News Desk
मेष - Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो हतारो निर्णय गर्ने बानीले समस्यामा पार्न सक्छ, त्यसैले सचेत रहनु उचित हुनेछ। अरूका लागि तपाईँ उपयोगी बन्ने सम्भावना छ, तर आफैंका लागि परिस्थिति अलिकति प्रतिकूल देखिन्छ। महत्वपूर्ण योजनाहरू गोप्य राख्नु राम्रो हुनेछ। दीर्घकालीन योजनामा अघि बढेमा सफलताको संकेत छ। निरन्तर मिहिनेतले तपाईँको प्रयास सफल बनाउनेछ। शुभेच्छुकहरूको साथ पाउन सकिन्छ र जटिल अवस्थाहरूमा सुधार आउने सम्भावना पनि छ।
वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मविश्वासका साथ लिएको कामबाट राम्रो परिणाम पाइनेछ। साथीहरूको सहयोगले तपाईँमा ऊर्जा थप्नेछ। रोकिएका कार्यहरू सम्पन्न हुनेछन् र नयाँ योजनाको सुरुवात गर्न अनुकूल समय छ। व्यापार र व्यवसायमा लाभ हुने योग छ। प्रतिस्पर्धामा पनि अगाडि बढ्न सकिनेछ। कृषि कार्यमा व्यस्तता भए पनि पर्याप्त आर्थिक लाभको संकेत छ। परिश्रमले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ।
मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगातार मिहिनेतले प्रतिष्ठा र मानसम्मान दिलाउनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ र बुद्धिमत्ता निखारिनेछ। बुद्धिको कुशल प्रयोगले ज्ञान, धन दुवै प्राप्त हुनेछ। समाजमा सम्मान प्राप्त गर्ने काम गर्न सकिनेछ। आयको स्रोत विस्तार हुने देखिन्छ भने माग्नुपर्ने रकम फिर्ता पाउने संकेत पनि छ। अध्ययन र नयाँ ज्ञान हासिल गर्न अनुकूल समय छ।
कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
इच्छा पूरा हुने छ र स्वादिलो भोजनको आनन्द लिने अवसर मिल्नेछ। लक्ष्यअनुसार काम समयमा नै सम्पन्न हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र मानसिक क्षमताको विस्तार हुनेछ। नयाँ अवसरहरू पाइनेछन्। विगतका सफलताले उत्साह जगाउनेछ। व्यापारमा पनि फाइदा हुनेछ। प्रतिष्ठित काममा हात लाग्ने समय हो, नाम, दाम, इनाम सबै प्राप्त गर्न सकिनेछ, क्रियाशील रहनुहोस्।
सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अनावश्यक खर्चको प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। आर्थिक समस्या हल गर्न ऋणको सहारा लिनु पर्ने देखिन्छ। किनमेल तथा सरसापटमा खर्च बढ्नेछ। खर्च भए पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। दीर्घकालीन योजना सफल हुन सक्छ। टाढा रहेका साथीभाइसँग सम्पर्क बढ्नेछ। अपरिचित व्यक्तिमाथि अत्यधिक विश्वास गर्दा धोका पाउने सम्भावना छ।
कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पेसा–व्यवसायमा लाभदायक अवसरहरू आउन सक्छन्। व्यापारमा प्रगति हुनेछ, रोकिएका कामहरू बन्नेछन् र नयाँ जिम्मेवारी पनि थपिन सक्छ। विशेष किसिमको भेटघाटले नयाँ सम्भावनाहरू सिर्जना गर्नेछ। काम गर्दा राम्रो कमाई र प्रतिष्ठा प्राप्त हुनेछ। सामाजिक दायित्व पूरा गर्ने मौका मिल्नेछ। श्रमको मूल्यांकन राम्रोसँग हुनेछ र पर्खिएको लाभ पनि प्राप्त हुनेछ।
तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष काममा सफलता हासिल गर्न जग बस्ने समय हो। मिहिनेतले पद र प्रतिष्ठा दिलाउनेछ। नयाँ अवसरहरूले मन हर्षित बनाउनेछ। धेरैले तपाईँको कामको प्रशंसा गर्नेछन्। टाढिएका साथीभाइ पुनः नजिकिने सम्भावना छ। पुराना सम्बन्धहरू जीवनमा नयाँ परिवर्तन ल्याउने माध्यम बन्न सक्छन्। शुभेच्छुकहरूको साथले चुनौतीहरू हट्नेछन् र आर्थिक स्रोतहरू सबल हुनेछन्।
वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कसैका कारण आँटिएको काम रोकिन सक्छ। झुक्याउने स्वभाव भएका सहयोगीहरूले दुःख दिन सक्छन्। स्वास्थ्यमा सामान्य समस्या देखिए पनि जिम्मेवारीमा कमी नआउनेछ। तर, लाभका नयाँ स्रोतहरू पहिचान गर्न सकिनेछ। नयाँ काम थालनी गर्न केही समय कुर्नुपर्ला। पहिलेका कार्यहरूलाई निरन्तरता दिँदा राम्रो परिणाम आउनेछ। पछाडिबाट बाधा पुर्याउनेहरू सक्रिय हुने भएकाले सावधान रहनुहोस्।
धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। काम बिग्रने डरले तनाव हुन सक्छ। प्राप्ति न्यून हुन सक्छ र गोप्य कुरा बाहिरिएर समस्या बढ्न सक्छ। आम्दानी रोकिन सक्छ जसले गर्दा योजनाहरू रोकिन सक्छन्। विगतका समस्याहरू दोहोरिन सक्छन्। अत्यधिक आशा राख्दा हालको वस्तु पनि गुम्ने सम्भावना छ। कामको चाप बढ्न सक्छ।
मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
केही खर्च भए पनि खानपान र मनोरञ्जनमा रमाउने समय छ। भौतिक वस्तुको मोहले खर्च बढ्ने संकेत छ। अरूको सल्लाह वा निर्णय पर्खँदा अवसर छुट्न सक्छ। धैर्यका साथ प्रतीक्षा गर्नुपर्ने अवस्था आउन सक्छ। बुद्धिको प्रयोग गर्दा समस्याको समाधान सम्भव छ। प्रयासले गुमेको मान–सम्मान पुनः प्राप्त गर्न सकिनेछ। यद्यपि, महत्वपूर्ण उपलब्धि हासिल गर्न केही समय लाग्न सक्छ।
कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका काम सम्पन्न हुँदै उत्साह जाग्नेछ। परिश्रमले अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। अघिका कमजोरी सच्याउँदै जीवनशैलीमा सुधार ल्याउने मौका छ। मिहिनेतको फलस्वरूप नाम, दाम र इनाम प्राप्त हुनेछ। शत्रुहरू निष्क्रिय हुनेछन्। प्रतिष्ठा जोगाउन सफल भइनेछ। विदेश यात्राको चाहना भएकाहरूका लागि प्रक्रिया अघि बढ्ने संकेत छ।
मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरले पछ्याए पनि त्यसको उपयोग गर्न संघर्ष गर्नु पर्नेछ। प्रगतिमा डाह गर्नेहरूबाट बाधा आइपर्न सक्छ। व्यवहारमा समस्या देखिएर योजना रोकिन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले अपेक्षा अनुसार साथ नदिने सम्भावना छ। परिश्रमको नतिजा आशा अनुसार नआउला तर अध्ययनमा मिहिनेत गर्दा सकारात्मक उपलब्धि मिल्नेछ। गुरुजनको सहयोग लिँदा लाभ हुनेछ।