News Desk
फलित ज्योतिष: राशिफल
यो समय मान–सम्मान प्राप्त हुने, बोलीको प्रभावले इच्छित कार्य सम्पन्न हुने र विचारले धेरैलाई आकर्षित गर्नेछ। प्रशंसकहरूको संख्या बढ्नेछ भने सहयोगीहरूले पनि राम्रो साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ। रोकिएका कार्यहरू पूरा हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ भने विशेष समारोहमा सहभागी हुने अवसर मिल्ने सम्भावना छ।
प्रतिष्ठित कार्य गर्दै नाम र दाम कमाउने अनुकूल समय आएको छ। नयाँ तथा रचनात्मक कार्य प्रारम्भ गर्न सकिनेछ। सहयोगीहरूको राम्रो साथ मिल्नेछ भने अघिल्लो सफलताले नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। टाढिएका परिवारजनसँग पुनः भेटघाट हुनेछ। रमाइलो जमघटमा स्वादिष्ट भोजनको आनन्द लिने अवसर प्राप्त हुनेछ। विगतका कमीकमजोरी सच्याउने अवसर पनि मिल्नेछ।
अवसरका लागि दौडधुप गर्नुपर्नेछ, समयमै निर्णय गर्न नसक्दा आफ्नाहरू टाढिन सक्छन्। व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ। खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा न्यून रहे पनि आत्मसम्मानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा संलग्नहरूलाई लाभ मिल्नेछ। खर्चिलो काम गर्नुपर्ने सम्भावना रहेकाले आर्थिक स्रोत जुटाउन आवश्यक देखिन्छ।
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक कार्यहरूबाट पनि लाभ उठाउन सकिनेछ। सानो लगानीबाट मनग्य नाफा प्राप्त हुनेछ। परिश्रमले आर्थिक स्रोतहरू वृद्धि गर्नेछ। व्यापार तथा साझेदारीबाट लाभ मिल्नेछ। समर्पित भएर लागेमा अपेक्षाभन्दा बढी सफलता मिल्नेछ। केही खर्च गर्नुपरे पनि लाभांशको हिस्सा अरूको सेवा तथा परोपकारी कार्यमा लगानी गर्न सकिनेछ।
प्रतीक्षा गरिएको कार्य छिट्टै सम्पन्न हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा बढ्नेछ, धनसंग्रहमा सफलता मिल्नेछ। सामाजिक उत्तरदायित्व बढ्नेछ। सेवामूलक कार्यले सम्मान प्राप्त गराउनेछ। कुनै कार्यमा पुनः प्रयत्न गर्दा सफलता मिल्नेछ। व्यापारमा समेत राम्रो लाभ मिल्नेछ। मेहनत गर्दा महत्त्वपूर्ण वस्तु प्राप्त हुने सम्भावना छ।
समय अनुसार प्रयत्न गर्दा अवसरहरू मिल्नेछन्। परोपकारी कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसरहरू जुटाउनेछ। शुभचिन्तकहरूले साथ दिने हुँदा चुनौतीहरू समाप्त हुनेछन्। आफ्ना कार्यहरू देखाएर लाभ उठाउन सकिनेछ। प्रतिष्ठा आर्जन गर्न सकिनेछ। प्रयत्न गर्दा पद तथा जिम्मेवारी प्राप्त गर्न सकिन्छ।
स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। अवसरहरू प्राप्त भए पनि परिस्थितिले अलमल्याउने सम्भावना छ। विवादमा सहभागी नहुनु नै राम्रो हुनेछ। परिवारजनसँग सम्बन्ध सुमधुर बनाउन व्यवहारमा सजगता आवश्यक छ। परिश्रम गरेमा कार्य सफल हुनेछ। तर भौतिक सुविधाहरूमा खर्च बढ्न सक्छ। शुभचिन्तकहरूसँग मिलेर अघि बढ्दा नयाँ योजना कार्यान्वयन गर्न सकिनेछ।
अधैर्यता नगरौं, प्रतीक्षित उपलब्धि प्राप्त हुनेछ। आर्थिक लाभको राम्रो समय छ। नयाँ अवसरहरूले कार्यक्षेत्रमा उत्साह थप्नेछन्। व्यवसायका लागि सम्भावनाहरू खोजी गर्ने समय आएको छ। प्रेम र मित्रताको बन्धन कसिलो बन्नेछ। प्रियजनहरूसँगको भेटघाटले मन प्रफुल्ल पार्नेछ। सम्माननीय व्यक्तित्वको आतिथ्य ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो यात्राको सम्भावना छ।
मेहनतीहरूका लागि अत्यन्त फलदायी समय छ। द्वेष गर्नेहरू परास्त हुनेछन्। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। परिश्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापार तथा अन्य आर्थिक क्षेत्रमा नयाँ सम्भावनाहरू खुल्नेछन्। रोकिएका कार्यहरू पूरा हुनेछन्, जसले नयाँ लक्ष्यतर्फ उत्साह जाग्नेछ। मेहनत गर्दा प्रतिस्पर्धीहरूलाई हराउँदै सफलता हात पार्न सकिनेछ।
गरेका कार्यहरू सहजै सम्पन्न हुनेछन्। अध्ययनमा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। सम्मानजनक कार्य गर्ने अवसर प्राप्त हुनेछ। सेवामूलक कार्यबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। कृषि तथा पशुपालनबाट राम्रो लाभ प्राप्त हुनेछ। सन्तान तथा अनुयायीहरूले राम्रो साथ दिनेछन्। आर्थिक फाइदाका नयाँ स्रोत पहिल्याउन सकिनेछ।
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। अनावश्यक सम्बन्धहरू गाँस्न नचाहनेहरूसँग पनि सतर्क रहनु उचित हुनेछ। केही कठिनाइ देखिए पनि आँटेको कार्य सम्पन्न हुने संकेत छ। प्रयत्न गरेमा साथीहरूसँगको असमझदारी समाधान हुनेछ। कृषि तथा पशुपालनबाट न्यून लाभ प्राप्त हुनेछ। प्रयास दोहोर्याएमा रोकिएको कार्यसमेत सफलतामा परिणत हुनेछ।
हिम्मत र लगनशीलताले कार्य सफल बनाउनेछ। कठोर परिश्रमले जीवनशैलीमा सुधार ल्याउनेछ। छोटो समयमा राम्रो उपलब्धि हात पर्नेछ। स्रोतसाधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतको प्रतिफलले दैनिक जीवनमा सुधार आउनेछ। रोकिएका कार्यहरू बन्नेछन्, साथै नयाँ योजनाहरू प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धीहरूलाई सजिलै पराजित गर्न सकिनेछ।