आज २०८१ चैत्र ९ गतेको राशिफल
News Desk
Mar-22 तारिख 06:13 बिहान

मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज तपाईंको मेहनत भविष्यमा राम्रो नाम र प्रतिष्ठा दिलाउन सक्छ। काम थाल्न र पछिका लागि योजना बनाउने समय छ। साथीभाइको सहयोगले तपाईंलाई उत्साहित बनाउनेछ। दिगो फाइदा हुने योजनाहरू लागू गर्न सकिनेछ। सामाजिक जिम्मेवारीहरू बढ्न सक्छ। सानो प्रयासले समाजमा धेरै फाइदाजनक काम गर्न सकिन्छ। तारिफयोग्य कामले तपाईंलाई लोकप्रियता दिलाउनेछ।

वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहने सम्भावना छ, जसले गर्दा तपाईंले चाहेको उपलब्धि तुरुन्त प्राप्त नहुन सक्छ। रोकिएका कामहरूमा दोहोर्याएर प्रयास गर्नुपर्नेछ। गोपनीयता कायम राख्नुहोस्, किनकि केही व्यक्तिगत जानकारी बाहिर जान सक्ने सम्भावना छ। समस्याहरूको समाधानमा साथीहरूको सहयोग पाइनेछ। समयसँगै काम पूरा गर्न सकिन्छ र गुमाएको रकम पनि फर्काउन सकिन्छ।

मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
मनोरञ्जनको समय आउनेछ। प्रियजनसँगको भेटघाटले दिनलाई रमाइलो बनाउनेछ। शुभचिन्तकहरूको साथ र सहयोगले तपाईंलाई प्रोत्साहित गर्नेछ। प्रेम र मित्रता अझ बलियो हुनेछ। भौतिक साधनहरूले जीवनशैलीमा सुधार ल्याउन सक्नेछन्। नयाँ आम्दानीका स्रोतहरू खोल्न सकिनेछ। नयाँ जिम्मेवारीले दाम र प्रतिष्ठा बढाउनेछ। रमाइलो यात्राको अवसर पनि आउन सक्छ।

कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामका क्रममा केही चुनौतीहरू देखा पर्न सक्छन् र तपाईंले चाहेको फाइदा तत्काल प्राप्त नहुन सक्छ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न कठिनाइ पुर्याउनेछ। प्रतिस्पर्धीहरूको संख्या बढ्नेछ, जसले गर्दा तपाईंलाई आफ्नो अधिकार र स्थानको रक्षा गर्न संघर्ष गर्नुपर्नेछ। केही अप्ठ्यारो परिस्थितिहरूको सामना गर्न सक्छन्। फजुल खर्च र ठगीको सम्भावना छ, त्यसैले सजग रहनुहोस्।

सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज तपाईंलाई अवसर प्राप्त हुनेछ जसले आत्मविश्वासमा वृद्धी गर्नेछ र काममा सफलता दिलाउनेछ। छोटो समयमै फाइदा लिन सकिनेछ। अध्ययनमा लगाव राख्दा बौद्धिक स्तरमा वृद्धि हुनेछ। नयाँ काममा अवसर पाउनेछ र व्यापारमा फाइदा उठाउन सकिनेछ। काम शुरु गर्ने समय हो, जसले भविष्यमा राम्रो परिणाम दिनेछ। व्यावसायिक क्रियाकलापले गति लिनेछ। मेहनतको राम्रो नतिजा आउन सक्छ।

कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज तपाईंलाई परिवार र आफन्तसँग बढी समय बिताउनुपर्नेछ। तपाईंलाई आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्ला सुनेर अरूसँग विश्वास गर्नु हानिकारक हुन सक्छ। कृषि, पशुपालन र घरेलु कामहरूमा ध्यान केन्द्रित हुने सम्भावना छ। केही काममा समय बढी खर्च हुन सक्छ र धेरै फाइदा नहुन सक्छ। नजिकका मानिसहरूबाट टाढिन सकिन्छ। दोहोर्याएर प्रयास गर्दा काम बनाउन सकिन्छ।

तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज तपाईंका कामबाट अरूले फाइदा उठाउन सक्छन्। केही काममा विलम्ब हुनेछ, र सहयोगीहरू बीचमा हात झिक्न सक्छन्। अवसर आए पनि समयमै सचेत नहुँदा तपाईंले पछि पर्न सक्छन्। उपलब्धिका लागि तपाईंलाई काम दोहोर्याउनु पर्नेछ। काम पूरा नगरे पनि मेहनतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा ध्यान पुर्याउनुहोस्।

वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्यानमा प्रगति हुनेछ र तपाईंले ज्ञान र कलामा सुधार ल्याउने अवसर पाउनु हुनेछ। तपाईंले चाहेको काम पूरा हुनेछ। पहिलेका कमजोरीहरू सुधार्ने मौका छ। मेहनतका कारण सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। तपाईंका कामबाट धन लाभ हुनेछ र आम्दानीका स्रोतहरू पनि बढ्नेछन्। सम्झौताबाट दिगो फाइदा प्राप्त हुनेछ। नाम र प्रतिष्ठा प्राप्त हुनेछ।

धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज तपाईंलाई रमाइलो जमघटमा सहभागी हुने मौका मिल्नेछ। तपाईंको मेहनतको परिणामले आत्मविश्वासमा वृद्धि हुनेछ। विशेष अवसरले तपाईंलाई खुशी दिनेछ र सहयोगीहरूको साथले काममा उत्साह ल्याउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ र आकर्षक उपहार प्राप्त हुनेछ। नयाँ कामको अवसरले तपाईंलाई हौसला दिनेछ।

मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही पाउनको लागि केही कुरा त्याग्नु पर्नेछ। यात्रा र भ्रमण गर्ने समय आएको छ। टाढाका साथीभाइले तपाईंको काममा सहयोग पुर्याउनेछन्। दोहोर्याएर प्रयास गर्दा रोकिएका कामहरू बन्नेछन्। आर्थिक संकट भए पनि कर्जा वा सरसापटको माध्यमले धन जुटाउन सकिनेछ। खर्च बढ्न सक्छ र आलस्य गर्दा पछि पर्न सकिन्छ। लगानी गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
आज तपाईंको मेहनतको उचित फल प्राप्त हुनेछ। आम्दानी बढ्नेछ र उत्साह जाग्नेछ। व्यापारमा राम्रो प्रगति हुनेछ। तर, केही कामहरू रोकिन सक्छन् जसले तपाईंले चाहेको रकम प्राप्त गर्न गाह्रो बनाउन सक्छ। समयमै सजग नहुँदा अरूले तपाईंको मेहनतको फाइदा उठाउन सक्छन्। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ।

मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज तपाईंले सबैलाई समेटेर काम गर्न सक्नुहुने छैन। समयको तालमेल मिलाउन गाह्रो हुनेछ र योजनाहरू अधुरो रहनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन् र अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउनेछन्। साना काममा अल्झनु पर्नेछ। कामको मूल्यांकन राम्रो भए तापनि प्रतिफल समय लाग्नेछ। दीर्घकालीन योजनासँग काम सुरु गर्ने उपयुक्त समय छ।

धेरै पढिएको