आज २०८२ वैशाख​ १७ ग​तेको राशिफ​ल​
News Desk
Apr-30 , 2025 तारिख 05:53 बिहान

फलित ज्योतिषाचार्यद्वारा प्रस्तुत दैनिक राशिफल

मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन अध्ययनप्रति आकर्षण बढ्नेछ, जसले विशेष लाभ दिलाउने सम्भावना छ। बोलीमा मिठास आउनुका साथै अभिव्यक्तिको कलामा सुधार देखिनेछ। सहयोगी हातहरू बढ्नेछन् भने नयाँ अवसरको ढोका खुल्नेछ। आम्दानीका थप उपायहरू देखा पर्नेछन् र दीर्घकालीन कामको लागि सम्झौता गर्ने अनुकूल समय छ। बुद्धिमत्ताको प्रयोगले ज्ञान र धन संकलनमा टेवा पुग्नेछ। मिहिनेतको कदर हुनेछ र सम्मानजनक स्थान प्राप्त हुने योग छ। रमाइलो यात्राको सम्भावना पनि छ।

वृष (Taurus) – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
इच्छाहरू पूरा हुनेछन् र रमाइलो जमघटमा सहभागी हुने मौका जुट्न सक्छ। आफन्तहरूसँगको भेटले सुखद अनुभूति दिलाउनेछ भने स्वादिष्ट भोजनको मजा लिन पाइनेछ। निर्धारित लक्ष्य समयमै पुरा हुनेछ। अध्ययनमा रुचि बढ्नेछ, जसले बौद्धिक क्षमतामा विस्तार ल्याउनेछ। काममा नयाँ अवसर आउन सक्छ। अघिल्लो सफलताले आत्मबल उच्च बनाउनेछ। व्यापारिक क्षेत्रमा सकारात्मक लाभ देखिनेछ।

मिथुन (Gemini) – का, कि, कु, घ, ङ, छ, के, को, ह
केही कारणले आफन्तसँग टाढा रहनुपर्ने हुन सक्छ। एक कुरा प्राप्त गर्न अर्काे त्याग गर्नुपर्ने स्थिति आउन सक्छ। व्यापारमा लगानी बढाउनुपर्ने हुनसक्छ। खर्चिलो कार्य सुरु गर्दा ठूलो पूँजी जुटाउनुपर्ने देखिन्छ। धन हानीको सम्भावना रहेकाले कर्जा र उधारो व्यापारमा सतर्कता आवश्यक छ। नियमित काम भने लाभदायक बन्नेछ। अरूको विषयमा चासो बढ्दा समस्या निम्तिन सक्छ, सचेत रहनुहोस्।

कर्कट (Cancer) – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लक्ष्मीको कृपाले आर्थिक लाभ प्राप्त हुनेछ। व्यापारमा लाभांश बढ्नेछ, जसले उत्साह बढाउनेछ। आवश्यक भौतिक वस्तुहरू सहज रूपमा प्राप्त हुनेछन्। सञ्चित धन लगानी गर्दा फाइदा हुनेछ। दीर्घकालीन योजनाका लागि अनुकूल समय छ। अध्ययनमा प्रगति हुनेछ र नयाँ ज्ञान प्राप्त गर्न सकिने समय हो। व्यवसायमा आम्दानी बढ्नाले आर्थिक स्थायित्व प्राप्त हुनेछ।

सिंह (Leo) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कसैसँग सहकार्य गर्ने मौका पाउनुहुनेछ, विशेषगरी प्रतिष्ठित व्यक्तिहरूसँग। दीर्घकालीन लाभ हुने योजनाको सुरुवात गर्न सकिनेछ। विशेष भेटघाटले प्रेरणा र उर्जा दिनेछ। मिहिनेतबाट नाम, धन र इनाम प्राप्त हुने योग छ। उदाहरणीय काम गरेर अरूलाई समेत सहयोग पुर्‍याउन सकिनेछ। सामाजिक जिम्मेवारी बढ्न सक्छ। नेतृत्वदायी भूमिकामा रहने अवसर मिल्नेछ।

कन्या (Virgo) – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थिति केही जटिल देखिन्छ, काममा ढिलासुस्ती हुन सक्छ। अरूले तपाईंको कुरामा आपत्ति जनाउन सक्छन्। काम रोकिएपछि मनमा खिन्नता आउन सक्छ। बाध्यात्मक अवस्थाबाट अलमलिन सकिन्छ। यद्यपि यो समय भविष्यको लागि सम्भावना खोज्ने मौका हो। पछिको मेहनतबाट फाइदा हुनेछ। व्यापार यथावत् रहनेछ। सामाजिक जिम्मेवारी थपिन सक्ने संकेत छ।

तुला (Libra) – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको दिन केही असहज हुन सक्छ। शारीरिक कमजोरी बीच पनि कार्यमा संलग्न रहनुपर्ने स्थिति आउन सक्छ। तपाईंका कमजोरीको फाइदा उठाउनेहरू सक्रिय देखिन्छन्। परिणाम असल नभए पनि प्रयासले भविष्यमा लाभ हुनेछ। विवादमा नजाने राम्रो हुनेछ। सावधानी अपनाएमा समस्या टार्न सकिनेछ।

वृश्चिक (Scorpio) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको दिन फलदायी र मनोरञ्जनले भरिपूर्ण रहनेछ। रमाइलो जमघट र स्वादिलो खानाको आनन्द पाइनेछ। काममा सफलता मिल्नेछ र व्यापारमा उन्नति देखिनेछ। व्यावसायिक यात्राको सम्भावना छ। प्रियजनसँगको मेलमिलाप दिनभर ऊर्जा दिनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ हुनेछ। इच्छाले भौतिक उपलब्धि हासिल गर्न प्रेरित गर्नेछ।

धनु (Sagittarius) – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
द्वेष वा ईर्ष्याले ग्रस्त व्यक्तिहरू हार मान्नेछन्। योजनाअनुसार काम सम्पन्न हुनेछ। शत्रुहरू निष्क्रिय बन्नेछन्। स्वास्थ्य सबल रहनेछ र अधिकारको रक्षा गर्न सकिनेछ। प्रतिस्पर्धामा सफलताका साथ अघि बढिनेछ। आर्थिक कारोबारमा फाइदा हुनेछ। अघिल्लो असफलताबाट समेत सकारात्मक नतिजा पाउन सकिनेछ। रोकिएको कार्य पुनः सुरु हुनेछ।

मकर (Capricorn) – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्राथमिकतामा ध्यान नदिँदा कार्यमा ढिलाइ हुनेछ। अध्ययनप्रति चासो घट्न सक्छ। अरूको काममा ध्यान दिँदा विवाद हुनसक्छ। तथापि, पछि फाइदा दिने काम सुरु हुनेछ। लाभदायक उपाय पत्ता लाग्नेछ। गुरुजनको सल्लाह र सन्तानको साथले लाभ हुनेछ। थोरै भए पनि दीर्घकालीन लाभ हुने काम प्रारम्भ गर्ने समय हो। यात्राको अवसर प्राप्त हुन सक्छ।

कुम्भ (Aquarius) – गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन दिनेहरूले आफ्नो वचन पूरा नगर्न सक्छन्। हल्लाको आधारमा निर्णय गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनमा समय खर्चिनुपर्ने हुन्छ। कृषि, पशुपालन र घरेलु कामप्रति रुचि बढ्नेछ। लाभको पछि लाग्दा प्रतिष्ठामा असर पर्न सक्छ। जबर्जस्तीले कार्य विफल हुनसक्छ। पुराना सम्झौता नवीकरण नगर्दा नाफा गुम्न सक्छ।

मीन (Pisces) – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ काम सुरु गर्न अनुकूल समय हो। चिताएको कार्यमा सफलताको सम्भावना बलियो छ। दाजुभाइसँग सम्बन्ध अझ प्रगाढ बन्नेछ। प्रेम र मित्रतामा स्थायित्व देखिन्छ। लगानी लाभदायक हुनेछ। मिहिनेतले दीर्घकालीन सफलता दिलाउनेछ। विगतको उपलब्धिले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूबाट पनि सहयोग प्राप्त हुने सम्भावना छ।

 

धेरै पढिएको