आज २०८१ चैत्र​ ३० ग​तेको राशिफ​ल​
News Desk
Apr-12 , 2025 तारिख 06:34 बिहान

फलितज्योतिषाचार्य

मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धामा अग्रता कायम गर्न सकिनेछ, र मुद्दा मामिलामा पनि विजय सम्भावना प्रबल छ। पहिले रोकिएका काम पुनः सञ्चालन हुनेछन्, जसले उत्साहको संचार हुनेछ। कठिन संघर्षपछि अधिकार सुरक्षित गर्न सकिने समय आएको छ। व्यापार तथा आर्थिक क्षेत्रका प्रयासहरू लाभदायक सावित हुनेछन्। लक्ष्यसम्म पुग्न प्रयत्नशील हुँदा सफलता सजिलै हात लाग्नेछ। मिहिनेतको प्रतिफल प्रतिस्पर्धा जितेर प्राप्त गर्न सकिनेछ। भौतिक सुविधा जुट्नेछ र दीर्घकालीन फाइदाका कार्य प्रारम्भ हुनेछन्।

वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हिम्मत र आँटले लक्ष्यमा सहज रूपमा पुग्न सकिनेछ। सुखद खबरहरूले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनप्रतिको रुचिले बौद्धिक क्षमतामा वृद्धि हुनेछ। प्रतिष्ठाको काम सम्पादन गर्ने अवसर जुट्नेछ। व्यापारिक क्षेत्रमा अत्यधिक लाभ नहोला, तर कृषि तथा पशुपालनमा राम्रो आम्दानी प्राप्त हुनेछ। सन्तान र अनुयायीहरूको सहयोगले आत्मबल बढ्नेछ। लामो समयसम्म फाइदा दिने कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्।

मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
पुराना कमजोरीहरू सुधार्ने अनुकूल अवसर प्राप्त हुनेछ। तर, साझेदारहरूसँग असमझदारी उत्पन्न भई पहिलेका सहमति र सम्झौता भंग हुन सक्ने खतरा देखिन्छ। बेसमयमा दिइने वचनले कठिनाइ निम्त्याउन सक्छ। ईर्ष्यालुहरूले काममा बाधा पुर्याउन सक्छन्। आफ्नो सम्पत्तिमा अरूको दाबी पर्ने सम्भावना छ। केही परिस्थितिमा सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ। आफ्नै नजिकका व्यक्तिबाट पनि अपेक्षित साथ नपाइने समय हुन सक्छ।

कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विविध किसिमका उपहारहरू प्राप्त हुने सम्भावना छ। सहयोगीहरूको राम्रो साथ पाइनुका साथै अड्किएका कार्यहरू अगाडि बढ्नेछन्। नयाँ कामको शुभारम्भ गर्ने अनुकूल समय रहेको छ। व्यवसाय र उद्योगमा विशेष लाभ हुने योग छ। प्रतिस्पर्धीहरूलाई सहजै पछाडि पार्न सकिनेछ। लगनशीलताले कर्मको उत्तम फल दिन सक्छ। महत्वाकांक्षी योजना सफल बन्दै जान्छन्। मिहिनेतले कीर्तिमान कायम गर्नेछ र प्रशंसा तथा पुरस्कार समेत प्राप्त हुन सक्छ।

सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ र ज्ञानलाई निखार्न सहयोग पुग्नेछ। सुखद सूचना प्राप्त भई मनोबल बढ्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् र स्थायीत्वयुक्त लाभका कार्यमा संलग्न हुने समय आएको छ। नयाँ कार्यहरू सुरु हुनेछन्। मिहिनेतको आधारमा सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रशंसा हुनेछ र बोलीको प्रभाव आर्थिक लाभमा परिणत हुनेछ।

कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आनन्ददायी जमघट र स्वादिलो भोजनको अनुभव प्राप्त हुनेछ। अघिल्लो सफलताले थप उर्जा र उत्साह दिनेछ। नयाँ कामका प्रस्तावहरू प्राप्त हुनेछन्, सहयोगीहरूको साथ पाइनेछ। टाढिएका आफन्तसँग पुनः भेटघाट हुने समय छ। पुराना कमजोरीलाई सुधार गर्दै जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। बौद्धिक क्षमता प्रदर्शन गर्न सकिनेछ भने व्यक्तित्व निखारिने अवसर प्राप्त हुनेछ।

तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजका लाभांशहरू सजिलै संचित नहुन सक्छन्। केही लाभ लिनका लागि अन्य वस्तु त्याग्नुपर्ने बाध्यता आउनेछ। व्यवसायमा थप लगानी गर्नुपर्ने अवस्था देखिन्छ। निकट भविष्यका लागि केही सरसापट वा कर्जा लिनुपर्ने हुन सक्छ। आफ्नै नजिकका व्यक्तिबाट टाढिनुपर्ने अवस्था आउन सक्छ। छिमेकीहरूसँग असमझदारी उत्पन्न हुन सक्ने भएकाले सतर्कतापूर्वक कार्य गर्नु उपयुक्त हुनेछ।

वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ आम्दानीका स्रोत भेटिए तापनि त्यसको पूर्ण लाभ लिन सकिनेछ भन्ने निश्चित छैन। हात लागेका केही रकम तुरुन्त खर्चनुपर्ने अवस्था आउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि तत्काल लाभ नपाइने सम्भावना रहन्छ। सञ्चित रकम समेत प्रयोग गर्नुपर्ने परिस्थिति देखिन्छ। आवश्यक परेमा कर्जा वा सरसापटबाट रकम जुटाउन सकिनेछ। दीर्घकालीन लाभ हुने उत्तरदायित्व प्राप्त हुनेछ।

धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सफलताको अनुभवले आत्मबलमा बृद्धि हुनेछ। सतत प्रयासद्वारा दीर्घकालीन फाइदाका कार्य आरम्भ गर्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछ। सामाजिक तथा व्यक्तिगत भेटघाटहरूले मनोबल बढाउनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व स्थापित गर्न सकिनेछ। मान–सम्मान प्राप्त हुनेछ। कर्मठ प्रयासले कीर्तिमान कायम गर्न र प्रशंसा कमाउन सकिनेछ।

मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक जिम्मेवारीहरू निर्वाह गर्दै लाभदायक कार्य र जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेछ। प्रशंसायोग्य कार्यहरूले धेरैको मन जितिनेछ। सामुदायिक हितमा योगदान पुर्याउने स्थिति आउनेछ। टाढिएका साथीसँग पुनः सम्पर्क स्थापित भई हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसरहरू प्रदान गर्नेछ। नयाँ उपलब्धिहरूको खोजी गर्न सकिनेछ। अरूका काममा लाग्दा पनि लाभ आफूलाई नै हुनेछ।

कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतिपूर्ण जिम्मेवारीहरू सम्हाल्नुपर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धी दुवैलाई समेटेर कार्य गर्नुपर्ने समय छ। पुराना समस्याहरू दोहोरिन सक्ने भएकाले सतर्क रहनुपर्छ। हल्लाको पछि लाग्दा घाटा हुन सक्छ। यद्यपि तत्काल फाइदा नहुन सक्दापनि समस्याहरू समाधान गर्न सकिनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। खर्च बढ्नाले अर्थ संकलनमा असर पर्न सक्छ।

मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सद्कर्मको फलस्वरूप प्रसन्नता प्राप्त हुनेछ। विभिन्न सहयोग र उपहारहरू प्राप्त हुनेछन्। विचार मिल्ने मित्रसँग भेटघाट र सम्बन्ध प्रगाढ बन्ने सम्भावना छ। परिवारजनको साथले उत्साह र नयाँ आशा पैदा हुनेछ। व्यस्तताबाट फुर्सद पाइनेछ। मनोरञ्जन, यात्रा, स्वादिष्ट भोजन तथा फेसनप्रति आकर्षण बढ्नेछ।

धेरै पढिएको