आज २०८२ वैशाख ४ गतेको राशिफल
News Desk
Apr-17 , 2025 तारिख 06:53 बिहान

फलितज्योतिषाचार्य – दैनिक राशिफल

मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शारीरिक कमजोरीको अनुभव हुन सक्छ। निरन्तर प्रयास गरिए पनि काममा पछि परिने सम्भावना रहन्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु आवश्यक छ, विशेष गरी खानपान र दिनचर्यामा सतर्कता अपनाउनुहोला। पुराना समस्याहरू पुनः देखा पर्न सक्ने भएकाले मानसिक अलमल बढ्न सक्छ। समय व्यवस्थापनमा समस्या आएर योजना सफल नहुन सक्छ। विवादास्पद वा जोखिमपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थिति आउन सक्छ। अपेक्षित परिणाम कमजोर देखिएमा कार्य दोहोर्याउनुपर्ने हुन सक्छ।

वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रुचिका साथीसँग भेटघाट हुनेछ र प्रेम तथा मित्रताको सम्बन्ध झन बलियो बन्नेछ। कामको चापमा केही कमी आएर विश्राम मिल्नेछ। व्यापारमा लाभदायक आम्दानी हुने देखिन्छ। सहयोग तथा उपहार प्राप्त हुने समय छ। परिवारको साथले आत्मबल बढाउनेछ। रमाइलो यात्राको अवसर मिल्न सक्छ। अतिथिको रूपमा सम्मान प्राप्त हुने सम्भावना छ। टाढिएका साथीभाइसँग पुनः भेटघाट हुने समय हो।

मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मबलका साथ अघि बढ्दा राम्रो लाभ प्राप्त हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ भने आवश्यक भौतिक साधनहरूको व्यवस्था हुने संकेत छ। मन परेका काम जबर्जस्ती गरेरै भए पनि पुरा गर्न सकिनेछ। शत्रु पराजित हुनेछन् र रोगबाट राहत मिल्नेछ। आवेगमा संयम अपनाउनु आवश्यक छ, तर कानुनी मामिलामा जित हासिल हुनेछ। व्यवसायमा फाइदाजनक परिस्थिति देखिन्छ। प्रतिस्पर्धी वा शत्रुसँग मेलमिलापको सम्भावना पनि रहन्छ।

कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक क्षमताको प्रयोग गरेर लक्ष्य हासिल गर्न सकिनेछ। लाभदायक अवसरहरू पहिचान गर्न सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनेछ। ज्ञानमा आधारित प्रतिस्पर्धामा सफलता मिल्नेछ। प्रतिष्ठा पाउने काममा संलग्न हुन सकिनेछ। सेवामूलक कार्यहरूमा संलग्न भइ लाभ लिने समय हो। प्रतिक्षामा रहेका कामको सकारात्मक परिणाम प्राप्त हुनेछ। गुरुजनको मार्गदर्शन र सन्तानको साथ लाभदायी बन्नेछ। भविष्यमा फाइदा हुने कार्यको थालनी हुनेछ।

सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भावनामा बगेर लिएको निर्णयले समस्याको सुरुवात गर्न सक्छ, त्यसैले व्यवहारमा सजगता आवश्यक छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध ल्याउन सक्छन्। अरूको व्यवहारप्रति आशंका उठे पनि अनुभवीको सल्लाह पालन गर्दा लाभ हुनेछ। मिहिनेतको फलस्वरूप जटिल कामसमेत सजिलै सम्पन्न हुनेछ। आफन्तजनको प्रेरणाले उत्साह थपिनेछ। टाढिएका साथीहरू पुनः नजिक हुने समय हो। दीर्घकालीन लाभ हुने कामको सुरुवात हुनेछ।

कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो प्रयासबाट अरूले लाभ उठाउने सम्भावना छ। कुनै पनि काम सुरु गर्नु अघि राम्ररी सोचविचार गर्नु आवश्यक छ। सेवामूलक कार्यबाट राम्रो नतिजा प्राप्त हुनेछ। अपेक्षित नतिजाले थप प्रेरणा दिनेछ। कर्ममा परिवर्तनको संकेत देखिन्छ र मिहिनेतबाट नाम, दाम, इनाम पाउनेछ। उद्योग तथा व्यवसायमा लाभ मिल्नेछ। अनावश्यक विवादबाट बच्न प्रयास गर्नुहोला।

तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक क्षमता प्रयोग गर्दा विद्या र धन प्राप्त हुने देखिन्छ। सानो प्रयासबाट ठूलो उपलब्धि हासिल हुन सक्छ। परिश्रमको फलस्वरूप सम्मानजनक स्थान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको माध्यमबाट ठूलो अवसर हात लाग्न सक्छ। आम्दानीका स्रोत वृद्धि हुनेछन् र दीर्घकालीन लाभ हुने कामको सम्झौता गर्न सकिने समय हो। बोलीको प्रभाव बढ्नेछ, अभिव्यक्ति कलामा निखार आउनेछ। प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ।

वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छाशक्ति बढ्नेछ र सम्मान प्राप्त गर्ने अवसर पनि जुर्नेछ। खाली समय भए पनि रचनात्मक कार्य सुरु गर्न सकिनेछ। परिवारजनसँग मिलन र स्वादिलो भोजनको आनन्द पाइनेछ। परम्परालाई नविन ढंगबाट प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। साथ दिने व्यक्तिहरूको संख्या बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध झन प्रगाढ बन्नेछ।

धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च भए पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दीर्घकालीन योजना बनाउन ऋण लिनुपर्ने समय हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्नेछ, तर यात्रा लाभदायक हुनसक्छ। टाढा रहेका साथीभाइसँग आत्मीय सम्बन्ध प्रगाढ हुनेछ। विदेश भ्रमणको तयारी गर्न सकिने समय हो। फाइदाको लालचले धनमाल गुम्न सक्छ, त्यसैले सोचेर कदम चाल्नुहोला। रोकिएका काम दोहोर्याएर गर्नुपर्ने स्थिति आउन सक्छ।

मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अपेक्षित परिणामले हर्ष जगाउनेछ। आम्दानीका नयाँ स्रोतहरू देखा पर्नेछ। विगतका कामबाट मनग्य लाभ प्राप्त हुनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ र तिर्नुपर्ने रकम प्राप्त हुने समय हो। कृषि, पशुपालन र व्यापारबाट लाभ लिन सकिनेछ। चल-अचल सम्पत्तिको प्रयोगबाट राम्रो आम्दानी हुनेछ। भविष्यमा फाइदा हुने कामको आधार तयार हुनेछ।

कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको थालनी हुनेछ। निरन्तर प्रयास गरेमा विशिष्ट स्थान प्राप्त हुन सक्नेछ। विभिन्न अवसरहरू आफैँ पछ्याएर आउने छन्। भविष्य निर्माणका लागि बलियो जग बसाउने मौका छ। परिश्रमले सम्मान, सम्पत्ति र पुरस्कार प्राप्त हुने देखिन्छ। पेशागत क्षेत्रमा ठूला व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। व्यापार र व्यवसायमा सक्रिय हुनेहरूलाई फाइदा हुनेछ। लगानी बढाउन अनुकूल समय छ।

मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फाइदा सामान्य भए पनि प्रशंसायोग्य काम सुरु हुनेछ। धर्मकर्म र सामाजिक सेवामा संलग्न हुने सम्भावना छ। विवेकपूर्ण व्यवहारले अरूलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ। मिहिनेतको मूल्यांकन हुँदै सम्मान प्राप्त हुनेछ। प्रतिष्ठित र जिम्मेवारीपूर्ण कार्य गर्ने अवसर मिल्नेछ। अरूको भर नपर्नु राम्रो हुन्छ, प्रभावकारी काम नगुर्न सक्छ। दीर्घकालीन लाभ हुने योजनाको आधार तयार पार्न सकिनेछ।

धेरै पढिएको