मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अवसरको खोजीमा दौडधुप गर्नुपर्नेछ। लाभको आशामा अघि बढ्दा सम्बन्धमा खटपट आउन सक्छ। खर्च बढ्नाले आर्थिक दबाब महसुस हुनेछ। आरोप लगाउनेहरू सक्रिय हुने सम्भावना छ भने साथ दिनेहरू न्यून भेटिनेछन्। चुनौतीहरूप्रति गम्भीर नभए अवसर गुम्न सक्छ। आफ्नै कमजोरीका कारण नजिकका मित्र टाढा हुन सक्छन्। होशियारीपूर्वक कार्य गर्नुपर्ने समय आएको छ।
वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
इच्छाअनुसारको कार्यबाट राम्रै लाभ प्राप्त हुनेछ। साझेदारीबाट पनि राम्रो आम्दानी हुने समय छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने व्यापारमा पनि अपेक्षाभन्दा बढी फाइदा देखिन्छ। पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ। दीर्घकालीन लाभको सम्भावना देखिएकाले लगानी बढाउन सकिनेछ। गरेका प्रयासको उचित मूल्यांकन हुनेछ। भौतिक सुखसुविधा प्राप्त हुने समय छ।
मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अनेकौं अवसरहरू प्राप्त हुनेछन्। प्रतिष्ठित कार्यमा नाम कमाउने समय आएको छ। व्यापारिक क्षेत्रमा उल्लेखनीय लाभ मिल्नेछ। शुभेच्छुकहरूको साथ मिल्नाले हौसला बढ्नेछ। प्रभावशाली व्यक्तित्वका कारण काम सजिलै बन्नेछ। सामाजिक क्षेत्रमै प्रभुत्व जमाउन सकिनेछ। मान, पद, इनाम तथा प्रतिष्ठा प्राप्त गर्ने समय हो। सम्पत्तिबाट समेत फाइदा मिल्ने सम्भावना छ।
कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शारीरिक कमजोरीका कारण कार्य सम्पादनमा कठिनाइ हुन सक्छ। काम समयमा नसकिनुका कारण अवसर गुम्ने सम्भावना छ। जिम्मेवारी भने बढिरहनेछ। बाध्यताका कारण कठिन स्थितिमा पर्न सकिन्छ। विश्वास गरेका व्यक्तिबाटै धोका पाइन सक्छ। व्यवसायमा खर्च बढ्नेछ र अरूका काममा बढी समय खर्च हुन सक्छ। लगानी गर्नु अघि केही समय कुर्नु बुद्धिमानी हुनेछ।
सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अघिल्लो समय देखिएका समस्याहरू पुनः देखा पर्न सक्छन्। स्वास्थ्यमा कमजोरी आउनाले खर्च बढ्नेछ। प्रमुख कार्यहरूमा अवरोध देखिन्छ। स-साना घरेलु कुराहरूमा समय खेर जानेछ। मनमा खिन्नता रहन सक्छ। सवारी साधन प्रयोग गर्दा विशेष सतर्कता अपनाउनुहोस्। आर्थिक कारोबारमा विवाद सिर्जना हुन सक्छ। अध्ययनमा एकाग्रता जुट्न कठिन हुनेछ। काम अरूको भरमा नछाड्नुहोस्।
कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुखदुःखमा साथ दिने मित्र र परिवारजनको समर्थनले ऊर्जा बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध थप मजबुत बन्नेछ। रमाइला भेटघाट तथा उपहार प्राप्त हुने सम्भावना छ। आम्दानीको स्रोत राम्रो रहनाले आर्थिक सन्तुलन कायम रहनेछ। अतिथिका रूपमा सम्मान प्राप्त गर्न सकिनेछ। स्वास्थ्यमा सानो ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। यात्रा तथा मनोरञ्जनको अवसर मिल्नेछ।
तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन र साधनको व्यवस्थापनले उत्साहजनक दिन बित्नेछ। नयाँ काम प्रारम्भ गर्न अनुकूल समय छ। केही सम्झौता गर्नुपरे पनि प्रयत्नले सफलता मिल्नेछ। प्रतिष्ठा र इज्जत जोगाउन सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। बल र बुद्धिको सदुपयोगले सफलता हासिल हुनेछ। लामो दूरीको यात्रा योजनामा समावेश गर्न सकिनेछ।
वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयअनुसार अघि नबढ्दा दुःख भोग्नुपर्ला। उपकरण तथा साधन बिग्रनाले काममा अवरोध आउन सक्छ। जटिल परिस्थितिमा सम्झौता गर्नुपर्दा मनमा पीडा महसुस हुनेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ। आफ्ना काम छोडेर अरूका लागि समय दिनुपर्ने परिस्थिति आउनेछ। आश्वासन दिनेहरूले झुक्याउने सम्भावना छ। नयाँ काम सुरु गर्नु अघि गहिरो सोच विचार गर्नु जरुरी छ।
धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
योजना सफल नहुनाले वातावरण केही प्रतिकूल बन्न सक्छ। व्यवसायमा आशाअनुसारको लाभ प्राप्त नहुन सक्छ। साझेदारीमा विवाद उत्पन्न हुन सक्छ। विगतका सम्झौता कार्यान्वयनमा समस्या आउन सक्छ। अरूको स्वार्थमा उपयोग हुन सक्ने सम्भावना छ। बेसमयमा वाचा गर्नाले समस्या आउनेछ। योजनालाई गोप्य राख्नु हितकर हुनेछ। आमा वा साथीहरूको सहयोगबाट केही काम बन्नेछ।
मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अधिक परिश्रम गर्नुपरे पनि समय फलदायी हुनेछ। सहकर्मीहरूको साथले काम सजिलै अघि बढ्नेछ। रोकिएका कामहरू बन्नेछन् र नयाँ योजना पनि कार्यान्वयनमा ल्याउन सकिनेछ। उद्योग तथा व्यापारमा मुनाफा बढ्नेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछाडि पार्न सकिनेछ। कर्मको राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषि क्षेत्रमा समस्या देखिए पनि धन आर्जन हुनेछ।
कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर आए पनि समयको महत्त्व नबुझ्दा पछि पर्न सकिन्छ। अध्ययनमा एकाग्रता कमी आउन सक्छ। काम अरूको भरमा छाड्ने बानीले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरी सार्वजनिक हुन सक्नेछ। बोली र व्यवहारमा सतर्क रहनुपर्ला। शुभेच्छुकहरूको भावना बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ। शोख शौखिनतामा खर्च बढ्नाले आर्थिक असन्तुलन आउन सक्छ।
मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सजग नहुनाले महत्वाकांक्षी योजना भत्कन सक्छ। व्यवहारमा चुनौती उत्पन्न हुनेछ। आफ्नो क्षेत्रमा अरूको प्रभाव बढ्न सक्छ। समय व्यवस्थापन नहुँदा महत्वपूर्ण कामहरू प्रभावित हुन सक्छन्। यद्यपि, मेहनत गरेमा आगामी दिनका लागि सम्भावना तयार पार्न सकिनेछ। स्वास्थ्यका लागि खानपान र दिनचर्यामा विशेष ध्यान दिनु उचित हुनेछ।