News Desk
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज तपाईंको रोकिएका कामहरू पुनः सुरु गर्न सक्नुहुन्छ। लामो दूरीको यात्रामा स्वास्थ्यको ख्याल गर्नुहोस्। आम्दानी बढ्नेछ, जसले कार्यक्षेत्रमा उत्साह बढाउनेछ। शुभ रंग: हल्का पहेँलो, शुभ अंक: २।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। शेयर बजारबाट लाभ प्राप्त हुने सम्भावना छ। नोकरी वा पेशामा लगनशीलताले अधिकारीहरूलाई प्रभावित पार्न सक्नुहुन्छ। शुभ रंग: सेतो, शुभ अंक: ३।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सामाजिक कार्यक्रममा नेतृत्वको भूमिका निर्वाह गर्नुपर्ने हुन सक्छ। महत्वाकांक्षी कार्यहरू योजनाबद्ध तरिकाले गर्नुहोस्, सफलता मिल्नेछ। यात्रा सुखद रहनेछ। शुभ रंग: नीलो, शुभ अंक: ५।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। शुभ रंग: सेतो, शुभ अंक: ३।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। कार्यक्षेत्रमा कामको यश प्राप्त हुनेछ। शुभ रंग: रातो, शुभ अंक: ५।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): व्यापार व्यवसायमा मनग्य लाभ आर्जन गर्न सक्नुहुन्छ। गुमाएको स्थान प्राप्त गर्नाले आफ्नो बर्चस्व बढ्नेछ। आँटेका कार्यहरू सम्पन्न गर्न सक्नुहुन्छ। शुभ रंग: हरियो, शुभ अंक: ४।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको तालमेल नमिल्दा योजनाहरू समयमा सम्पन्न नहुन सक्छन्। अवसरवादीहरूबाट सावधान रहनुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। सानो प्रयासले पनि लक्ष्यमा पुग्न सकिनेछ। शुभ रंग: गुलाबी, शुभ अंक: ६।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भौतिक साधनहरू जुटाउन सक्नुहुन्छ। दिगो लाभ हुने कार्यहरू प्रारम्भ हुनेछन्। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। शुभ रंग: खैरो, शुभ अंक: ४।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कानुन विपरीत कार्य नगर्नुहोस्। राजकीय वा सामाजिक क्षेत्रबाट लाभ मिल्नेछ। आफन्तहरूको प्रिय समाचारले मन प्रसन्न रहनेछ। मेहनतले नयाँ अवसरहरू दिलाउनेछ। शुभ रंग: पहेँलो, शुभ अंक: ८।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): व्यापार व्यवसायमा बुद्धिको उपयोगले कार्यसिद्धि गर्न सक्नुहुन्छ। चिताएको कार्य सम्पन्न हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। बच्चाहरूको स्वास्थ्यप्रति सचेत रहनुहोस्। शुभ रंग: खैरो, शुभ अंक: ८।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। फजुल खर्च बढ्न सक्छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। शुभ रंग: बैजनी, शुभ अंक: ६।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समाजमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा कामलाई टालटुल नगरी समयमा सम्पन्न गर्ने प्रयास गर्नुहोस्। दिगो फाइदा हुने कार्यहरू प्रारम्भ गर्न सक्नुहुन्छ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। शुभ रंग: नीलो, शुभ अंक: ९।