News Desk
मेष – आरिएस्
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज तपाईँका लागि दीर्घकालीन फाइदा दिलाउने कामको सुरुवात हुने देखिन्छ। प्रयासमा दृढता देखाउँदा उल्लेखनीय उपलब्धि प्राप्त गर्न सकिनेछ। अघिसम्म रोकिएको काम पुनः सक्रिय भई अगाडि बढ्नेछ। जिम्मेवारीको वृद्दि हुने सम्भावना छ। आम्दानीमा वृद्धिसँगै उत्साह थपिनेछ। व्यवसायमा उल्लेखनीय प्रगति गर्न सकिनेछ। श्रमको उचित सम्मान पाइनेछ। यद्यपि, साँझतिर केही खर्च बढ्ने संकेत देखिन्छ। सञ्चित रकम खर्चिनुपर्ने परिस्थिति आउन सक्छ। यात्रा गर्ने सम्भावना पनि बलियो छ।
वृष – टौरुस्
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठा प्राप्त हुने कार्यमा संलग्न भइनेछ। मेहनतले जीवनशैलीमा सुधार आउनेछ। लगनशील प्रयासले कीर्तिमान स्थापित गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। राम्रो परिणाम प्राप्त भई मनमा सन्तोष छाउनेछ। सामाजिक नेतृत्वका अवसरहरू प्राप्त हुनेछन। साँझपख व्यवसायमा लाभ हुने योग छ। तर, अत्यधिक महत्त्वाकांक्षा पाल्नाले केही अप्ठ्यारो निम्तिन सक्छ, सचेत रहनुहोस।
मिथुन – गेमिनि
का, कि, कु, घ, ङ, छ, के, को, ह
आज आँट गरेर अघि बढ्न नसक्दा केही अवसर छुट्न सक्छ। समयको व्यवस्थापन नमिल्दा योजना अपूर्ण रहन सक्नेछ। डाहा गर्नेहरू सक्रिय रहनेछन। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन प्रयास गर्नेछन। सामान्य काममै अल्झिनुपर्ने समय देखिन्छ। साँझतिर सानो प्रयासले पनि प्रतिष्ठा प्राप्त हुनेछ। गुमेको स्थान फिर्ता हुने योग छ, जसले प्रतिष्ठा वृद्धि गराउनेछ।
कर्कट – चन्चेर्
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खानपानमा लापरवाहीले स्वास्थ्यमा समस्या आउन सक्छ। आम्दानी रोकिँदा केही योजना पछाडि धकेलिन सक्छन। काम बिग्रने चिन्ताले मनमा बेचैनी रहनेछ। पुराना समस्याहरू दोहोरिन सक्ने सम्भावना छ। गोप्य कुरा बाहिरिएर समस्यामा फस्ने स्थिति आउन सक्छ। साँझदेखि परिस्थिति सुधार हुनेछ। मिहिनेतले लक्ष्यसम्म पुग्न सकिनेछ।
सिंह – लेओ
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज प्रियजनसँगको भेटघाट हुनेछ। तर, विचार नमिल्दा सामान्य विवाद पनि हुन सक्छ। प्रेमसम्बन्धमा केही असहज स्थिति आउनेछ। व्यापारमा ऋण लिनुपर्ने परिस्थिति आउन सक्छ। आँटेकाे यात्रा राेकिने सम्भावना छ। प्रयासअनुसार उपलब्धि न्यून देखिन्छ। स्वास्थ्यका लागि जीवनशैलीमा ध्यान दिनुहोस। साँझतिर आंशिक लाभ पाउने संकेत छ।
कन्या – विर्गो
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन प्राप्त भई दीर्घकालीन काम प्रारम्भ हुनेछ। साहसिक प्रयासले फाइदा दिलाउनेछ। नयाँ योजना अगाडि बढ्नेछ। अरूको विश्वास जित्न समय लागे पनि स्थायी लाभ मिल्नेछ। साँझपख व्यवसायमा राम्रो मुनाफा हुने सम्भावना छ। थोरै लगानीबाट पनि फाइदा कमाउन सकिनेछ। प्रियजनसँगको भेटले दिन रमाइलो बन्नेछ।
तुला – लिब्र
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा अलमल हुने संकेत छ। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। लक्ष्यमा पुग्न ढिला हुनेछ। प्रतिस्पर्धीहरूबाट सतर्क रहनु आवश्यक छ। तत्काल फाइदा हेर्न खोज्दा पछि समस्या पर्न सक्छ। साँझपख नयाँ काम सुरु गर्ने अवसर आउन सक्छ। तर, भौतिक साधनमा क्षति हुने सम्भावना भएकाले होशियार रहनुहोस।
वृश्चिक – ष्चोर्पिओ
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूलाई दिएका वचन पूरा गर्न गाह्रो पर्न सक्छ। तर, शुभचिन्तकहरूको साथ रहनेछ। जमिन तथा पशुधनबाट लाभ मिल्नेछ। माताको माध्यमबाट परिवारमा फाइदा हुने सम्भावना छ। साँझतिर सतर्कताका साथ काम गर्नु आवश्यक छ। अरूको समस्या समाधान गर्ने प्रयास गर्दा आफैं फस्न सकिन्छ। परिणाम नहेरी निर्णय गर्दा समस्या आउनेछ।
धनु – षगित्तरिउस्
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विभिन्न अवसर प्राप्त हुने दिन छ। पेशा तथा व्यवसायमा लाभ हुनेछ। मिहिनेतअनुसार फाइदा मिल्नेछ। जमिन तथा पशुधनबाट आय हुनेछ। अवसरहरूले उत्साह थप्नेछन। साँझपख घरायसी समस्याले मन खिन्न हुन सक्छ। आफन्त टाढिन सक्छन। साथीभाइसँग व्यवहार सन्तुलित राख्नुहोस। अरूको भर पर्नाले पछि पर्न सकिने समय छ।
मकर – चप्रिचोर्न्
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पढाइमा ध्यान दिन कठिन हुनेछ। प्रतिस्पर्धीहरूले विवादमा तान्न सक्छन। मिहिनेतले नयाँ कामको अवसर दिनेछ। साँझतिर प्रतिस्पर्धीहरू सक्रिय हुनेछन। अरूको कुरामा चासो राख्दा आफैं समस्यामा परिनेछ। कमजोरी देखाउनेहरूले टिप्पणी गर्ने समय भएकाले सतर्क रहनुहोस।
कुम्भ – आकुअरिउस्
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर आए पनि काममा पछि पर्ने सम्भावना छ। अरूका काममा अल्झनुपर्ला। आफ्नै क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोस। साँझतिर विवादास्पद जिम्मेवारी आउन सक्छ। खर्च बढ्ने सम्भावना छ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने प्रयास गर्नेछन। अनावश्यक खर्च गर्नुपर्ला।
मीन – पिस्चेस्
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आगामी फाइदाका लागि केही त्याग गर्नुपर्ने समय छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीहरूबाट सहयोग मिल्नेछ। आजको परिश्रमले भविष्यमा फाइदा हुनेछ। टाढाबाट आएका साथीहरूसँग भेट हुँदा मन रमाउनेछ। कर्जामार्फत धन जुट्न सक्छ। साँझपख परिवारजनसँगको भेटघाटले खुसी छाउनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ।