News Desk
मेष - Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कमजोरी उजागर हुँदा समस्याहरू निम्तिन सक्छन्। विवादास्पद जिम्मेवारी लिनुपर्ने सम्भावना छ। समयमा समर्पित नहुनुका कारण पछि परिन सक्नेछ। पुराना हिसाबकिताबले तनाव बढाउन सक्छ। यद्यपि, संघर्षपछि फाइदा लिन सकिनेछ। स्वार्थले जोडिएका सम्बन्धहरूबाट सावधान रहनुहोस्। नियमित मिहिनेतले दैनिक जीवन सजिलो बनाउनेछ र कर्मक्षेत्रमा पनि लाभ हुनेछ।
वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रशंसायोग्य कार्यको चर्चा हुनेछ। उपलब्धिको मार्ग खुलेर दीर्घकालीन लाभदायक काम सुरु हुन सक्छ। प्रतीक्षित सफलताले उत्साह दिनेछ। अथक मिहिनेतले विशिष्ट स्थान दिलाउनेछ। नयाँ अवसरहरू प्राप्त हुने समय हो। स्थायी कामको जग बसाउने मौका मिल्नेछ। प्रभावशाली व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा संलग्नहरूलाई विशेष फाइदा हुने सम्भावना छ।
मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा कमीका कारण थकान महसुस हुनेछ। बेसमयको निर्णयले समस्या ल्याउनेछ। बलपूर्वक गरिएका प्रयासले हानि पुर्याउन सक्छ। कार्यमा ढिलासुस्ती हुन सक्छ। अप्रिय सूचना मन खिन्न बनाउनेछ। पढाइमा ध्यान दिन नसक्दा पछि परिनेछ। व्यापारमा अपेक्षित लाभ नपाइनेछ। नयाँ योजना शुरू गर्न अनुकूल समय पर्खनु उपयुक्त हुनेछ। पुनः प्रयासबाट मात्र सही परिणाम पाइनेछ।
कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनमा समय बिताउँदा महत्त्वपूर्ण कामहरू पछाडि पर्नेछन्। परिस्थिति सकारात्मक रहे पनि विलासिताले खर्च बढाउनेछ। रमाइला पलहरूमा पनि मन अशान्त हुन सक्छ। केही असहज अवस्थाले अपेक्षित लाभ टाढा पार्न सक्छ। आफन्तसँगको असमझदारी बढ्न सक्छ। निम्तो आए पनि आतिथ्य खर्चिलो हुनेछ। व्यापारका सिलसिलामा यात्रा हुन सक्छ।
सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्यमा समस्या आउँदा योजनाहरू स्थगित हुन सक्छन्। गोप्य कुरा बाहिरिएर अरूले लाभ लिन सक्छन्। अरूका लागि बुद्धिको प्रयोग गर्नु पर्नेछ। प्रयासअनुरूप लाभ नपाइन सक्छ। यद्यपि, उपलब्धिका संकेत देखिनेछन्। सबै कार्य पूरा नहुन सक्ने भए पनि आंशिक फाइदा अवश्य हुनेछ। प्रतिस्पर्धीहरू सक्रिय हुने भएकाले सजग रहनुहोला।
कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वातावरणका कारण योजनाहरूमा ढिलाइ हुन सक्छ। अवसर भए पनि त्यसबाट लाभ लिन संघर्ष गर्नु पर्नेछ। स्वास्थ्यमा ख्याल राख्नुपर्छ, खानपानमा विशेष ध्यान दिनुहोला। पढाइमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। निरन्तर लगनशीलताले मात्र परिस्थिति बदल्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। अरूको विषयमा अत्यधिक चासो राख्दा बेकारको झमेलामा पर्नु पर्नेछ।
तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारसँगको मतभेदले पहिलाको सम्झौता भंग हुन सक्छ। प्रक्रियागत कमजोरीले काम दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ। अनावश्यक सम्बन्धले असहज बनाउनेछ। यद्यपि, बलपूर्वक गरिएको प्रयासले लाभ दिलाउन सक्छ। शुभचिन्तकहरूको साथ पाएमा योजना सफल बन्नेछ। साहसिक निर्णयहरूले लाभ पुर्याउनेछ।
वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वातावरण प्रतिकूल रहेकाले योजनाहरू रोकिएला। आफ्नै मिहिनेतको फाइदा अरूले लिन खोज्ने प्रयास हुन सक्छ। अवसर प्राप्त भए पनि सुरु गर्नु अघि गम्भीर सोचविचार आवश्यक छ। व्यवसायमा अवरोध आउने सम्भावना छ। सेवामूलक काममा राम्रो सफलता मिल्ने देखिन्छ। तत्काल लाभ देखिए पनि निर्णयमा हतार नगर्नु बुद्धिमानी हुनेछ।
धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वचनका गलत अर्थ लाग्नाले विवादमा फस्न सकिनेछ। विचार व्यक्त गर्नु अघि राम्रो तयारी गर्नुहोला। हतारको बानीले अवसर गुम्न सक्छ। पढाइमा समय दिन कठिन हुनेछ। केही कठिन अवस्थाहरू भए तापनि विवेक प्रयोग गर्दा लक्ष्य पहिचान गर्न सकिनेछ। मिहिनेतको फलस्वरूप केही उपलब्धि हात पर्नेछ।
मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य प्रस्तावहरू आउन सक्छन् र साथ दिने व्यक्तिहरू पनि बढ्नेछन्। प्रतिष्ठासँगै नाम, दाम र पुरस्कार प्राप्त गर्ने मौका छ। रचनात्मक कार्यको शुभ सुरुवात हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। अघिका सफलताले आत्मबल बढाउनेछ। टाढिएका परिवारजनसँग पुनः भेटघाट हुनेछ। रमाइलो जमघट र स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ।
कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवचेतन व्यवहारले हानि पुर्याउन सक्छ। बलपूर्वक गरिएका कामले उल्टै बाधा ल्याउन सक्छ। पारिवारिक खर्च बढ्न सक्छ भने आर्थिक अभाव महसुस हुनेछ। काममा होशियारी अपनाउनु आवश्यक छ। विदेश यात्रा वा प्रयासको समय हो। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयास गर्दा रोकिएको कार्य सम्पादन हुन सक्छ। प्रतिस्पर्धीहरू पनि साथ दिने समय हो।
मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयआर्जनका नयाँ स्रोतहरू खुल्नेछन् र अड्किएको रकम पनि हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा राम्रो लाभ मिल्नेछ। स्थायी लाभ हुने कामहरू सुरु हुने संकेत छ। पढाइमा प्रगति हुनेछ। नयाँ सीप तथा ज्ञान सिक्न अनुकूल समय हो। धनको सही उपयोगले विशेष लाभ मिल्नेछ। मिहिनेतको उचित मूल्य पाइनेछ। आम्दानी बढेपनि इच्छाले खर्चमा पनि वृद्धि हुन सक्छ।