आज २०८१ चैत्र २७ गतेको राशिफल
News Desk
Apr-09 , 2025 तारिख 06:23 बिहान

फलितज्योतिषाचार्य

मेष – Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लगनशीलताले तपाईंलाई निर्धारित लक्ष्यमा समयमा नै पुर्याउनेछ। अध्ययनप्रतिको आकर्षणले ज्ञानको क्षितिज फराकिलो बनाउनेछ। शैक्षिक क्षेत्रमा अवसर, सुविधा र वृत्तिको सम्भावना देखिन्छ। सहपाठीहरूमाझ अगाडि बढेर पुरस्कार तथा प्रशंसा प्राप्त गर्न सकिनेछ। व्यापारिक लाभ देखिन्छ भने कृषिकार्य र पशुपालनबाट पनि फाइदा मिल्नेछ। सन्तान वा अनुयायीको साथले थप जोश थप्नेछ।

वृष – Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छिटो नाफा खोज्दा परिस्थिति जटिल हुन सक्छ। यद्यपि, समस्या समाधान हुने सम्भावना प्रबल छ। पुराना कमजोरी सुधार्न समय अनुकूल छ। जग्गा-जमिन तथा पशुधनबाट लाभ मिल्ने देखिन्छ। टाढिएका आफन्तहरू पुनः नजिकिने संकेत छन्। केही पुराना सम्झौता भंग हुन सक्छन। शुभचिन्तकहरूको साथ लिएर अगाडि बढ्दा महत्त्वाकांक्षी योजना साकार पार्न सकिनेछ।

मिथुन – Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
कर्मशीलताको प्रभावले लोकप्रियता बढ्नेछ भने उपहार पाइने समय पनि आएको छ। तर पहिले साथ दिएका व्यक्तिहरू प्रतिस्पर्धीको रूपमा देखिन सक्छन। विरोधीहरूको सक्रियता बढ्नेछ जसका कारण फाइदाको बाँडफाँट हुन सक्छ। रोकिएका काम पुनः प्रयत्न गर्दा सम्पन्न हुनेछन्। व्यवसायमा लाभ हुनेछ। पुरुषार्थले सामाजिक सम्मान प्राप्त हुनेछ।

कर्कट – Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लोकप्रिय बन्न सकिने खालका काम गर्न सकिनेछ। खुशी ल्याउने खबरले उत्साह दिन्छ। आयका स्रोतमा वृद्धि हुनेछ र दीर्घकालीन लाभ दिने योजना प्रारम्भ गर्न सकिनेछ। नयाँ काम सुरु हुनेछ। मिहिनेतले सम्मानजनक स्थान दिलाउनेछ। बोलेका कुराको प्रभावकारिताले फाइदा हुनेछ। भौतिक सुविधा र सम्पत्तिमा वृद्धि देखिन्छ।

सिंह – Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम सम्पादनसँगै दिन रमाइलो र फाइदाजनक बन्नेछ। रमणीय जमघटका साथ स्वादिलो परिकारको स्वाद लिन पाइनेछ। कार्यसफलताले आत्मबल बढ्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन् र सहयोगीहरूको समर्थन मिल्नेछ। टाढिएका आफन्तसँग भेटघाट हुनेछ। विगतका कमजोरी सुधार गर्दै लाभ लिन सकिने समय हो। आकर्षक पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

कन्या – Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढे पनि दीर्घकालीन उद्देश्य हासिल गर्न सकिनेछ। खर्चिला योजनाका कारण पर्याप्त रकमको आवश्यकता पर्न सक्छ। विलासिताका वस्तुहरूमा खर्च बढ्नेछ। साँवा उठाउँदा केही घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढा रहेका साथीभाइसँग सम्बन्ध बढ्नेछ। लामो यात्रा सम्भव देखिन्छ। नयाँ कुरा प्राप्त गर्न केही त्याग आवश्यक हुनेछ। भविष्यका लागि लगानी गर्ने उपयुक्त समय हो।

तुला – Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयमा वृद्धि हुने भएकाले आवश्यक भौतिक साधन सहजै जुटाउने सकिनेछ। आम्दानीको वृद्धिले आत्मबल बढ्नेछ। परिश्रमको यथोचित मूल्य पाइनेछ। व्यवसायमा नयाँ उचाइ चुम्ने अवसर छ। रोकिएका काम बन्नेछन् र जिम्मेवारी पनि बढ्नेछ। स्थायी लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। खोजी गर्दा नयाँ आयश्रोत पत्ता लाग्नेछन्। मिहिनेतले लक्ष्यअनुसार सफलता प्राप्त हुनेछ।

वृश्चिक – Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठा बढाउने खालका काममा संलग्न हुने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त भएर मन हर्षित हुनेछ। सामाजिक नेतृत्वको संभावना पनि देखिन्छ। व्यापारमा लाभ मिल्नेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलता पुरस्कारस्वरूप कीर्तिमान दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूको सहयोग प्राप्त हुने संकेत छन्। लक्ष्य हासिल गर्न महत्त्वाकांक्षा लाभदायक बन्न सक्छ, कर्तव्यमा कटिबद्ध रहनु उपयुक्त हुनेछ।

धनु – Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा लागेकाहरूका लागि विशेष फाइदाको समय आएको छ। उत्कृष्ट कामले लोकप्रियता बढ्नेछ। प्राप्त उपलब्धिले ऊर्जा थप्नेछ। भाग्यले विभिन्न अवसरहरू ल्याउनेछ भने परिश्रमले सफलता सुनिश्चित गर्नेछ। सानो प्रयासले पनि लक्ष्य प्राप्त गर्न सकिनेछ। दीर्घकालीन लाभ दिने काम सुरु गर्न अनुकूल समय हो।

मकर – Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा कमजोरी आए पनि काममा लाग्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापारमा लगानी गर्दा जोखिम बढ्नेछ। गोपनीयताको हानि हुन सक्छ र आर्थिक खर्च बढ्नेछ। बाध्यात्मक परिस्थितिले आत्मबल घटाउनेछ। आफ्ना कमजोरीको लाभ उठाउनेहरू सक्रिय हुन सक्छन्। आहारविहारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ। राम्रो नतिजा प्राप्त गर्न प्रयास दोहोर्याउनु पर्नेछ।

कुम्भ – Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमणीय पोशाकले व्यक्तित्वमा चमक ल्याउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह थप्नेछ। मित्रता र प्रेम सम्बन्ध गहिरिनेछन्। अतिथिको रूपमा सम्मान प्राप्त हुने समय हो। परिवारजनको साथले आत्मबल बढाउनेछ। तर आम्दानी भइरहे पनि खर्च नियन्त्रणबाहिर जान सक्छ। विलासिताका वस्तुहरूमा खर्च बढ्न सक्छ। विवादका अवस्थामा अगाडि नबढ्नु उचित हुनेछ।

मीन – Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अघिल्ला कामहरू पूरा भएसँगै आत्मबल वृद्धि हुनेछ। संघर्ष गरेपछि अधिकार प्राप्त हुनेछ। व्यापार वा अन्य आर्थिक क्षेत्रहरूमा फाइदाको सम्भावना छ। प्रयत्न गर्दा लक्ष्य सजिलै प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धामा विजय दिलाउनेछ। भौतिक सुविधा उपलब्ध हुनेछन् र दीर्घकालीन लाभ दिने काम आरम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीहरू हट्नेछन भने कानुनी पक्षमा पनि जित सम्भावना देखिन्छ।

धेरै पढिएको