News Desk
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ अवसरको ढोका खुल्नेछ भने आम्दानीका नयाँ स्रोत पहिचान गर्न सकिनेछ। श्रमको सही मूल्यांकन हुने समय छ। पढाइमा केन्द्रित हुनाले सफलता प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले मन उत्साहित बनाउनेछ। व्यापारमा राम्रो नाफा कमाउने अवसर मिल्नेछ। प्रयत्न गरेमा छोटो समयमा नै लक्ष्य पूरा गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनेछ। आम्दानी वृद्धि भएसँगै जीवनशैलीमा सकारात्मक परिवर्तन आउन सक्छ।
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य कार्य गर्दै प्रतिष्ठा हासिल गर्ने समय आएको छ। समाजले पदीय जिम्मेवारी दिने सम्भावना छ। अप्रत्याशित अवसर प्राप्त हुँदा मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ पुनः नजिकिनेछन्। भाग्यले विविध अवसर दिलाउनेछ। आफ्नो कार्य क्षमता प्रदर्शन गरेर फाइदा लिन सकिनेछ। शुभचिन्तकहरूको साथले पुरानो चुनौती समाप्त हुनेछ। मिहिनेतको प्रतिफलस्वरूप दाम, इनाम तथा उपहार प्राप्त गर्न सकिनेछ।
का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमै होश नपुऱ्याउँदा व्यवहारमा पछि पर्न सकिन्छ। अनपेक्षित अवरोधहरूका कारण योजना अनुसार काम सम्पन्न गर्न कठिनाइ हुनेछ। अन्यको लागि धन तथा बुद्धि खर्च गर्नुपर्ने परिस्थिति आउन सक्छ। आंशिक लाभ भए पनि लक्ष्य पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्छन्। परिस्थिति अनुसार आफूलाई ढाल्न नसक्दा केही समस्या देखा पर्न सक्छ। आगामी भविष्यका लागि सम्भावनाहरू खोज्नुपर्ने समय छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजा कमजोर देखिएपछि काम दोहोर्याउनुपर्ने हुन सक्छ। केही परिस्थितिहरू अप्ठ्यारो बन्न सक्छन्, तर चुनौतीहरूबीच अवसर खोज्ने क्षमताले सफलता दिलाउन सक्छ। अपेक्षा गरिएअनुसार उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कार्यहरूका लागि पनि धेरै समय खर्च गर्नुपर्नेछ। व्यस्त दिनचर्या रहनेछ भने शरीरमा थकान तथा कमजोरी अनुभूति हुन सक्छ। स्वास्थ्य कमजोर रहने संकेत भएकाले खानपान तथा दिनचर्यामा ध्यान दिनु आवश्यक छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखद भेटघाटका साथै दीर्घकालीन योजनाहरू प्रारम्भ गर्ने समय आएको छ। प्रयास गरेमा राम्रो उपलब्धि हात पर्नेछ। अघिल्लो पटक रोकिएको कार्य पूरा हुनेछ भने जिम्मेवारी बढ्न सक्छ। आम्दानी वृद्धि भएसँगै मनोबल उच्च रहनेछ। व्यापारमा उल्लेखनीय फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको सही उपयोग गर्नाले दीर्घकालीन लाभ प्राप्त हुनेछ। मिहिनेत गर्दा छोटो समयमा उपलब्धि हासिल गर्न सकिनेछ।
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धामा उत्रनुपर्ने परिस्थिति आए पनि बुद्धिको सही उपयोग गर्दा प्रतिष्ठा जोगाउन सकिनेछ। रोकिएका कार्य सम्पन्न हुनेछन् भने नयाँ अवसरहरू हात पार्न सकिनेछ। आत्मविश्वासका साथ प्रस्तुत भएमा प्रतिस्पर्धीहरूको मनोबल कमजोर बनाउन सकिनेछ। पहिलेका प्रतिस्पर्धी तथा आलोचकहरू पनि मित्र बन्ने प्रयास गर्नेछन्। आवश्यक स्रोतसाधन जुट्नाले दीर्घकालीन रूपमा लाभदायक कामको थालनी गर्न सकिनेछ। आँट गर्दै अघि बढेमा कठिन कार्यसमेत सम्पन्न हुनेछ।
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर तथा चुनौतीहरू सँगसँगै आउने हुँदा संयम अपनाउनु पर्नेछ। धैर्य र निरन्तर प्रयास गरे मात्र सफलता हात पर्नेछ। योजना अनुसार कार्यसम्पादन गर्न कठिनाइ हुन सक्छ। आफ्नै परिश्रमबाट अरूले फाइदा उठाउने सम्भावना छ। स्वास्थ्यमा समस्या देखिन सक्छ। अध्ययनमा बाधा आउनेछ भने लक्ष्य प्राप्त गर्न केही ढिलाइ हुन सक्छ। हतारमा गरिएको निर्णयले अप्ठ्यारो स्थिति सिर्जना गर्न सक्छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ भने परिस्थिति केही प्रतिकूल बन्न सक्छ। छाती तथा स्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्न सक्छ। हतारको निर्णयले समस्या निम्त्याउने भएकाले सतर्कता अपनाउनु आवश्यक छ। समयमा सही निर्णय लिन नसक्दा महत्वपूर्ण अवसर गुम्न सक्छ। आफन्त तथा नजिकका व्यक्तिहरूसँग असमझदारी बढ्न सक्छ। बेसुरमा बोलिएको कुराले कठिनाइ निम्त्याउने हुँदा सचेत रहनु पर्नेछ।
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्थायी लाभ दिलाउने कार्यमा लगानी गर्ने अवसर प्राप्त हुनेछ। मेहनतका साथ अघि बढ्दा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार तथा आर्थिक लाभ हुने नयाँ कार्य प्रारम्भ हुनेछ। मिहिनेतको प्रतिफलस्वरूप प्रतिस्पर्धा जित्न सकिनेछ। विभिन्न स्रोतसाधन जुट्नाले नयाँ योजनाहरू कार्यान्वयन गर्न सकिनेछ। लगनशील र परिश्रमीहरूका लागि समय अनुकूल रहनेछ। स्वास्थ्य तथा शत्रुपक्षमा विजय प्राप्त गर्न सकिनेछ।
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थिति अनुकूल नहुँदा आफ्नै वचन पूरा गर्न कठिनाइ हुनेछ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि पर्न सकिन्छ। शुभचिन्तकहरूको सुझाव उपेक्षा गर्दा हानि हुन सक्छ। हतारमा निर्णय गर्दा कार्य दोहोर्याउनु पर्ने सम्भावना छ। शब्दको गलत अर्थ लाग्नाले विवादमा तानिन सकिन्छ। अध्ययनमा ध्यान दिन कठिन हुनेछ। अन्यका कार्यमा अत्यधिक रुचि देखाउँदा आफ्नै योजनाहरू प्रभावित हुन सक्छन्।
गु, गे, गो, सा, सि, सु, से, सो, द
काम गर्ने अवसर प्राप्त भए पनि विशेष भेटघाट तथा औपचारिकतामा अलमलिनुपर्नेछ। खानपानको अनियमितताले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ। रोकिएका कार्यहरू पुनः सुरु गर्नु पर्नेछ। अरूको भरमात्र परेर सफलता हात पार्न कठिन हुनेछ। कमजोरी सुधार्न केही कार्य दोहोर्याउनु पर्नेछ। सहयोगी व्यक्तिहरू भेटिनेछन् भने टाढिएका परिवारजन तथा साथीहरूसँग पुनः भेटघाट हुनेछ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्चको भार बढ्न सक्छ। सतर्कता अपनाउन नसक्दा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। समय व्यवस्थापन गर्न नसक्दा नियमित कार्य प्रभावित हुनेछ। लगानी वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। विरोधीहरू सक्रिय हुनेछन् भने सहयोगी व्यक्तिहरू सीमित हुनेछन्। शुभचिन्तकहरू पनि टाढिन सक्ने संकेत छ। अत्यधिक खर्चपछि मात्र न्यून लाभ प्राप्त हुन सक्छ।