आज २०८२ वैशाख ५ गतेको राशिफल
News Desk
Apr-18 , 2025 तारिख 06:10 बिहान

फलित ज्योतिषाचार्य

मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काम प्रारम्भ गर्ने र भविष्यका लागि सम्भावनाहरू खोज्ने अनुकूल समय आएको छ। आजको प्रयासले तपाईलाई नाम र प्रतिष्ठा दिलाउने सम्भावना छ। साथीभाइको समर्थनले आत्मबल बढाउनेछ। दीर्घकालीन फाइदा दिने योजनाहरू कार्यान्वयन गर्न सकिनेछ। सामाजिक जिम्मेवारीमा वृद्धि हुनेछ। सानो प्रयासबाट समाजका लागि महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ। तारिफयोग्य कार्यले लोकप्रियता बढाउनेछ।

वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्यका कारण सोचेजस्तो उपलब्धि तुरुन्तै नपाइने संकेत छ। रोकिएका कार्यहरूलाई पुनः प्रयास गर्नुपर्नेछ। योजना बनाएको समयमा कार्य सम्पन्न नहुन सक्छ। व्यक्तिगत गोपनीयतामा ध्यान दिनु आवश्यक छ, किनकि गोप्य सूचना बाहिरिने सम्भावना छ। केही उपलब्धिका लागि अझै प्रतीक्षा गर्नुपर्नेछ। समस्याहरूमा साथ दिने सहयोगीहरू पाइन सक्छन्। हराएको रकम बचाउन प्रयत्न गर्नु फलदायी हुनेछ।

मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
कार्यको चाप कम हुनेछ र केही विश्रामको समय मिल्नेछ। व्यवसायमा सानो फाइदा हुनेछ। नयाँ आम्दानी दिने कार्यको सुरुवात हुन सक्छ। प्रेम सम्बन्ध अझ गहिरिनेछ र अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। यद्यपि परिस्थितिहरू अनुकूल रहे पनि भौतिक चाहनाले खर्च बढाउनेछ। सानातिना विवादले रमाइलो क्षणलाई असर पुर्याउन सक्छ। केही चुनौतीहरू आइपर्लान्, जसले योजना अनुसार फाइदा उठाउन कठिन बनाउनेछ।

कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शत्रुहरू आफैं पन्छिनेछन र प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। स्वास्थ्य सबल भई कामप्रति उत्साह बढ्नेछ। आफ्नो कडा मेहनतले समाजमा स्थापित हुने अवसर मिल्नेछ। डाह र ईर्ष्याले प्रेरित व्यक्तिहरू पछि हट्नेछन्। चुनौतीहरूलाई पार गर्दै सफल हुने वातावरण छ। नयाँ व्यवसायिक योजना सुरु गर्न उपयुक्त समय हो। श्रमको राम्रो प्रतिफल मिल्नेछ।

सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ अवसरले आत्मबलमा वृद्धि गर्नेछ र सफलता प्राप्त गराउनेछ। छिट्टै फाइदा लिन सकिने योग छ। अध्ययनमा रुचि बढ्नेछ, जसले बौद्धिक क्षमताको विकास गर्नेछ। नयाँ काम थाल्ने अवसर मिल्नेछ। व्यवसायबाट लाभ प्राप्त हुनेछ। यद्यपि तत्काल ठूलो उपलब्धि नपाए पनि भविष्यका लागि बलियो आधार तयार गर्ने समय हो। मिहिनेतको परिणाम सकारात्मक देखिनेछ।

कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सबैको रुचि र आवश्यकतालाई समेट्न नसक्दा केही अवसर छुट्न सक्छ। समयको व्यवस्थापन ठीक नहुँदा योजना अधुरो रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय हुनेछन्, जसले चुनौती सिर्जना गर्न सक्छ। सानातिना कामहरूमा अल्झिनुपर्नेछ। कामको मूल्यांकन राम्ररी भए पनि त्यसको परिणाम आउन केही समय लाग्नेछ। दीर्घकालीन योजना बनाइर काम सुरु गर्न उपयुक्त समय हो।

तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ कार्यको सुरुवात गर्न अनुकूल दिन हो। मनले चाहेको काममा सफलता प्राप्त हुनेछ। दाजुभाइ तथा साथीहरूसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। व्यवसायमा लगानी गर्दा राम्रो फाइदा हुनेछ। मिहिनेत र सक्रियताले सफलता प्राप्त गर्न सकिनेछ। विगतका उपलब्धिहरूले थप हौसला प्रदान गर्नेछन्। प्रतिस्पर्धीहरू पनि सहयोगी बन्न सक्छन्।

वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
पढाइमा प्रगति हुने र कला तथा सीपमा निखार आउने सम्भावना छ। मनले चाहेको काम पूरा हुनेछ। विगतका त्रुटिहरू सुधार्ने मौका प्राप्त हुनेछ। मिहिनेतको परिणामस्वरूप सम्मानजनक स्थान प्राप्त हुनेछ। सामाजिक मान्यता बढ्नेछ। सम्पन्न कार्यबाट आम्दानी हुने सम्भावना छ। आयका स्रोतहरू बढ्नेछन् र दीर्घकालीन फाइदा हुने योजनामा सम्झौता सम्भव हुनेछ। नाम, दाम, र इनाम तीनै प्राप्त गर्न सकिनेछ।

धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रमाइलो जमघटमा सहभागी हुन सकिनेछ। मिहिनेतको सफल परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरहरूले खुसी दिनेछन् र सहयोगीहरूको साथले काममा हौसला थपिनेछ। विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले भविष्यमा लाभ दिलाउन सक्छ। रमाइलो वातावरणको मजा लिन सकिनेछ। नयाँ कार्य थालनीको सम्भावना देखिन्छ, जसले मनोबलमा वृद्धि गर्नेछ।

मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही पाउनको लागि केही त्याग गर्नुपर्ने समय आएको छ। यात्रा र भ्रमणका लागि योजना बनाउन सकिनेछ। टाढाका साथीभाइबाट सहयोग प्राप्त हुनेछ। पुनः प्रयास गर्दा अड्किएको काम सम्पन्न हुनेछ। आर्थिक कमीका कारण कर्जा वा उधारोको माध्यमबाट आवश्यकता पुरा गर्नुपर्नेछ। खर्चमा वृद्धि हुने संकेत छ। आलस्यले समय चुक्न सक्छ। व्यवसायमा लगानी गर्ने राम्रो अवसर मिल्नेछ।

कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
धेरै आवश्यकता पूरा हुनेछन् र मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। आय वृद्धि हुनेछ, जसले उत्साह थप्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यवसायमा प्रगति हुनेछ। केही कार्य रोकिनाले पाउने रकम ढिलो हुन सक्छ। समयमै सतर्क नहुँदा अरूले तपाईको श्रमको फाइदा लिन सक्छन्। पुरानो समस्या पुनः आउनसक्ने भएकाले खर्चमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफ पाउने खालको कार्यले तपाईलाई चर्चामा ल्याउनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले लक्ष्य सजिलै प्राप्त हुनेछ। पुराना मित्रता प्रेममा परिणत हुनसक्ने समय हो। विभिन्न अवसरहरूले पछ्याउनेछन् र दीर्घकालीन कार्यको जग बसाउने समय हो। शौखले थालिएको कामलाई व्यवसायमा रूपान्तरण गर्ने मौका मिल्नेछ। परिश्रमीहरूका लागि कार्यसिद्धिको समय हो। कर्मको फलस्वरूप नाम र दाम दुवै प्राप्त हुनेछ।

 

धेरै पढिएको