आज २०८२ वैशाख​ ६ ग​तेको राशिफ​ल​
News Desk
Apr-19 , 2025 तारिख 05:26 बिहान

फलितज्योतिषाचार्य

मेष - Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कहिलेकाहीँ मेहनत गर्नुपरे पनि भाग्यले साथ दिने भएकाले राम्रो अवसर पाइनेछ। सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। आवश्यक समयमा सहयोगीहरूले साथ दिने भएकाले समस्याहरू सजिलै समाधान हुनेछन्। अभाव हटेर दाम, नाम र इनाम समेत प्राप्त हुने सम्भावना छ। पेशा र व्यवसायमा उल्लेखनीय लाभ मिल्नेछ। धर्म र सेवा सम्बन्धी कार्यले प्रतिष्ठा दिलाउनेछ। अघिल्तिर रोकिएका कामहरू पनि बन्ने सम्भावना छ। सानो प्रयासबाट धेरैको हित हुने कार्य गर्न सकिने शुभ समय हो।

वृष - Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्दा केही चुनौतीहरू देखिए पनि प्रयास गर्दा सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। अप्ठ्यारा समयमा सहयोगीहरूले साथ दिने भएकाले समस्या समाधानमा सहजता हुनेछ। लुकेको गोप्य रहस्य पत्ता लाग्न सक्छ भने अनपेक्षित धन लाभ पनि सम्भव छ। यद्यपि, केही जटिल परिस्थितिहरूसँग जुध्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा केही कमजोरीको अनुभव हुन सक्छ, तर निरन्तर मिहिनेतले केही महत्वपूर्ण उपलब्धि अवश्य हात लाग्नेछ।

मिथुन - Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै कुरामा आँट गर्न नसक्दा अवसर गुम्ने खतरा रहन सक्छ। अनावश्यक विवादमा तानिँदा शुभचिन्तकहरू टाढिन सक्छन्। आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ। यद्यपि, समयक्रममा प्रयास गर्दा विगतका त्रुटिहरू सुधार्न सकिनेछ। खर्च लागे पनि रमाइला स्थलहरूको भ्रमण गर्ने सम्भावना रहन्छ। पारिवारिक साथले नयाँ कामप्रति आकर्षण बढ्नेछ। सतर्कताले काममा सफलता पाउन सकिनेछ।

कर्कट - Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहेनतीहरूको लागि यो समय निकै उत्साहजनक देखिन्छ। प्रतिस्पर्धात्मक क्षेत्रहरूमा विजयी भइनेछ र ईर्ष्या गर्नेहरू पराजित हुनेछन्। साहस र पराक्रमले अधिकार कायम राख्न सकिनेछ। जटिलताका बीचबाट मार्ग निकाल्दै कार्यहरू पूरा गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ र शत्रुहरू पराजित हुनेछन्। व्यापार तथा आर्थिक कामहरूमा लाभ हुनेछ। महत्त्वपूर्ण कार्यको शुभारम्भ गर्ने अनुकूल समय हो।

सिंह - Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगातार मिहिनेत गर्दा विशेष अवसरहरू प्राप्त हुनेछन्। निर्धारित लक्ष्यअनुसार काम समयमा नै सम्पन्न हुनेछन्। अध्ययनमा रुचि बढेर बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्याको क्षेत्रमा वृत्ति, सुविधा वा अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई पछि पार्दै पुरस्कार र प्रशंसा प्राप्त गर्न सकिनेछ। व्यापारमा नाफा हुनेछ। पशुपालन तथा कृषिक्षेत्रमा पनि लाभ प्राप्त हुनेछ। सन्तानको साथले आत्मबल र उत्साह थपिनेछ।

कन्या - Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका लागि उपयोगी बने पनि आफ्नै पक्षमा परिस्थिति प्रतिकूल बन्न सक्छ। आफ्नै मान्छेबाट धोका पाउने सम्भावना छ। साझेदारहरूसँग असमझदारीले पहिलेका सहमति बिग्रन सक्छन्। हचुवाका भरमा बोलेको वचनले समस्या निम्त्याउन सक्छ। इर्ष्या राख्नेहरूले तपाईंको काममा बाधा पुर्याउन सक्छन्। आफ्ना सामग्रीहरूमा अरूको दाबी पर्न सक्छ। यस्ता परिस्थितिमा धैर्यपूर्वक सम्झौताका साथ अघि बढ्नुपर्ने हुन सक्छ।

तुला - Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगातार प्रयास गर्दा राम्रो अवसरहरू प्राप्त हुनेछन्। साथीहरू तथा शुभचिन्तकहरूको सहयोग पाउनेछ। दीर्घकालीन लाभ दिने काम प्रारम्भ हुनेछन्। भौतिक साधनहरू जुट्नाले दिगो योजना लागू गर्न सजिलो हुनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने मेहनतको प्रतिफल प्राप्त हुनेछ। व्यापारमा उल्लेखनीय लाभ हुनेछ। सेवामूलक कार्यबाट सम्मान प्राप्त हुनेछ। बेलैमा योजना बनाई कार्य सुरु गर्दा दीर्घकालीन फाइदा हुने समय हो।

वृश्चिक - Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको सही प्रयोगले विद्या र धन प्राप्ति हुनेछ। सानो प्रयासले पनि ठूलो कार्य सिद्ध हुने सम्भावना छ। विचारहरूको प्रभाव बढ्ने समय हो र प्रशंसकहरूको संख्या बढ्नेछ। मेहनतले सम्मानजनक स्थानमा पुर्याउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको माध्यामबाट चाहेको काम पुरा गर्न सकिनेछ। सहयोगीहरूको साथ प्राप्त हुनेछ, रोकिएका कार्यहरू पनि पुरा हुनेछन्।

धनु - Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ कामको प्रस्ताव आउन सक्छ र साथ दिनेहरूको संख्या बढ्नेछ। प्रतिष्ठा दिलाउने कार्य गर्दै दाम, नाम र इनाम प्राप्त गर्ने अनुकूल समय हो। रचनात्मक कार्य सुरू गर्न सकिने उपयुक्त समय हो। सहयोगीहरूको साथ पाइनेछ भने अघिल्लो सफलताले अझ मेहनत गर्न प्रेरणा मिल्नेछ। टाढा रहेका परिवारजनसँग भेटघाटको अवसर मिल्नेछ। रमाइलो जमघटमा सहभागी भई स्वादिलो भोजनको आनन्द लिन पाइनेछ।

मकर - Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको दबाबमा काम गर्नुपर्ने परिस्थितिहरू आउन सक्छन्। उधारोमा व्यवसाय सञ्चालन गर्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय हो। भविष्यको लागि केही कुरा त्याग्नुपर्ने अवस्था आउन सक्छ। स्वाभिमान जोगाउन पनि खर्च हुन सक्छ। विदेश यात्रा, व्यापारिक अवसर वा दानमा खर्च बढ्नेछ। परिवारजन टाढा रहने सम्भावना छ। खर्च बढे पनि लामो यात्रा गर्न पाइने अवसर जुट्नेछ।

कुम्भ - Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयस्रोत राम्रो हुने भएकाले आवश्यक भौतिक वस्तुहरू जुट्न सक्छन्। सानो कामले पनि उल्लेखनीय आम्दानी दिनेछ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा प्रगति हुने समय हो। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ। रोकिएका कामहरू बन्नेछन् र जिम्मेवारी पनि बढ्नेछ। आफ्नो फाइदामा अरूले आँखा लगाउन सक्छन्। ईर्ष्या गर्नेहरूबाट सावधानी अपनाउनु उचित हुनेछ।

मीन - Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रा कर्मका कारण उत्साह बढ्नेछ। सामाजिक नेतृत्वको अवसर मिल्नेछ। व्यापारमा उल्लेखनीय लाभ प्राप्त गर्न सकिनेछ। प्रतिष्ठित कार्यहरू गर्ने अवसरहरू हात पर्नेछन्। लगातार मिहिनेत गर्दा सफलता सुनिश्चित हुनेछ। लगनशीलता र निरन्तर प्रयत्नले महत्वपूर्ण उपलब्धि दिनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले ठूला काम सफल हुनेछन्। कार्य गरेर दाम कमाउने अनुकूल समय भएकाले कर्तव्यनिष्ठ रहनु उचित हुनेछ।

 

धेरै पढिएको