आज १०८२ वैशाख १५ गतेको राशिफल
News Desk
Apr-28 , 2025 तारिख 05:34 बिहान

फलितज्योतिषाचार्य

मेष - Aries
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अघिल्लो सफलताले नयाँ उमङ्ग ल्याउनेछ। ताजा कामका प्रस्तावहरू आउनेछन र सहयोगीहरूको अभाव नहुनेछ। टाढिएका आफन्तहरूसँग भेटघाटको मौका मिल्नेछ। परिश्रमले मान–सम्मान पाइनेछ। बोली र विचारप्रति आकर्षण बढ्नेछ। बुद्धिको सदुपयोगले धन तथा विद्याको लाभ हुनेछ। सानो प्रयासबाट ठूलो उपलब्धि मिल्नेछ। पुराना कमजोरीहरू सुधार्ने अवसर पनि प्राप्त हुनेछ।

वृष - Taurus
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनायासै लाग्ने खर्चले चिन्ता बढ्न सक्छ। सुरक्षाको खातिर फाइदाजन्य वस्तु त्याग्नुपर्ने स्थिति आउन सक्छ। कर्जाको सहायताले धन तथा आवश्यक वस्तुहरू जुटाउन सकिनेछ। तत्काल फाइदा उठाउँदा अन्यसँग लाभ बाँड्नुपर्ने हुन सक्छ। तपाईंको मिहिनेतबाट अरूले लाभ उठाउन सक्ने सम्भावना देखिन्छ। केही दौडधूपपश्चात् कामको अवसर आउनेछ। लेनदेन र सहयोगमा नगद बाहिरिन सक्छ।

मिथुन - Gemini
(का, कि, कु, घ, ङ, छ, के, को, ह)

राम्रो आम्दानीका कारण भौतिक सुविधा जुट्नेछ। आम्दानी बढ्दा उत्साह थपिनेछ। परिश्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा प्रगति गर्ने उत्तम समय छ। अड्किएका कामहरू बन्नेछन र जिम्मेवारी पनि बढ्नेछ। दिगो फाइदा हुने योजना सुरु गर्न सकिनेछ। नयाँ आम्दानीका स्रोत पत्ता लाग्नेछन्। मिहिनेतअनुसार परिणाम प्राप्त हुनेछ।

कर्कट - Cancer
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिहिनेतको प्रतिफल पाउँदा उत्साह चुलिनेछ। आफ्नो क्षेत्रमा प्रभाव विस्तार गर्न सकिनेछ। धन र प्रतिष्ठा आर्जनको राम्रो अवसर हुनेछ। सामाजिक दायित्व बढ्ने संकेत छ। भूमि, सवारी साधन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा समेत प्रशस्त लाभ हुनेछ। प्रयास गर्दा महत्त्वपूर्ण वस्तु प्राप्त हुन सक्छ। सहयोगीहरूका साथ हिम्मत बढ्नेछ। प्रतिक्षित उपलब्धि प्राप्त हुनेछ।

सिंह - Leo
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामका तयारीमा ढिलाइ हुँदा पछि पर्ने सम्भावना छ। अरूका लागि समय र बुद्धि खर्चनु पर्नेछ। समयको गतिसँगै अघि बढ्न प्रयास गर्नुहोला। अवसर देखिए पनि उपलब्धिमा पखाई आवश्यक छ। काम पूरा गर्न दोहोर्याएर प्रयास गर्नुपर्ला। व्यवधानबीच कर्मयात्रा अगाडि बढ्नेछ। लक्ष्य प्राप्तिमा केही ढिलो हुन सक्छ। मेहनतको फल अरूलाई पनि सुम्पनुपर्ने हुन सक्छ।

कन्या - Virgo
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अस्वस्थ शरीर लिएर पनि काममा लाग्नुपर्ने हुन सक्छ। पुराना समस्याहरू दोहोरिएर झन्झट बढ्न सक्छ। गोप्य कुरा बाहिरिदा समस्या उत्पन्न हुन सक्छ। काम विफल हुने डरले चिन्ता बढ्न सक्छ। न्यून उपलब्धिमा सन्तोष गर्नुपर्नेछ। रोकिएको आम्दानीले योजना स्थगित हुन सक्छ। कामको चाप अत्यधिक बढ्नेछ। स्वास्थ्य जोगाउन व्यायाम र खानपानमा ध्यान दिनुहोला।

तुला - Libra
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय लागे पनि परिश्रम गरेमा काम सफल हुनेछ। अघिल्लो परिश्रमको प्रतिफल प्राप्त हुनेछ। रमाइलो यात्राको योग बन्न सक्छ। विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। निरन्तर प्रयासले उपलब्धि सुनिश्चित हुनेछ। काम पूरा नभए पनि केही लाभ प्राप्त हुनेछ। व्यवसायमा सामान्य फाइदा हुनेछ। प्रेम र मित्रताको सम्बन्ध थप प्रगाढ बन्नेछ।

वृश्चिक - Scorpio
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा चुनौती सामना गर्नु परे पनि साहसले लक्ष्यमा पुर्याउनेछ। इर्ष्या गर्नेहरू आफैँ पछि पर्नेछन्। कर्मयोगले भविष्य उज्यालो बनाउनेछ। मिहिनेतबाट कार्यसफलता प्राप्त हुनेछ। समस्याहरू हटाउँदै अधिकार स्थापित गर्न सकिनेछ। स्थायी फाइदा दिलाउने कामको जग बसाउने अवसर हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

धनु - Sagittarius
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिस्थिति अनुकूल नभएर लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ। अवसर आए पनि तयारी नपुग्दा काममा ढिलासुस्ती हुनेछ। अपेक्षित परिणाम कमजोर देखिएर काम दोहोर्याउनुपर्ने हुन सक्छ। संघर्षले कर्मपथ अगाडि बढ्नेछ। अध्ययनका लागि पर्याप्त समय जुट्न सक्नेछैन। महत्त्वपूर्ण योजना गोप्य राखेर अघि बढ्न उपयुक्त हुनेछ। स्वतन्त्र कार्यमा पनि बाधा आउन सक्छ।

मकर - Capricorn
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अरूको लाभको लागि उपयोग हुनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यमा समस्या देखिनाले सजग रहनु पर्नेछ। हतारमा गरिने निर्णयले अप्ठ्यारो निम्त्याउन सक्छ। समयमा काम नथालेकोले स्वकार्य रोकिन सक्छ। अविवेकी वचनले समस्या निम्त्याउन सक्छ। आवेग र गलत बुझाइले मित्रता बिग्रन सक्छ, सतर्क रहनुहोला।

कुम्भ - Aquarius
(गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिश्रमी भएर नाम, दाम र इनाम हात पार्न सकिनेछ। व्यवसाय र उद्योगमा विशेष लाभ हुनेछ। शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज र सहयोगीहरूबाट राम्रो समर्थन प्राप्त हुनेछ। कर्मफलका रूपमा मनग्य उपलब्धि पाइनेछ। मेहनतले सफलता चुलिनेछ। आशा मारेका कामहरू पनि सकारात्मक नतिजामा परिणत हुन सक्छन्।

मीन - Pisces
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिस्थितिका कारण आफ्नै वचन पूरा गर्न कठिनाइ हुन सक्छ। धेरै बोलेर समस्या निम्तिन सक्छ। द्विविधा बढ्नाले निर्णय क्षमता कमजोर बन्नेछ। अरूमाथि निर्भर हुँदा काम प्रभावकारी नहुन सक्छ। आर्थिक हिसाबकिताबमा सावधानी आवश्यक छ। साना समस्याहरू आए पनि नियमित काममा अवरोध नहुनेछ। आलोचकहरूलाई व्यवहारिकता देखाएर सम्हाल्न सकिनेछ। अध्ययनमा भने पर्याप्त समय दिन कठिन हुनेछ।

 

धेरै पढिएको