News Desk
मेष - आरिएस्
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चिताएको काममा अपेक्षाअनुसार सफलता मिल्नेछ। दाजुभाइबीच आत्मीयता बढ्नेछ र प्रेम तथा मित्रताको सम्बन्ध अझ सुदृढ हुनेछ। व्यवसायमा गरिएको लगानीबाट प्रशस्त लाभ प्राप्त हुनेछ। अघिल्लो सफलताले हौसला दिनेछ। यसबेला आलस्य त्यागेर परिश्रम गर्नुपर्नेछ। प्रतिस्पर्धीहरूबाट पनि सहयोग पाइनेछ। नयाँ कार्य प्रारम्भ गर्न अनुकूल समय रहेको छ।
वृष - टौरुस्
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक क्षमताको उपयोगले विद्या तथा सम्पत्ति प्राप्त हुनेछ। सानो प्रयासले पनि ठूला उपलब्धि दिलाउनेछ। मिहिनेतको फलस्वरूप सम्मान प्राप्त हुनेछ। विचार र अभिव्यक्तिमा स्पष्टता आउनेछ, जसले महत्वपूर्ण अवसरहरू सिर्जना गर्नेछ। आम्दानीका स्रोत विस्तार हुनेछ। भविष्यमा लाभ हुने कामका लागि सम्झौता गर्न सकिने समय हो। बोलीको प्रभाव पनि उल्लेखनीय हुनेछ।
मिथुन - गेमिनि
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमणीय वस्त्र तथा आगन्तुकको उपहारबाट मन प्रसन्न रहनेछ। स्वादिलो भोजनको आनन्द मिल्नेछ। सानो प्रयासबाट ठूला काम बन्ने सम्भावना छ। हालको कर्मले भविष्यमा लाभ दिनेछ। परिश्रम गर्दा धन प्राप्त हुनेछ। अघिल्लो सफलताले उत्साह थप्नेछ। दिनचर्यामा पनि सकारात्मक परिवर्तन देखिनेछ। नयाँ कार्यको प्रस्ताव आउने संकेत छ।
कर्कट - चन्चेर्
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अचानकको खर्चले आर्थिक चुनौती उत्पन्न हुन सक्छ। आफन्तहरूसँग टाढिएको महसुस हुनेछ। व्यापारमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ। फाइदाजनक देखिए तापनि फजुल खर्चले चिन्तित पार्न सक्छ। अवसर प्राप्तिका लागि कडा मिहिनेत गर्नुपर्नेछ। देश-विदेशको यात्रा प्रक्रिया अगाडि बढ्नेछ। छरछिमेकमा असमझदारी उत्पन्न हुनसक्छ भने केही काम बेसुरमा अड्किन सक्छ।
सिंह - लेओ
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयासले आयका नयाँ स्रोतहरू खुल्नेछन। व्यापारमा अड्किएको रकम फिर्ता हुनेछ। भविष्यका लागि लगानी विस्तार गर्न सकिनेछ। यद्यपि, केही व्यक्तिले कमजोरीको फाइदा उठाउने सम्भावना छ। आंशिक लाभ भए तापनि काम सक्न अनुमानभन्दा बढी समय तथा खर्च लाग्न सक्छ। कमाइ अरूको लागि खर्चनुपर्ला। सरसापटबाट पनि खर्च बढ्नेछ।
कन्या - विर्गो
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै इनाम, दाम र प्रतिष्ठा कमाउने समय हो। मेहनतले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्नेछ। जग्गा, सवारीसाधन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेतको परिणामस्वरूप कीर्तिमानी उपलब्धि हासिल हुनेछ।
तुला - लिब्र
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज गरेका कामहरूले धेरैलाई फाइदा पुग्न सक्छ। अपेक्षा नगरेको सफलता मिल्दा आत्मबल बढ्नेछ। सानो प्रयत्नबाट ठूला उपलब्धि हातपर्नेछ। सामाजिक सेवामा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्ने समय हो। नयाँ योजनाहरू बन्नेछन र ती सफल हुनेछन। व्यवसायमा लाभदायक स्थिति रहनेछ। रोकिएको कार्य बन्नेछ, धर्ममा आस्था बढ्नेछ।
वृश्चिक - ष्चोर्पिओ
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। समय, धन र बुद्धि अरूको लागि खर्च गर्नुपर्ने स्थिति आउनेछ। श्रमको मूल्यांकन भए तापनि प्रतिफल प्राप्त गर्न पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूको उपयोगमा जाने सम्भावना छ। ऋण वा सरसापटबाट खर्च बढ्न सक्छ। आम्दानी घट्ने सम्भावना छ। प्रगतिमा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन।
धनु - षगित्तरिउस्
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारको साथले नयाँ ऊर्जा र आशा प्रदान गर्नेछ। मित्रता तथा प्रेम सम्बन्ध सुदृढ हुनेछ। कामको चाप कम भई विश्राम मिल्नेछ। व्यवसायले लाभदायक स्थिति सिर्जना गर्नेछ। सहयोग र उपहार प्राप्त हुने सम्भावना छ। रमाइलो यात्रा हुने संकेत छ। अतिथिका रूपमा सम्मान पाउने अवसर मिल्नेछ। एउटै कामबाट दोहोरो फाइदा लिन सकिनेछ।
मकर - चप्रिचोर्न्
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हिम्मत गर्दा कठिन कार्यहरू पनि सजिलै सम्पन्न हुनेछन। दृढ आत्मबलले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। अघिसम्म विरोध गर्नेहरू पनि मित्र बन्ने सम्भावना छ। यद्यपि अवसरवादीहरूबाट सावधान रहनु उपयुक्त हुनेछ। निरन्तर प्रयास गर्दा जटिल काम सजिलै पूरा हुनेछ। सबै काम सफल नहुन सक्छ, तर आंशिक फाइदा अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर ल्याउनेछ।
कुम्भ - आकुअरिउस्
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइमा सन्तोषजनक उपलब्धि मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। प्रतिष्ठित कामको अवसर मिल्नेछ। फाइदाजनक स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका कार्य सजिलै सम्पन्न हुनेछन। सेवामूलक कार्यबाट आम्दानी हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। कृषि तथा पशुपालनबाट पनि लाभ प्राप्त हुनेछ। सन्तान र अनुयायीहरूको साथ पाइनेछ।
मीन - पिस्चेस्
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति अनुसार चल्न नसके समस्यामा पर्न सकिनेछ। विश्वासपात्र ठानेको व्यक्तिबाट धोका हुन सक्छ, सतर्क रहनुहोस। निर्णय गरे पनि आत्मविश्वास नहुनाले पछि परिनेछ। महत्वाकांक्षी योजनामा आफन्तकै कारण अवरोध आउन सक्छ। बेवास्तामा वचन दिनु अप्ठ्यारो साबित हुन सक्छ। अरूको फाइदामा आफू प्रयोग हुने खतरा छ। मान्यजनलाई खुसी पार्न प्रयास गर्नु राम्रो हुनेछ।