News Desk
मेष - ARIES
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सकारात्मक खबरले दिनभर उत्साहको सञ्चार हुनेछ। अध्ययनप्रति आकर्षण बढ्दा ज्ञानको क्षितिज विस्तार हुनेछ। परिश्रमद्वारा प्रतिष्ठित कार्यसम्पादन गर्ने अवसर जुट्नेछ। व्यापारमा ठूलो लाभ नहुन सक्ला, तर कृषिप्रधान कार्य वा पशुपालनमा राम्रो आम्दानी मिल्नेछ। सन्तान वा अनुयायीको साथले ऊर्जा प्राप्त हुनेछ। योजनाबद्ध प्रयत्नले रचनात्मक योजना अघि बढ्नेछ। यात्राको अनुकूल समय पनि बन्नेछ।
वृष - TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अलिकति प्रयास गर्दा अड्किएका घरेलु कार्य क्रमशः अघि बढ्नेछन्। तर, हतारको निर्णयले कार्य अवरुद्ध हुन सक्छ, त्यसैले योजनाहरू गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ। आमाको साथ वा सल्लाहले महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। बुद्धिमत्ताको प्रयोगले सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ। लक्षप्राप्तिका लागि प्रयत्न आवश्यक हुनेछ। अध्ययनमा पनि प्रगतिको संकेत देखिन्छ। रचनात्मक काममा लागेको खण्डमा राम्रो लाभ मिल्नेछ।
मिथुन - GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतीक्षित परिणाम त्यति सन्तोषजनक नहुन सक्छ, तर दोहोर्याएर गरिएको प्रयत्न सफल हुनेछ। आफन्त वा निकट व्यक्तिबाट अपेक्षित सहयोग नपाउनाले मनमा असन्तोष उत्पन्न हुनसक्छ। आफ्नो परिश्रमको लाभ अरूले लिने सम्भावना छ। डाहा गर्नेहरूबाट केही असहजता भोग्नुपर्ने हुन सक्छ। कृषिमा बढी लगानी र मेहनतको आवश्यकता पर्न सक्छ। व्यवसायमा अलि कम आम्दानी भए पनि आवश्यकताहरू पूरा हुनेछन्।
कर्कट - CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सम्मान र प्रतिष्ठा प्राप्त गर्ने समय आएको छ। आयका नयाँ स्रोतहरू खुलेर दीर्घकालीन लाभ हुने कार्यहरूमा सम्झौता हुनसक्छ। अध्ययनमा प्रगति देखिनेछ। बोलीमा प्रभाव बढेर प्रस्तुति कलामा निखारता आउनेछ। मनले चाहेको कार्यसमेत सम्पन्न हुनेछ। विगतका गल्ती सच्याउने अवसर मिल्नेछ। परिश्रमबाट सम्मानजनक स्थानमा उक्लिने सम्भावना बलियो रहनेछ।
सिंह - LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोग गर्न चाहने व्यक्तिहरू प्रशस्त भेटिनेछन्। सिर्जनात्मक कार्यहरू आरम्भ गर्न अनुकूल समय छ। रमाइलो भेटघाटका साथै स्वादिलो भोजनको आनन्द लिने मौका मिल्नेछ। विगतका सफलताले थप प्रेरणा दिनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। सन्तोषजनक आम्दानी हुनेछ। विगतका कमजोरीहरूप्रति सुधार ल्याउने अवसर मिल्नेछ। टाढिएका आफन्तजनसँग पुनः भेटघाट हुने सम्भावना छ।
कन्या - VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आगामी फाइदाको लागि केही कुरामा त्याग गर्नुपर्ने हुनसक्छ। खर्च बढे पनि अड्केका कार्यहरू सम्पन्न हुनेछन्। लामो दूरीको यात्रा गर्ने सम्भावना रहन सक्छ, जहाँ वैदेशिक लाभ प्राप्त हुने संकेत छन्। दीर्घकालीन फाइदाको कार्यहरू सुरु हुनेछन्। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। तत्काल लाभ लिन खोज्दा भविष्यमा घाटा हुनसक्छ। विभिन्न चुनौतीका बीच स्वाभिमान जोगाउने समय हो।
तुला - LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका अनेकौं माध्यम खुल्नेछन्। मिहिनेतको परिणाम सन्तोषजनक हुनेछ। आत्मविश्वासले कार्य सम्पादन हुनेछ। पर्खिएको सफलताले झन् उत्साहित बनाउनेछ। थोरै लगानीबाटै अपेक्षित नाफा प्राप्त गर्न सकिनेछ। भौतिक वस्तुहरू सहजै प्राप्त हुनेछन्। कठिन अवस्था भए तापनि सजिलो समाधान सम्भव हुनेछ। केही रकम खर्च गरेर उल्लेखनीय कार्य सम्पन्न हुनेछ।
वृश्चिक - SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम सुरु गर्नु अगावै पर्याप्त सोचविचार गर्नु आवश्यक छ। लाभको आशामा आउने व्यक्तिहरूबाट धोका पाउन सकिनेछ, सतर्क रहनुपर्छ। परिश्रमबाट उपलब्धिको बाटो खुल्नेछ। यद्यपि पूर्ण सफलताको आशा नदेखिए पनि आंशिक लाभ प्राप्त हुनेछ। भविष्यका लागि महत्वपूर्ण कार्यको जग बसाल्ने अवसर हुनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्पर्क हुने सम्भावना छ। साहसिक कदमले काम सम्पादन हुनेछ।
धनु - SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अन्य व्यक्तिको साथमा काम गर्नुपरे पनि त्यसको लाभ आफूलाई हुनेछ। समाजमा प्रशंसायोग्य काम गर्ने मौका मिल्नेछ। परिश्रमद्वारा महत्वपूर्ण उपलब्धि हासिल हुनेछ। रोकिएका कार्यहरू सम्पन्न हुने संकेत छ। कर्ममा केन्द्रित भइ विशेष जिम्मेवारी सम्हाल्न सकिनेछ। थोरै प्रयासबाट धेरै मानिसको हित हुने कार्य आरम्भ गर्न सकिनेछ। तर आफ्नो श्रमको प्रतिफल अरूको हातमा जान सक्ने सम्भावना छ, सचेत रहनुहोला।
मकर - CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
असफलताको डरले मानसिक अस्थिरता ल्याउन सक्छ। अपेक्षा गरेजस्तो उपलब्धि नहुँदा निराशा बढ्न सक्छ। अघि बढ्न खोज्दा अवरोध आउन सक्छ। पुराना समस्याहरू दोहोरिएर मनमा खिन्नता ल्याउन सक्छन्। ठूला आशामा रमाउँदा वर्तमानमा भएको कुरा पनि गुम्न सक्ने सम्भावना छ। स्वास्थ्यमा कमजोरी आउनसक्छ, उपचार खर्च बढ्न सक्छ। भीडभाडमा धनको क्षति हुन सक्छ, विशेष सतर्कता आवश्यक छ।
कुम्भ - AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। सम्मानका साथ घनिष्ठ मित्रताको विस्तार हुनेछ। व्यवसायमा सफलताको लागि यात्रा गर्नुपर्ने हुन सक्छ। मनको चाहना पूरा हुनेछ भने पर्खिरहेको उपलब्धि पनि प्राप्त हुनेछ। नयाँ ज्ञानले अध्ययनमा ताजगी ल्याउनेछ। प्रेमसम्बन्ध र वैवाहिक जीवनमा खुसी छाउनेछ। पर्याप्त आम्दानी भए तापनि खर्चिलो योजनाका कारण बचत नहुन सक्छ।
मीन - PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिग्रिने बानीले केही समस्याहरू निम्त्याउन सक्छ। यद्यपि मिहिनेत गर्नेहरूका लागि समय निकै उत्साहजनक रहनेछ। कहिलेकाहीँ सम्झौता गर्नुपरे पनि प्रतिष्ठा र अधिकार जोगाउन सकिनेछ। भौतिक सामग्रीको उपलब्धता बढ्नेछ र दीर्घकालीन लाभ हुने कार्यहरू प्रारम्भ हुनेछन्। लामो दूरीको यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्षप्राप्ति सम्भव हुनेछ। गोप्य कुरा बाहिरिन सक्ने भएकाले गोपनीयतामा ध्यान दिनु आवश्यक छ।