News Desk
मेष - Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष उपलब्धिको सम्भावना देखिन्छ। यद्यपि अवसरसँगै चुनौती पनि देखिने भएकाले सजग भई काममा लाग्नुपर्नेछ। विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ने समय आउन सक्छ। विशिष्ट व्यक्तिहरूको समर्थन र मार्गदर्शन पाउने सम्भावना बलियो छ। लगनशील प्रयासले समस्या समाधानको बाटो खुल्नेछ। सामाजिक क्षेत्रमा नेतृत्व ग्रहण गर्ने अवसर पनि प्राप्त हुन सक्छ। व्यापारिक दृष्टिले समय लाभदायक हुने भए तापनि प्रतिस्पर्धी तथा विरोधीहरूले अवरोध पुर्याउने हुनाले सतर्क रहनु उपयुक्त हुनेछ।
वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ सम्भावनाहरूको ढोका खुल्नेछ। यद्यपि चुनौतीको सामना पनि गर्नुपर्ने भएकाले होशियारीपूर्वक अघि बढ्नु बुद्धिमानी हुनेछ। ईर्ष्यालुहरूले कमजोरी खोज्ने चेष्टा गर्ने हुनाले गोप्य योजनाहरू सुरक्षित राखेर मात्र कार्य आरम्भ गर्नु उपयुक्त हुनेछ। शुभेच्छुकहरूको साथ र सहयोग पाउन सकिनेछ, जसले काम सम्पन्न गर्न सहज हुनेछ। सामाजिक जिम्मेवारीमा वृद्धि हुन सक्छ। पहिले अधुरा रहेका कार्यहरू पूरा हुने भएकाले नयाँ सम्भावनाहरू देखा पर्नेछन्। सेवा, धार्मिक कार्य र परोपकारी कर्ममा मन जानेछ।
मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
समस्या र आर्थिक अभाव एकैसाथ टार्नुपर्ने परिस्थिति देखिन्छ। सुरु गरिएका योजनाहरूमा अवरोध आउनसक्छ। गरेको मिहिनेतबाट तत्काल लाभ नपाइने सम्भावना छ। नयाँ योजनामा हात हाल्नुअघि केही समय कुर्नु लाभदायक हुनेछ। अप्ठ्यारा समयमा शुभचिन्तकहरूको समर्थन र सल्लाहले राहत मिल्नेछ। सञ्चित धन खर्चनु परे पनि पछि आउने समस्याबाट मुक्ति पाउन सकिनेछ। वर्तमान समस्याको समाधान नै भविष्यको सहजता बन्नेछ।
कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक जमघट र रमाइला भेटघाटले नयाँ अवसरहरूको सिर्जना गर्न सक्छ। पेसा तथा व्यवसायमा उत्साहजनक सुधार आउनेछ। व्यापारमा आम्दानी बढ्नाले आत्मबल उच्च हुनेछ। अड्किएको रकम फिर्ता पाउने सम्भावना छ। कठिन परिस्थितिमा पनि सहजता ल्याउन सकिनेछ। घुमघाम र मनोरञ्जनको समय समेत प्राप्त हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेमसम्बन्ध र मित्रता अझ प्रगाढ बन्दै जानेछ।
सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कतिपय कारणले जटिल परिस्थितिको सामना गर्नुपर्ला। कार्यअवरोधले लक्ष्यप्राप्तिमा ढिलाइ गराउनेछ। केही स्वार्थी व्यक्तिहरूले तपाईंका कमजोरी प्रयोग गर्न सक्छन्। नतिजा कमजोर आएमा दोहोर्याएर काम गर्नु पर्नेछ। अरूका लागि खर्च, समय र श्रम खर्च गर्नुपर्ने स्थिति आउन सक्छ। यद्यपि दीर्घकालीन आधार तयार पार्न सकिनेछ। तत्काल लाभ नपाए पनि लगानी भविष्यका लागि उपयोगी बन्नेछ।
कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुनौलो मौका प्राप्त भए पनि त्यसको उपयोग गर्न गहिरो मिहिनेत आवश्यक पर्न सक्छ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्ने भएकाले खानपान र विश्राममा ध्यान दिनु जरूरी हुनेछ। मिहिनेतको प्रतिफल राम्रो हुनेछ। प्रतिष्ठित कामको जिम्मा सम्हाल्ने अवसर आउन सक्छ। अध्ययन, अनुसन्धान वा बौद्धिक क्षेत्रमा समर्पित प्रयासले राम्रो फल दिनेछ। अप्ठ्यारा परिस्थितिमा पनि शुभचिन्तकहरूको साथ रहनेछ। मनभित्रको डर आत्मबलमा परिणत हुनेछ।
तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारभित्र गलतफहमी वा विवाद बढ्न सक्छ। अनावश्यक खर्चले चिन्ता बढाउनेछ। बेसमयमा दिएको प्रतिज्ञाले समस्या निम्त्याउन सक्छ। प्रतिष्ठामा असर पुग्ने खतरा छ। आफ्ना कमजोरीहरू अरूको हातमा पर्न सक्ने भएकाले सावधानी अपनाउनु जरूरी हुनेछ। श्रमअनुसार अपेक्षित लाभ नपाइने हुनाले निराशा बढ्न सक्छ। तथापि, आवश्यक परे नियम तोडेर भए पनि महत्वपूर्ण काम अघि बढाउनुपर्ने अवस्था आउन सक्छ।
वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
योजनाको प्रक्रिया नमिल्दा काम दोहोर्याउनुपर्ने स्थिति बन्न सक्छ। प्रतिस्पर्धात्मक परिस्थितिमा उत्रनुपरे पनि लगनशील प्रयासबाट उपलब्धि हातपार्न सकिनेछ। मित्रहरू वा सहकर्मीहरूसँग सन्तुलन कायम गर्न ध्यान दिनुहोस्। नयाँ अवसरहरूको उपयोगले सफलता र मान्यता दुवै प्राप्त हुनसक्छ। भौतिक सुविधा तथा साधन जुट्नाले दीर्घकालीन योजना अगाडि बढ्नेछ। प्रतिष्ठाको संरक्षण र वृद्धिमा योगदान पुग्नेछ। तर आफ्नै साथीहरूले केही अवरोध खडा गर्न सक्छन्, सतर्क रहनुहोस्।
धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्राथमिकता निर्धारण गर्न नसक्दा महत्वपूर्ण कुरामा पछि पर्ने स्थिति आउन सक्छ। बोली र व्यवहारमा विवेक नअपनाए समस्या निम्तन सक्छ। धन खर्च वा ऋणको सम्भावना रहेकाले आर्थिक निर्णय सोचेर लिनु उपयुक्त हुनेछ। दैनिक कामकाजमा सामान्य लाभ भइरहनेछ। अनावश्यक रूपमा अरूका विषयमा संलग्न हुँदा विवादको सामना गर्नुपर्ला। कुनै जटिल जिम्मेवारी वहन गर्नुपर्नेछ, जुन सावधानीका साथ मात्र सफलतामा परिणत गर्न सकिनेछ।
मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूको पर्याप्त साथ पाउने समय हो। सिर्जनात्मक कामको थालनी गर्न अनुकूल समय छ। रमाइलो जमघट तथा स्वादिलो भोजनको अवसर प्राप्त हुनेछ। विगतमा प्राप्त सफलता भविष्यका लागि उत्प्रेरणा बन्नेछ। नयाँ कामको प्रस्ताव आउने सम्भावना छ। राम्रो आम्दानीका साथसाथै आफ्नो क्षमताको व्यापक पहिचान हुनेछ। अतीतका त्रुटिहरू सुधार्न पाइनेछ। टाढा रहेका पारिवारिक सदस्यहरूसँग भेटघाट हुनेछ।
कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
भविष्यका लागि केही चीज त्याग्नुपर्ने हुन सक्छ। खर्च बढे पनि रोकिएको काम बन्नेछ। लामो दूरीको यात्रा गर्ने अवसर आउन सक्छ, जुन लाभदायक हुनेछ। वैदेशिक सम्बन्ध वा कारोबारमा फाइदा देखिन्छ। व्यवसायमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ। तत्काल लाभ लिन लालयित हुँदा भविष्यमा घाटा हुनसक्छ। कठिनाईको सामना गर्दै आत्मसम्मानको रक्षा गर्न सकिनेछ।
मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
लगनशील प्रयासले राम्रो उपलब्धि दिलाउनेछ। प्रशंसा योग्य कार्य गर्दै सन्तोषजनक आम्दानी हुनेछ। भौतिक सुविधा तथा साधनको वृद्धि हुनेछ। दिगो फाइदा दिने काम सुरु गर्न सकिने समय हो। कृषि, पशुपालन जस्ता क्षेत्रमा आर्थिक लाभ मिल्नेछ। नयाँ आय स्रोतहरू देखा पर्नेछ। पहिले गरेका प्रयासहरूको प्रशस्त फल प्राप्त हुनेछ। आम्दानी बढ्ने र अड्किएको रकम हात पर्ने योग बलियो छ।