News Desk
फलितज्योतिषाचार्य
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बोलीमा लय नमिल्नाले सहयोगीहरूबाट केही गुनासो आउन सक्छ। तर शुभचिन्तकहरूको साथ र समर्थनले काममा जोश थपिनेछ। लगनशीलताले लक्ष्य प्राप्त गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन दोहोऱ्याएर मिहिनेत गर्नुपर्ने भए पनि अन्ततः सम्मानित स्थान प्राप्त हुनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समय फुर्सदिलो रहनाले रमाइला भेटघाटका अवसरहरू मिल्नेछन्। प्रतिष्ठा र सम्मान प्राप्त हुने योग छ। साथ दिनेहरूको संख्या बढ्नेछ। नयाँ रचनात्मक कार्यहरू सुरु गर्न सकिनेछ। इच्छाशक्ति बलियो बनेर कीर्तिमानी काममा यश कमाउने मौका प्राप्त हुनेछ। पारिवारिक जमघटबीच स्वादिष्ट भोजनको आनन्द लिने मौका मिल्नेछ।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
आज खर्चिला काम गर्दा अर्थ अभावको अनुभूति हुनेछ। परिश्रम गरे पनि प्रतिफल सन्तोषजनक नहुन सक्छ। अरूका लागि काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी भए तापनि खर्चको भारले समस्या थप्नेछ। तर प्रयत्न गर्दा केही रकम जुट्न सक्छ। लामो यात्राको अवसर प्राप्त भई भविष्यमा फाइदाजनक काम प्रारम्भ हुन सक्छ।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार, साझेदारी र सट्टापट्टाबाट लाभ मिल्नेछ। मिहिनेतले आय वृद्धि हुनेछ। अड्किएको रकम उठ्न सक्नेछ भने भविष्यका लागि लगानी बढाउने मौका मिल्नेछ। तथापि अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। काम गर्दा अपेक्षाभन्दा बढी लगानी र समय लाग्नेछ। केही रकम बाहिरिन सक्ने सम्भावना पनि देखिन्छ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राम्रो कर्मफल प्राप्त भई मन प्रसन्न रहनेछ। समाजले जिम्मेवारी प्रदान गर्न सक्छ। मिहिनेतले जीवनशैलीमै परिवर्तन ल्याउनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित व्यक्तिहरूको साथ पाइनेछ। विशिष्ट व्यक्तिको सहयोगले काम सफल बन्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ। कीर्तिमानी काममा सफलता मिल्नेछ।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर पाइने भए तापनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्छ। अरूका लागि बुद्धि खर्चनुपर्ने परिस्थिति आउन सक्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्न सक्छ। अरूका करकापमा काम गर्न बाध्य भइएला। यद्यपि अरूका लागि गरिएको कामले आफैँलाई पनि फाइदा पुग्नेछ। समस्या पर्दा सहयोगीहरू भेटिनेछन्।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरको खोजीमा दौडधुप बढ्नेछ। तत्काल फाइदा नपाए पनि भविष्यका लागि महत्वपूर्ण काम गर्ने समय हो। कामको चाप बढ्ने सम्भावना रहे पनि स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। आर्थिक पक्ष केही कमजोर बन्नेछ। चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने परिस्थिति आउन सक्छ। जोखिमपूर्ण वा विवादास्पद कामको जिम्मेवारी लिइन सक्छ। समस्या पर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
भविष्यका लागि नयाँ अवसरहरू खोजी गर्ने दिन हो। पेशागत क्षेत्रमा विशेष लाभ लिने सम्भावना छ। व्यापार बढ्ने र आम्दानी बढ्नेछ। भौतिक साधनहरूको अभिवृद्धि हुनेछ। कामले यात्राको अवसर ल्याउनेछ भने नयाँ ज्ञान प्राप्त गर्ने मौका पनि मिल्नेछ। दाम्पत्य सम्बन्धमा आनन्द बढ्नेछ। प्रियजनसँगको भेटघाट रमाइलो हुनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्रोतसाधन जुट्नाले समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। द्वेष र ईर्ष्याका भावना हराएर अधिकार स्थापित गर्न सकिनेछ। नयाँ व्यापारिक तथा आर्थिक काम प्रारम्भ हुनेछ। रोकिएका कामहरू बन्नेछन र मिहिनेतले थप सफलता मिल्नेछ। प्रतिस्पर्धामा समेत अग्रता लिन सकिनेछ।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजा कमजोर हुनसक्ने हुँदा काम दोहोर्याउनुपर्नेछ। संघर्ष र कर्मयोगले अघि बढ्न सकिनेछ। काममा समय दिन गाह्रो भए पनि योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ। परिस्थितिले स्वतन्त्रताको केही हदसम्म सीमितता ल्याउन सक्छ। सानो प्रयासले पनि ठूलो फाइदा लिन सकिनेछ। व्यापारमा लाभ र अध्ययनमा रुचि बढ्नेछ। पछिका लागि तयारी गर्ने अनुकूल समय हो।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
मान्यजनको सल्लाह मन नपर्न सक्छ। कमजोर विकल्प अँगाल्नाले अवसर गुम्न सक्छ। सानो कमजोरीले काममा बाधा पुर्याउनेछ। तत्काल लाभ देखेर निर्णय गर्दा पछिलाई घाटा हुन सक्छ। योजनाहरू गोप्य राख्नु उचित हुनेछ। पेशागत क्षेत्रमा आंशिक लाभ लिन सकिनेछ। फाइदाका लागि कतिपय काम दोहोर्याउनुपर्ने आवश्यकता पर्न सक्छ।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूको साथले आवश्यक कामहरू सम्पन्न हुनेछन। रोकिएका कामहरू बन्ने र नयाँ काम थालनी गर्ने शुभ समय हो। उद्योग र व्यापारमा विशेष फाइदा प्राप्त हुनेछ। शत्रुहरू पराजित हुनेछन् र प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। प्रशस्त आम्दानी हुनेछ। कर्म अनुसार उचित प्रतिफल प्राप्त हुनेछ। कृषि तथा व्यवसायमा राम्रै लाभ उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने सुनौलो अवसर छ।