News Desk
मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शैक्षिक क्षेत्रमा सुधार आउनेछ भने ज्ञान अभिवृद्धिको अवसर प्राप्त हुनेछ। उत्साहजनक खबरहरूले मन प्रसन्न पार्नेछ। आयका स्रोत बढ्नेछन् र दीर्घकालीन फाइदा दिने सम्झौताका लागि अनुकूल समय छ। नयाँ कार्य प्रारम्भ हुन सक्छ। परिश्रमले प्रतिष्ठित स्थान दिलाउनेछ। बौद्धिक क्षमता प्रशंसित हुनेछ। बोलीको प्रभावले आर्थिक पक्ष बलियो बन्नेछ।
वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनोरञ्जनात्मक जमघटमा सहभागी भई स्वादिष्ट खानपानको आनन्द लिने अवसर प्राप्त हुनेछ। विगतका उपलब्धिहरूले थप प्रेरणा दिनेछन्। नयाँ कामका प्रस्ताव आउन सक्छन् र सहयोगीहरू भेटिने सम्भावना छ। टाढिएका परिवारजन वा आफन्तसँग पुनर्मिलन हुनेछ। पुराना कमजोरी सच्याउँदै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक योगदानको प्रशंसा हुनेछ।
मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको आम्दानी सञ्चय गर्न कठिन हुन सक्छ। केही लाभ लिनका लागि निश्चित वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा थप लगानी आवश्यक पर्ने समय छ। धन बाहिरिन सक्छ तर आवश्यक परेमा ऋण वा सरसापटमार्फत आर्थिक स्रोत जुटाउन सकिनेछ। आफ्नै कारणले नजिकका व्यक्तिहरूसँग टाढिनुपर्ने सम्भावना छ। छिमेकमा असमझदारी बढ्न सक्ने भएकाले सतर्कता आवश्यक छ।
कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ आम्दानीका अवसर सिर्जना भए पनि सम्पूर्ण लाभ लिन कठिन हुनेछ। प्राप्त रकम तत्काल खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। परिश्रमको उचित मूल्यांकन भए पनि प्रतिफल ढिलो हुन सक्छ। सञ्चित धन खर्च गर्नुपर्ने स्थिति उत्पन्न हुन सक्छ। आवश्यक परेमा ऋण वा आर्थिक सहायता प्राप्त हुनेछ। दीर्घकालीन फाइदा दिने जिम्मेवारी प्राप्त हुन सक्छ।
सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सफलताले आत्मबल बढाउनेछ। प्रयास गर्दा दीर्घकालीन लाभ दिने काम थालनी गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ। भेटघाटले उत्साह थप्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठा प्राप्त हुनेछ। कठोर परिश्रमले नाम, दाम र इनाम दिलाउन सक्छ। सम्मानजनक कार्य सम्पादन गरेर धेरैको मन जित्न सकिनेछ।
कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लाभदायक कार्यमा संलग्न हुन सकिनेछ। प्रशंसनीय काम गर्दै धेरैको मन जित्न सकिनेछ। समाजसेवामा योगदान दिने अवसर प्राप्त हुनेछ। टाढिएका साथीभाइ पुनः नजिकिनेछन्। भाग्यले नयाँ अवसर प्रदान गर्नेछ। उपलब्धिको मार्ग पहिल्याउन सकिनेछ। अरूको सहयोग गर्नुपर्ने भए पनि अन्ततः फाइदा आफैंलाई हुनेछ।
तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय छ। शुभचिन्तक तथा प्रतिस्पर्धीहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था आउनेछ। विगतका समस्याहरू दोहोरिन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ। हल्लाको पछि लाग्दा हानि हुन सक्छ। तत्काल लाभ नदेखिए पनि समस्या समाधान गर्न सकिनेछ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। फजुल खर्चले अर्थ संकलनमा बाधा पुर्याउन सक्छ।
वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सकारात्मक कर्मको फलस्वरूप मन प्रशन्न रहनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त हुन सक्छ। आत्मीय सम्बन्ध बलियो बन्नेछ। प्रेम र मित्रताको सम्बन्ध सुदृढ हुनेछ। पारिवारिक साथ–सहयोगले नयाँ आशा जाग्नेछ। कामको चाप घट्नेछ। यात्राको अवसर प्राप्त हुनेछ। मनोरञ्जन तथा फैशनप्रतिको रूचि पूरा गर्न सकिनेछ।
धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने मुद्दामा विजय प्राप्त गर्ने सम्भावना छ। रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। संघर्ष गर्दै अधिकार स्थापित गर्न सकिनेछ। व्यवसायमा आर्थिक लाभ प्राप्त हुनेछ। लक्ष्य पूरा गर्न सजिलो हुनेछ। कडा मिहिनेतले प्रतिस्पर्धामा विजयी बनाउनेछ। भौतिक साधन जुट्नेछन्। दीर्घकालीन लाभ हुने कार्यहरू अघि बढ्नेछन्।
मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
हिम्मतले सफलता प्राप्त गर्न सकिन्छ। उत्साहजनक खबर सुन्न पाइनेछ। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा अत्यधिक लाभ नभए पनि कृषि तथा पशुपालन क्षेत्रबाट राम्रो फाइदा लिन सकिनेछ। परिवार वा अनुयायीहरूको साथले मनोबल उच्च रहनेछ।
कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि उपलब्धि हासिल गर्न कठिनाइ हुन सक्छ। मनमा अन्योलता रहनेछ। निर्णायक क्षमतामा कमी आउने सम्भावना छ। विश्वास दिलाउनेहरूले झुक्याउने सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ। साझेदारहरूसँग असमझदारी बढ्न सक्छ। अघिल्लो सम्झौता भंग हुनसक्ने खतरा छ। बोल्दा विचार पुर्याउनुहोला। व्यक्तिगत सामानमा अरूले अधिकार जमाउने सम्भावना देखिन्छ।
मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न उपहार तथा सहयोग प्राप्त हुने योग छ। रोकिएका कार्यहरू पुनः सुचारु गर्न सकिनेछ। उद्योग तथा व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पराजित गर्न सकिनेछ। गरिएका प्रयासहरूको सकारात्मक प्रतिफल प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजनाहरू क्रमशः सफल बन्नेछन्। कठोर परिश्रमले प्रतिष्ठा, धन, र सम्मान दिलाउनेछ।