आज २०८१ चैत्र​ ३१ ग​तेको राशिफ​ल​
News Desk
Apr-13 तारिख 06:24 बिहान

फलित ज्योतिषाचार्य

मेष – ARIES
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन व्यापारमा प्रयास गर्दा प्रगति हुनेछ र आम्दानी बढ्ने कामको सुरुवात हुनेछ। भौतिक साधनको वृद्धि देखिनुका साथै प्रेम जीवन सुदृढ हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। यद्यपि, आराम र सुविधामा आकर्षण बढ्दा खर्च पनि बढ्न सक्छ। रमाइलो क्षणमा पनि विवादले मनमा खिन्नता ल्याउनेछ। आफन्तसँग सम्बन्ध सुधार्न व्यवहारमा ध्यान पुर्याउनु आवश्यक छ।

वृष – TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य राम्रो रहनाले काममा जोश र उमङ्ग थपिनेछ। पुरुषार्थले सामाजिक पहिचान बनाउने अवसर मिल्नेछ। चुनौतीहरू पार गर्दै काम सफल पार्न सकिनेछ, यद्यपि आलोचकहरू क्रियाशील देखिनेछन्। महत्त्वपूर्ण निर्णयको समयमा अलमल हुन सक्ने भएकाले सजग रहनु राम्रो। असावधानीले समस्या निम्त्याउन सक्छ, त्यसैले योजना गोप्य राख्नु राम्रो हुनेछ। विलासितामा खर्च बढ्ने सम्भावना छ।

मिथुन – GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक क्षमता प्रयोग गर्दा लक्ष्यमा पुग्न सकिनेछ। नयाँ फाइदाका बाटो फेला पर्नेछन। अध्ययनमा प्रगति हुनेछ र बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। सम्मानजनक काम गर्न सकिने समय हो। सामाजिक सेवामा रुचि बढ्नेछ। प्रतीक्षित नतिजा अनुकूल आउनेछ। गुरुजनको सुझाव र सन्तानको साथ लाभदायक हुनेछ। भविष्यमा लाभ दिने कामको सुरुवात हुनेछ।

कर्कट – CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अवसरहरू आउँदा पनि वातावरण पूर्णतः अनुकूल नहुन सक्छ। हतारमा निर्णय लिँदा काम बिग्रन सक्ने भएकाले सोच विचार गरी अघि बढ्नु उपयुक्त हुनेछ। कमजोरीमाथि टिप्पणी हुन सक्ने सम्भावना रहेकाले मानसिक तयारी राख्नुहोला। शुभचिन्तकको भावना बुझेर अगाडि बढ्दा सहयोग मिल्नेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। साथीभाइको साथले हौसला बढ्नेछ।

सिंह – LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आशंका गरिएको काममा समेत सफलता मिल्नेछ। छोटो प्रयासले राम्रो परिणाम ल्याउने समय छ। आवश्यक स्रोत र साधन जुट्नेछन्, जसले काममा प्रभाव पार्नेछ। आम्दानी बढ्दा दैनिकीमा सुधार हुनेछ। कार्यक्षेत्रमा विवाद बढ्न सक्ने हुँदा गोपनीयता कायम राख्नु उपयुक्त हुनेछ। केही अनावश्यक खर्च हुने देखिन्छ।

कन्या – VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभचिन्तकहरू टाढिन सक्ने सम्भावना छ। अरूको समस्या बुझ्न खोज्दा आफैं अप्ठ्यारोमा पर्न सकिन्छ। अध्ययनमा प्रगति केही कम देखिन्छ भने व्यापारमा पनि लाभ सीमित हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय र प्रयास चाहिनेछ। हतार नगरी मौका कुरेर अघि बढ्दा स्थितिमा सुधार आउनेछ। आलोचकहरू सक्रिय रहने भएकाले सावधानी अपनाउनुहोस्।

तुला – LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनेक अवसरहरू पाइए पनि निर्णयमा ढिलाइ गर्दा पछि परिने सम्भावना छ। सरकारी काममा केही समस्या आउन सक्छ। यद्यपि, अघिल्लो सफलताले हिम्मत दिनेछ। टाढिएका आफन्तसँग पुनः भेटघाट हुनेछ। प्रतिष्ठित कार्यमा संलग्न हुने अवसर आउनेछ। कडा मिहिनेतले सम्मानित स्थान प्राप्त गर्न सकिनेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्नेछ।

वृश्चिक – SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज खर्च बढी देखिने समय हो, त्यसैले खर्च नियन्त्रण गर्नुपर्नेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट जोगिनु राम्रो। दीर्घकालीन योजनाको सुरुवातका लागि समय अनुकूल छ। लाभदायक यात्रा हुनसक्छ। टाढा रहेका साथीहरूसँग आत्मीयता बढ्नेछ। अरूको सम्पत्तिमा लोभ गर्दा आफ्नै हानि हुन सक्छ। बनेका कामहरू रोकिएमा दोहोर्याएर प्रयास गर्नु आवश्यक हुनेछ।

धनु – SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आय आर्जन बढाउन सकिने समय हो। व्यवसायमा रोकिएको पैसा फिर्ता आउनेछ। मनपर्ने क्षेत्रमा लगानी बढाउने अवसर हुनेछ। तर, चलाखहरूबाट सावधान रहनु पर्नेछ। आंशिक लाभ भए पनि कार्य सम्पन्न गर्न धेरै समय र खर्च लाग्न सक्छ। पाउने फाइदा अरूका लागि खर्चिनुपर्ने हुनसक्छ। लेनदेनमा पनि सर्तकता अपनाउनु आवश्यक छ।

मकर – CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षा गरिएको सफलता प्राप्त हुने समय आएको छ। भाग्यले विशेष कार्यमा सहभागी बनाउनेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ। दाम, नाम र प्रतिष्ठा तीनै प्राप्त हुने देखिन्छ। व्यापारिक क्षेत्रमा लाभ हुनेछ। प्रयत्नले महत्त्वपूर्ण वस्तु प्राप्त गराउनेछ। सहकर्मीहरूबाट सहयोग पाइनेछ। सामाजिक जिम्मेवारीमा पनि सक्रियता बढ्नेछ। जग्गा, गाडी वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

कुम्भ – AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिश्रमको प्रतिफल स्वरूप सन्तोषजनक नतिजा आउनेछ। चुनौतीहरू हटेर अवसरहरू आउन थाल्नेछन्। टाढिएका मित्रहरू नजिकिँदा मन प्रफुल्ल हुने देखिन्छ। सामाजिक सेवामा रुचि बढ्नेछ। सहकर्मीहरूको साथ पाउने समय हो। नाम, दाम र पुरस्कार प्राप्त हुने सम्भावना छ। धार्मिक आस्था बढ्नेछ र सेवा भावना प्रबल रहनेछ।

मीन – PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर देखिने भएकाले सोचेजस्तो सफलता तत्काल नआउन सक्छ। चिन्ताले मनमा असन्तोष उत्पन्न हुनेछ। न्यून सफलतामा सन्तोष मान्नुपर्ने देखिन्छ। खानपान र दिनचर्यामा ध्यान पुर्याउनु जरुरी छ। पुराना समस्याहरू दोहोरिन सक्छन्। घरेलु जिम्मेवारीले व्यस्त बनाउनेछ। आलोचक सक्रिय रहनाले मन खिन्न बन्न सक्छ। लेनदेनमा विवाद हुने सम्भावना छ, सर्तक रहनुहोला।

 

धेरै पढिएको