रेरणा प्राप्त हुनेछ।