News Desk
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अल्प अवधिमा नै आकर्षक लाभ प्राप्त हुनेछ। आकर्षक लुगा तथा साजसज्जाले व्यक्तित्वमा अतिरिक्त चमक आउनेछ। पर्खिएको सफलता हात लाग्नुका साथै धनसम्बन्धी प्रसन्नतादायक अवस्था देखा पर्नेछ। दिन रमाइलो र मनोरञ्जनले भरिएको रहनेछ। मनको रहर पुरा हुनुका साथै नयाँ भौतिक सम्पत्ति वा साधन प्राप्त हुने योग देखिन्छ। व्यापारिक कामकाजी कारण रमाइलो यात्राको अवसर आउन सक्छ। परिस्थितिको सकारात्मकता भए पनि केही विवादित जिम्मेवारीको वहन गर्नुपर्ने सम्भावना देखिन्छ।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिस्पर्धात्मक परिस्थितिमा उत्रनुपरे पनि आफ्नो बुद्धिमत्ता प्रयोग गरेर प्रतिष्ठा सुरक्षित राख्न सकिनेछ। रोकिन पुगेका कार्यहरू अघि बढ्ने हुँदा नयाँ अवसरहरूतर्फ कदम चालिनेछ। आफ्नो पुरुषार्थको बलमा प्रतिस्पर्धीहरूको मनोबल खस्काउने सम्भावना देखिन्छ। पुराना शत्रुहरूसमेत मैत्रीभावले अघि बढ्नेछन्। स्रोत र साधनहरू जुट्दा दीर्घकालीन लाभ दिने कामको आरम्भ हुनेछ। साहसपूर्वक अघि बढ्दा कठिन देखिएका कार्यहरू समेत सम्पन्न हुनेछन्।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हात लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रता प्राप्त हुनेछ। प्रतिष्ठाजनक कार्यहरू गर्ने अवसर प्राप्त हुनेछ। नाफा दिलाउने स्रोत पत्ता लगाउन सकिनेछ। पहिल्यै योजना बनाइएको काम सरल तरिकाले सम्पन्न हुनेछ। सेवामूलक क्षेत्रबाट समेत आर्थिक लाभ प्राप्त हुनेछ। आफ्नो कार्यक्षेत्रमा प्रभावशाली उपस्थिति देखिन सकिनेछ। व्यापार व्यवसायमा राम्रो लाभ प्राप्त हुनेछ। मेहनतको फलस्वरूप नयाँ अवसरहरू देखा पर्नेछन्।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारिवारिक पक्षमा केही समस्या देखा परे पनि योजनाबद्ध ढंगले अघि बढ्दा लक्षित कार्य सम्पन्न हुनेछ। प्रयास गर्दा साथीसंगीबीचको असमझदारी मेलमिलापमा परिणत हुनेछ। बुद्धिमत्तापूर्ण निर्णयहरूले समस्या समाधानमा टेवा पुग्नेछ। आफ्ना विचार र व्यवहारबाट अन्यलाई पनि आफ्नो पक्षमा ल्याउन सकिनेछ। आवश्यकता परेमा शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ। बारम्बार प्रयास गरेमा रोकिएको कार्यसमेत सम्पन्न हुने सम्भावना देखिन्छ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूबीच केही भ्रम र असमझदारी उत्पन्न हुन सक्छ। केहीले दिएको आश्वासन पूरा नगर्न सक्छन्। तर, आफ्नो निरन्तर मिहिनेतबाट राम्रो उपलब्धि हासिल गरिनेछ। विवादित विषयवस्तुमा लाग्नुपरे पनि आर्थिक रूपमा लाभ हुने संकेत देखिन्छ। चाहिएको नतिजा कमजोर देखिए पनि थप अवसरहरूको लागि प्रेरणा मिल्नेछ। न्यून लगानीबाट पनि सन्तोषजनक नाफा कमाउन सकिनेछ। व्यवसायिक क्षेत्रमा सामान्य लाभ हुनेछ।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूमा भरोसा गर्दा अपेक्षित नतिजा नआउने सम्भावना छ। मानसम्मानमा केही हानि पुग्न सक्नेछ। बोलेको कुराको प्रभाव विचार गरी मात्र प्रस्तुत गर्नु उपयुक्त हुनेछ। अनुचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। विगतका समस्या पुनः दोहोरिनाले अन्योलता छाउनेछ। प्रतिस्पर्धीको सक्रियता बढ्नाले चुनौतीहरू आउन सक्छन्। कार्यमा अवरोध पुर्याउनेहरू प्रशस्त हुनेछन्। विवादास्पद मुद्दामा आफ्नो पक्ष कमजोर देखिन सक्नेछ।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामकाजमा अरूको मुख ताक्दा पछाडि पर्न सकिनेछ। आत्मबलको अभावले आफूले चाहेजस्तै ढंगले काम अघि बढाउन कठिन हुन सक्छ। निरर्थक विवादमा संलग्न हुँदा शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नो व्यवहारप्रति पछुतो लाग्न सक्छ। अरूको मामिलामा आवश्यकता भन्दा बढी चासो राख्दा मानसिक अशान्ति निम्तिन सक्छ। आलोचकहरूसँग व्यवहारिक रूपमा समन्वय राख्नुपर्ने समय छ। केही समय लागे पनि प्रयास गर्दा विगतका कमजोरी सुधार्न सकिनेछ। सचेत भएर कार्य गर्दा फाइदा हुने सम्भावना छ।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
छटपटीपूर्वक काम गर्दा चुनौती थपिन सक्छ। कुनै काममा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्नेछ। यात्रा गर्नु परे पनि खर्च उच्च हुन सक्छ। आफन्तसँगको दूरी बढे पनि टाढा रहेका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। केही विवादित कार्यमा संलग्न हुनुपरे पनि मिहिनेतद्वारा सन्तोषजनक परिणाम आउनेछ। व्यवसायमा लाभ हुने सम्भावना उच्च छ।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दैनिक कामकाज र व्यवसायिक क्षेत्रमा लाभदायक परिणाम प्राप्त हुनेछ। न्यून लगानीबाट पनि अपेक्षित लाभ हात पार्न सकिनेछ। मिहिनेतको प्रतिफलस्वरूप आम्दानीका स्रोतहरू बढ्नेछन्। तर, केही कार्यमा अनुमानभन्दा बढी खर्च लाग्न सक्नेछ। प्राप्त फाइदा अरूको हितमा खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। लेनदेनमा पनि नगद प्रवाह कम हुन सक्छ। खरिद बिक्रीमा उच्च खर्च हुने सम्भावना छ।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सम्मानयोग्य कार्य गरेर प्रतिष्ठा आर्जन गर्न सकिने समय आएको छ। समाजबाट विशेष जिम्मेवारी प्रदान हुने सम्भावना छ। अप्रत्याशित अवसरको प्राप्ति हुनेछ। समुदायको हितमा केही सकारात्मक कार्य सम्पन्न हुनेछन्। टाढिएका मित्रहरू पुनः सम्पर्कमा आएर खुसी बढाउनेछन्। उपलब्धि दिलाउने स्रोत पत्ता लगाउन सकिनेछ। अरूको कार्यमा सहकार्य गर्दा पनि फाइदा आफूलाई हुनेछ। रोकिएका कामहरू दोहोर्याएर प्रयास गर्दा सफल हुनेछन्।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
समस्या दोहोरिन सक्ने भए पनि साहसका साथ अघि बढ्दा काम सम्पन्न हुनेछ। चुनौतीपूर्ण कार्यभार आए पनि बुद्धि र विवेकको प्रयोगले व्यवस्थापन गर्न सकिनेछ। आध्यात्मिक उन्नतिले धर्मकर्म तथा सेवामूलक कार्यप्रति झुकाव बढ्नेछ। सहयोगीहरूबाट हौसला प्राप्त हुनेछ। आफूसँग भएका कमजोरीहरूसुधार गर्दै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक प्रतिभाको कदर हुनेछ भने व्यक्तित्व अझ निखारिनेछ।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यसम्बन्धी कमजोरीका कारण आफ्नो ऊर्जा क्षीण भएको महसुस हुन सक्छ। कार्यमा ढिलाइ र निष्क्रियता देखिन सक्छ। अप्रिय समाचार सुन्नुपर्ने अवस्था आउन सक्छ जसले मन खिन्न बनाउनेछ। पढाइ लेखाइमा पछाडि पर्ने सम्भावना देखिन्छ भने व्यापार व्यवसायमा अपेक्षित लाभ नउठ्न सक्छ। नयाँ योजना आरम्भ गर्नका लागि उपयुक्त समय प्रतीक्षा गर्नु उपयुक्त हुनेछ। कमजोर नतिजालाई सुधार गर्न कार्यहरू दोहोर्याउनु पर्नेछ। दृढ इच्छाशक्ति र निरन्तर प्रयासबाट अवरोध हट्दै सफलताको बाटो खुल्नेछ।