आज २०८१ चैत्र २२ गतेको राशिफल
News Desk
Apr-04 , 2025 तारिख 06:03 बिहान


मेष – आरिएस्
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमै योजना बनाएर काम सुरु गर्न सके उत्तम लाभ मिल्नेछ। प्रतिस्पर्धामा अरूभन्दा अगाडि पुग्न सकिनेछ भने मेहनतको फल पनि हात लाग्नेछ। प्रयत्न गर्दा सकारात्मक अवसरहरू आउन सक्छन। साथीसंगीहरूको सहयोग प्राप्त हुनेछ। पछिका दिनमा फाइदा हुने काम सुरु गर्ने अनुकूल समय छ। भौतिक साधनहरू जुट्दै जाँदा दीर्घकालीन योजनाहरू अघि बढ्नेछन। व्यापारमा आकर्षक लाभ मिल्नेछ भने सेवामूलक कामबाट सम्मान प्राप्त हुनेछ।

वृष – टौरुस्
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन र अनुसन्धानतर्फ रुचि बढ्दा सफलता मिल्नेछ। बोलीमा प्रभाव बढ्नेछ र अभिव्यक्तिमा आत्मविश्वास देखिनेछ। सामाजिक सम्मान प्राप्त हुनेछ। सहयोगीहरूको संख्या बढ्नेछ भने नयाँ अवसरका ढोका खुल्नेछन। आम्दानीका स्रोतहरू विस्तार हुनेछन र स्थायी काममा सम्झौता गर्न सकिनेछ। बुद्धिको उपयोगद्वारा शिक्षा र धन आर्जन हुनेछ, साथै निरन्तर प्रयासले प्रतिष्ठित स्थानमा पुग्न सकिनेछ।

मिथुन – गेमिनि
का, कि, कु, घ, ङ, छ, के, को, ह
इच्छाशक्ति प्रबल बन्नेछ र असल कार्यमा प्रशंसा प्राप्त हुनेछ। समयलाई सदुपयोग गर्दै सिर्जनात्मक कामहरू गर्न सकिनेछ। पारिवारिक जमघट र स्वादिलो खानाको आनन्द लिन पाइनेछ। परम्परागत विचारधारालाई समयअनुसार परिमार्जन गर्न सकिनेछ। प्रतिष्ठा र सम्मानको वृद्धि हुनेछ। साथ दिनेहरूका साथ प्रेम र मित्रताको सम्बन्ध अझ बलियो हुनेछ।

कर्कट – च​न्चेर्
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लामो समयका लागि योजना बनाउन पर्याप्त पूँजीको आवश्यकता पर्नेछ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय छ। आकस्मिक खर्च बढ्न सक्छ, जसले अर्थ संकट ल्याउने सम्भावना छ। अरूको दबाबमा निर्णय लिनुपर्ने परिस्थिति बन्न सक्छ। अध्ययनमा समय दिन नसक्दा पछाडि पर्न सकिन्छ। नजिकका व्यक्तिबाट केही समय टाढिनुपर्ने हुन सक्छ। खर्च धेरै भए पनि हालको प्रयासबाट तत्काल फाइदा नहुन सक्छ।

सिंह – लेओ
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति प्रतिकूल लागे पनि उपलब्धि हासिल हुने समय छ। शुभचिन्तकहरूको साथले चुनौतीहरू पार गर्न सकिनेछ। परिश्रमले सफलता दिलाउनेछ र आयका नयाँ स्रोतहरू देखा पर्नेछन। व्यापार वा साझेदारीमा लाभ हुने सम्भावना छ। यद्यपि, खर्च अपेक्षा भन्दा बढी हुन सक्छ। अरूका लागि गरेको खर्चले वर्तमानमा फाइदा नदेखिए पनि भविष्यमा लाभदायक बन्नेछ।

कन्या – विर्गो
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामको जग बसाउने उचित समय आएको छ। कामको सिलसिलामा पदाधिकारीहरूसँग सम्बन्ध प्रगाढ हुनेछ। पहिले गुमाएको अवसर फिर्ता आउनेछ र समाजमा प्रतिष्ठा बढ्नेछ। रोकिएका कार्यमा फेरि प्रयास गर्दा सफलता प्राप्त हुनेछ। नियमित कामहरूबाट पनि राम्रो फाइदा उठाउन सकिनेछ। थोरै लगानीबाट नै व्यापारमा अपेक्षित लाभ प्राप्त हुनेछ।

तुला – लिब्र​
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अत्यन्तै प्रतीक्षित नतिजाले उत्साह ल्याउनेछ। असम्भवजस्तो देखिएको कार्य पनि सम्पन्न हुनेछ। धार्मिक तथा परोपकारी काममा रुचि बढ्नेछ। स्थायित्व प्रदान गर्ने कामको थालनी हुने समय छ। निरन्तर मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। सम्मान, पुरस्कार तथा प्रतिष्ठा प्राप्त हुन सक्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक अवसरहरू हात लाग्नेछन।

वृश्चिक – ष्चोर्पिओ
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा गडबडी आउनाले काममा बाधा पुग्न सक्छ। सहयोगीहरूको साथ कम हुँदा एक्लै काम गर्नुपर्ने हुन सक्छ। बाध्यात्मक परिस्थिति अप्ठ्यारो पार्नेछ। सामान्य कार्यमा पनि खर्च र श्रम बढ्न सक्छ। गोप्य कुरा बाहिरिएमा समस्या निम्तन सक्छ। अरूको विश्वासमा परेर धोका पाउने सम्भावना छ। खानपान र व्यायाममा ध्यान दिनु अत्यावश्यक हुनेछ।

धनु – ष​गित्त​रिउस्
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धैर्य र आँटको अभावले केही अवसर छुट्न सक्छ। विवादले शुभचिन्तकहरू टाढिन सक्छन। आफ्नै व्यवहारप्रति पछुतो लाग्ने स्थिति आउन सक्छ। समय लागे पनि विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। खर्च धेरै लागे पनि रमाइलो यात्रा सम्भव छ। परिवारको साथले नयाँ कामतर्फ आकर्षण बढ्नेछ। सतर्कताले उल्लेखनीय फाइदा लिन सकिनेछ।

मकर – च​प्रिचोर्न्
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको प्रयोगले प्रतिष्ठा जोगाइनेछ। रोकिएका कार्य सम्पन्न भएर नयाँ दिशा पत्ता लाग्नेछ। आफ्नो प्रयत्नले विरोधीहरू कमजोर बन्नेछन। पूर्व शत्रुहरू समेत मित्र बन्ने सम्भावना देखिन्छ। दीर्घकालीन फाइदा दिने काम थालनी हुनेछ। खर्च लागे पनि साहसपूर्वक अगाडि बढ्दा कठिन कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन।

कुम्भ – आकुअरिउस्
गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। लगनशीलताले परिस्थितिमा परिवर्तन ल्याउनेछ। भविष्यमा लाभ हुने कामको थालनी हुनेछ। आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। बौद्धिक क्षमताको प्रयोगले प्रतिस्पर्धा जित्न सकिनेछ। सानो प्रयासबाट दीर्घकालीन फाइदा मिल्नेछ। अनुभवीको सल्लाह लाभदायक हुनेछ। व्यापारमा उल्लेखनीय फाइदा हुनेछ।

मीन – पिस्चेस्
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्य व्यक्तिको सल्लाह असहज लाग्न सक्छ, जसले गलत विकल्प रोज्न प्रेरित गर्न सक्छ। सानो कमजोरीले समेत काममा अवरोध ल्याउन सक्छ। तुरुन्तको फाइदाको लोभले दीर्घकालीन घाटा निम्तन सक्छ। नसोचीकन वाचा गर्दा समस्या उत्पन्न हुन सक्छ। गोप्य योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ। अरूको भरमा मात्र काम छाड्दा अधूरो रहने सम्भावना छ। व्यापार र आर्थिक कार्यमा मन्दीको संकेत देखिन्छ।

धेरै पढिएको