आज​ २०८२ वैशाख​ ७ ग​तेको राशिफ​ल​
News Desk
Apr-20 , 2025 तारिख 05:45 बिहान

मेष (Aries)

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिहानको समय पहिले देखिएका समस्यामा अल्झिनुपर्ने देखिन्छ। आवश्यकतालाई पूरा गर्न समय खर्चिनु पर्नेछ। यद्यपि, सामाजिक कार्यले तपाईँलाई नयाँ अवसरहरू दिलाउन सक्छ। आध्यात्मिक चेतना जागृत हुने भएकाले तपाईँ धर्मकर्म तथा सेवामूलक कार्यमा आकर्षित हुनुहुनेछ। दिउँसोको समयमा कार्यक्षेत्रमा सम्मान प्राप्त हुनेछ। शुभेच्छुकहरूले साथ दिनेछन्, जसले भविष्य निर्माणको मार्ग प्रशस्त गर्नेछ। योजना बनाउँदै दृढ प्रयास गर्दा लक्षित सफलतामा पुग्न सकिनेछ।

वृष (Taurus)
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा कमजोरी आउनाले काम गर्न समय लाग्न सक्छ। दायित्व बढे तापनि सानो सफलतामै सन्तोष मान्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा सुधारका लागि खानपान र जीवनशैलीमा ध्यान पुर्याउनुहोला। दिउँसोबाट सुधार आउने संकेत छन्। चुनौतीहरू आफैं हट्नेछन् र नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रयासरत रहनुहोस्, किनभने भाग्यले तपाईँलाई सफलताको उचाइमा पुर्याउनेछ।

मिथुन (Gemini)
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनोरञ्जन र रमाइलो यात्राको समय हो। स्नेही व्यवहारले अतिथिसत्कार पाइनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। धनलाभको सम्भावना प्रबल छ र भौतिक वस्तुहरू प्राप्त गर्न सकिनेछ। दिउँसोपछिको समयमा स्वास्थ्यमा कमी देखिन सक्छ। अपेक्षित नतिजा नआउँदा काम दोहोर्याउनु पर्ने हुन सक्छ। आर्थिक पक्षमा ह्रास आउन सक्छ, खानपानमा विशेष ध्यान पुर्याउनुहोस्।

कर्कट (Cancer)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका कार्यहरू पूरा भई लाभ प्राप्त हुनेछ। इर्ष्या वा द्वेष गर्नेहरू पराजित हुनेछन्। साहसले चुनौती पार गरी सफलता हात पार्न सकिनेछ। आर्थिक तथा व्यवसायिक क्षेत्रमा लाभ हुने योजना आरम्भ हुनेछ। ठूलो आँट गर्न सक्ने समय हो। दिउँसोको वातावरण उत्साहपूर्ण रहनेछ, यद्यपि मनोरञ्जन खर्चिलो बन्न सक्छ। आफन्तसँगको सम्बन्धमा सन्तुलन राख्न व्यवहारमा सजग रहनु आवश्यक छ।

सिंह (Leo)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सकारात्मक सूचना प्राप्त भई उत्साहको वातावरण बन्नेछ। अध्ययनमा उन्नति हुनेछ। उत्कृष्ट कार्यद्वारा अरूलाई मद्दत गर्न सकिनेछ। बुद्धिको प्रयोगले लक्ष्य प्राप्ति हुनेछ। विचार र अभिव्यक्तिको प्रभाव वृद्धि हुनेछ। दिउँसोबाट नयाँ कामको थालनी गर्न सकिनेछ। आम्दानीका नयाँ माध्यमहरू खुल्नेछन्। प्रतिस्पर्धामा सफल भइनेछ। निरन्तर प्रयासद्वारा सम्माननीय कार्य सम्पन्न गर्न सकिनेछ।

कन्या (Virgo)
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छिटो निर्णय गर्दा काम बिग्रने सम्भावना छ। तत्कालीन फाइदालाई प्राथमिकता दिनु पछिलाई घाटा हुन सक्छ। असावधानीपूर्वक बोलेको शब्दले समस्या ल्याउन सक्छ। प्रतिज्ञा पुरा गर्न गाह्रो भए पनि शुभेच्छुकहरूको साथ पाइनेछ। दिउँसोबाट बौद्धिक कौशलको प्रभाव बढ्नेछ। बुद्धिको सदुपयोगद्वारा लक्ष्य प्राप्त हुनेछ। पहिलाको द्विविधा हट्दै निर्णायक निर्णय लिन सकिनेछ। आम्दानीमा वृद्घि हुने संकेत छन्।

तुला (Libra)
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अपेक्षित परिणामले उत्साहित बनाउनेछ। परिश्रमले नयाँ अवसरहरू सृजना गर्नेछ, जसबाट नाम, दाम र इनाम कमाउन सकिनेछ। व्यापार तथा उद्योगमा विशेष लाभ प्राप्त हुनेछ। लगानीअनुसार राम्रो प्रतिफल पाइनेछ। दिउँसोबाट साथीहरू र सहकर्मीहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ने हुन्छ। बेसमयमा गरिएको कार्यले मिहिनेत खेर जान सक्छ। प्रक्रियामा त्रुटी हुँदा काम दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ।

वृश्चिक (Scorpio)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिले नयाँ लक्ष्यतर्फ प्रेरित गर्नेछ। भौतिक साधनहरूको प्राप्ति हुनेछ। दीर्घकालीन योजनाको सुरुवातले आम्दानी बढ्नेछ। अध्ययनमा उन्नति हुनुका साथै अनुभवमा निखार आउनेछ। स्रोत र साधनहरू सहज रूपमा जुट्ने छन्। दिउँसोपछि गरिएका कार्यहरूको फल प्राप्त हुनेछ। नगद प्रवाह बढ्नेछ, जसले दैनिक जीवनमा सुधार ल्याउनेछ।

धनु (Sagittarius)
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मबल र इच्छाशक्ति बढ्नेछ। कीर्तिमानी कार्यबाट प्रशंसा प्राप्त हुनेछ। फुर्सदिलो समयलाई सिर्जनात्मक कार्यमा प्रयोग गर्न सकिनेछ। परिवारसँगको जमघट रमाइलो रहनेछ। स्वादिलो खानाको आनन्द पाइनेछ। विविध अवसरहरू प्राप्त हुनेछन्। सानो प्रयासबाट दीर्घकालीन लाभ लिन सकिनेछ। सशक्त अभिव्यक्तिबाट कार्य सफल पार्न सकिनेछ।

मकर (Capricorn)
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रारम्भमा खर्च बढ्नेछ र आर्थिक तनाव बढ्न सक्छ। लाभ प्राप्त गर्न दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ। विश्वास गर्न नहुनेहरूबाट धोका हुन सक्ने सम्भावना छ। टाढाका साथीहरूसँगको सम्पर्कले यात्रा सम्भव हुनेछ। दिउँसोबाट अनुकूलता बढ्नेछ र महत्त्वपूर्ण कार्यहरू पूरा हुनेछन्। प्रशंसायोग्य कामहरूबाट सामाजिक साख बढ्नेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय हो।

कुम्भ (Aquarius)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ आम्दानीका माध्यमहरू फेला पर्नेछन्। प्रयत्न गरेमा दीर्घकालीन योजनाको प्रारम्भ गर्न सकिनेछ। आवश्यक स्रोतहरू जुट्न सक्नेछन्, तर खर्च पनि बढ्नेछ। अप्रत्याशित आवश्यकताले रकम बाहिरिन सक्छ। दिउँसोबाट आर्थिक समस्याहरूले दबाब दिन सक्छन्। बसाइँ सर्ने वा टाढाको यात्रा गर्ने सम्भावना पनि प्रबल देखिन्छ।

मीन (Pisces)
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उत्कृष्ट कार्यबाट यश प्राप्त हुनेछ, जसले लोकप्रियता बढाउनेछ। आफ्नो क्षेत्रमा नाम र प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ। शुभेच्छुकहरूको साथ रहनेछ र लाभदायक अवसरहरू मिल्नेछन्। परिश्रमको प्रतिफल स्वरूप आम्दानी वृद्धि हुनेछ। आयआर्जनका नयाँ माध्यमहरू पहिचान गर्न सकिनेछ। पुराना समस्याको समाधानले नयाँ अवसर सृजना गर्नेछ। सफलताले जीवनशैलीमा सकारात्मक रूपान्तरण ल्याउनेछ।

 

धेरै पढिएको