आज​ २०८२ वैशाख​ ११ ग​तेको राशिफ​ल​
News Desk
Apr-24 , 2025 तारिख 06:17 बिहान

फलितज्योतिषाचार्य

मेष (ARIES)
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नतिजा सार्वजनिक भएसँगै मन प्रसन्न हुनेछ। आम्दानीका नयाँ माध्यमहरू पत्ता लाग्नेछन्। अघिसम्म गरिएका प्रयासहरूले मनग्य लाभ दिनेछन्। पाउने रकम सजिलै हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा विशेष फाइदाको समय रहेको छ। आवश्यक भौतिक सामग्रीहरू जुट्नेछन्। तपाईँको मेहनतको मूल्य उचित रूपमै प्राप्त हुनेछ। व्यवसायमा उल्लेखनीय प्रगति हुने सम्भावना देखिन्छ। कम समयमा ठूला उपलब्धि हासिल गर्न सकिनेछ।

वृष (TAURUS)
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगातारको मिहिनेतले राम्रो नतिजा ल्याउनेछ। काममा रुचि र उमंग बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउने अनुकूल समय हो। प्रतिष्ठा र आर्थिक लाभ दुबैका लागि अनुकूल समय छ। सामाजिक जिम्मेवारीहरू बढ्ने सम्भावना छ। भूमि, सवारीसाधन र पैतृक सम्पत्तिबाट लाभ हुने देखिन्छ। व्यवसायमा मुनाफा वृद्धि हुने योग छ। प्रयत्न गरेमा महत्वपूर्ण वस्तु प्राप्त गर्न सकिनेछ। साथीभाइ र सहयोगीहरूले मनोबल बढाउनेछन्। अपेक्षित उपलब्धि पनि प्राप्त हुनेछ।

मिथुन (GEMINI)
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
सफलताको सम्भावना देखिए पनि त्यसका लागि थप परिश्रम गर्नुपर्नेछ। कामको तालमेल नमिल्दा पछि परिने सम्भावना छ। अरूका काममा ध्यान केन्द्रित गर्दा आफ्ना काम पछि पर्नेछन्। समयको गतिसँगै चल्न आवश्यक हुनेछ। प्रतिक्षित नतिजा सन्तोषजनक नहुन सक्ने हुँदा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ। अवसर र चुनौतीहरूको संगममा मेहनतले बाटो बनाउनेछ। लक्ष्यसम्म पुग्न केही समय लाग्न सक्छ। परिश्रमको प्रतिफल आफैंले पाउन नसक्ने अवस्था पनि सिर्जना हुन सक्छ।

कर्कट (CANCER)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरिक असजिलोका बावजुद काममा जुट्नुपर्ने स्थिति आउन सक्छ। पुराना समस्याहरू पुनः देखापर्नाले द्विविधा बढ्नेछ। व्यक्तिगत गोपनीयता बाहिरिन सक्ने खतरा छ। काममा अवरोध आउनसक्छ भने सन्तोषजनक उपलब्धि पाउन कठिन हुनेछ। समस्याहरू प्रस्तुत गर्दा सहयोगीहरूको साथ पाइन सक्छ। कार्यभार बढ्नेछ। स्वास्थ्यका लागि नियमित व्यायाम तथा खानपानमा विशेष ध्यान पुर्याउनु पर्नेछ।

सिंह (LEO)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो अवधिमा मनग्गे फाइदा लिन सकिनेछ। आकर्षक पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुने सम्भावना छ। प्रियजनसँगको नजिकको साथले दिन रमाइलो हुनेछ। अध्ययन, सिर्जनशील लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको सम्बन्ध अझ बलियो बन्नेछ। शुभेच्छुकहरूको साथ र समर्थन पाइनेछ। भौतिक सुविधा जुट्नाले आम्दानी बढाउने कार्यमा ऊर्जा लगाउन सकिनेछ।

कन्या (VIRGO)
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीहरूको सामना गर्नु परे पनि साहसले लक्ष्यसम्म पुर्याउनेछ। इर्ष्या गर्नेहरू आफैं पछि पर्नेछन् भने तपाईँको कर्मले भविष्यलाई सुरक्षित बनाउनेछ। निरन्तरको प्रयासले कार्यमा सफलता मिल्नेछ। समस्या हटाएर अधिकारको स्थापनामा सफलता मिल्नेछ। दीर्घकालीन फाइदा हुने क्षेत्रमा लगानी र प्रयत्न गर्ने अवसर प्राप्त हुनेछ। रोग तथा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ। प्रतिस्पर्धात्मक कार्यमा विजय हासिल हुनेछ।

तुला (LIBRA)
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिहरू योजना अनुसार नहुन सक्छन्, जसले गर्दा लक्ष्यप्राप्तिमा ढिलाइ हुनेछ। उपलब्ध अवसरलाई उपयोग गर्न कठिनाइ हुनसक्छ। प्रतिक्षित परिणाम कमजोर हुनसक्ने भएकाले कार्य दोहोर्याउनुपर्ने परिस्थिति आउन सक्छ। संघर्ष र कर्मबाट मात्र प्रगति सम्भव हुनेछ। पढाइतर्फ पर्याप्त समय दिन सकिने छैन। महत्वाकांक्षी योजनालाई गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ। स्वतन्त्र कार्य गर्नसमेत बाधा आउने समय देखिन्छ।

वृश्चिक (SCORPIO)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूलाई सहयोग गर्दा आफ्नै स्वार्थमा घाटा हुनसक्छ। स्वास्थ्यमा छातीसम्बन्धी समस्या देखिन सक्छ। हतारको निर्णयले जटिलता ल्याउन सक्छ, त्यसैले सतर्कता आवश्यक छ। समयमै नपुग्दा काम बिग्रिन सक्नेछ। अज्ञानतामा दिइएको वचनले अप्ठ्यारो पर्ने देखिन्छ। आवेशपूर्ण व्यवहार र गलत बुझाइले पारिवारिक सम्बन्ध बिग्रिन सक्छ। संयमता र सूझबुझ आवश्यक हुनेछ।

धनु (SAGITTARIUS)
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उद्योग, परिश्रम र आत्मविश्वासले नाम, दाम तथा पुरस्कार दिलाउनेछ। व्यवसाय र उद्योगमा विशिष्ट लाभ मिल्नेछ। शत्रु र प्रतिस्पर्धीहरू कमजोर बन्नेछन्। अग्रज तथा सहकर्मीहरूको साथले सोचेजस्तो लाभ प्राप्त हुनेछ। गरेका कर्महरूबाट उचित प्रतिफल प्राप्त हुनेछ। अथक परिश्रमले सफलताको नयाँ शिखर चुम्न सकिनेछ। अबको समयमा निराश देखिएको परिणाम पनि आशाजनक बन्न सक्छ।

मकर (CAPRICORN)
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अत्यधिक बोल्दा समस्या आउन सक्ने भएकाले शब्दचयनमा ध्यान पुर्याउनुहोला। द्विविधाले निर्णय क्षमतामा प्रभाव पर्न सक्छ। अरूको भरमा निर्भर हुँदा काम प्रभावकारी नहुन सक्छ। लेखाजोखा तथा आर्थिक विषयमा सजग रहन आवश्यक छ। परिस्थिति अनुसार आफैंले बोलेको कुरामा अडिग रहन नसक्ने स्थिति आउन सक्छ। सामान्य समस्याहरू देखिए पनि नियमित काम अघि बढ्नेछन्। आलोचकहरूलाई व्यवहारबाट प्रभावित बनाउन सकिनेछ। पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुनसक्छ।

कुम्भ (AQUARIUS)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अघिको सफलताले आत्मविश्वास बलियो बनाउनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ र सहयोगीहरूको साथ पनि प्राप्त हुनेछ। टुटेका पारिवारिक सम्बन्धहरूमा पुनः मेलमिलाप हुने सम्भावना छ। निरन्तर परिश्रमले सम्मान प्राप्त हुने सम्भावना छ। बोली तथा विचारका समर्थकहरूको संख्या बढ्नेछ। बौद्धिक क्षमताको उपयोग गरी विद्या र सम्पत्तिमा वृद्धि हुनेछ। पुराना कमजोरी सुधार गर्ने मौका प्राप्त हुनेछ।

मीन (PISCES)
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थिति अनुसार यात्रा गर्नुपर्ने हुन सक्छ। खर्चको चापले चिन्ता बढ्न सक्छ। अरूको विषयमा अत्यधिक चासो लिँदा झमेला निम्तन सक्छ। लेनदेनमा विवाद आउन सक्ने सम्भावना छ। व्यवसायमा अपेक्षाकृत लाभ नहुन सक्छ। नयाँ योजना कार्यान्वयनमा केही समय कुर्नुपर्नेछ। ऋण र उधारो व्यापारमा सावधानी अपनाउनुपर्नेछ। आपसी सहयोग र लेनदेनमा नगद बाहिरिन सक्ने देखिन्छ।

 

धेरै पढिएको