आज​को २०८२ वैशाख​ १८ ग​तेको राशिफ​ल​
News Desk
May-01 , 2025 तारिख 05:57 बिहान

फलितज्योतिषाचार्य

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
योजनाबद्ध ढंगले काम थालनी गर्दा विशेष लाभ मिल्नेछ। तपाईंका प्रतिस्पर्धी पराजित हुनेछन् भने मिहिनेतको परिणाम स्वरूप सफलता प्राप्त हुनेछ। प्रयत्न गर्दा आशाजनक अवसरहरू हात लाग्नेछन्। साथीसङ्गी तथा आफन्तबाट आशालाग्दो समर्थन प्राप्त हुनेछ। दीर्घकालीन लाभदायक कार्यको सुरुवात हुनेछ। आवश्यक भौतिक सुविधा जुट्नाले दिगो कार्य आरम्भ गर्न सकिनेछ। व्यवसायबाट आकर्षक आर्थिक लाभ हुने सम्भावना छ। सेवा सम्बन्धी कार्यले सम्मान तथा प्रतिष्ठा दिलाउनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शैक्षिक तथा अध्यायनमा लाग्ने स्वभावले लाभदायक उपलब्धि दिलाउनेछ। तपाईंको बोली र प्रस्तुतिमा प्रभावकारिता देखिनेछ। सम्मान र प्रतिष्ठा प्राप्त हुने सम्भावना छ। काममा साथ दिने व्यक्तिहरूको संख्यामा वृद्धि हुनेछ। नयाँ योजना र प्रस्तावहरू आउनेछन्। आयका मार्गहरू खुल्नेछन् भने दीर्घकालीन कार्यका लागि सम्झौताका अवसरहरू प्राप्त हुनेछन्। बुद्धिको प्रयोगबाट शिक्षा तथा धन प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिष्ठित स्थान दिलाउनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नो इच्छाशक्ति बढ्नेछ र विशेष कार्यमा सफलता हात लाग्नेछ। फुर्सदिलो समयलाई सिर्जनात्मक कार्यमा प्रयोग गर्न सकिनेछ। परिवारसँग मिलनमा रमाइलो तथा स्वादिष्ट खानाको आनन्द लिने मौका प्राप्त हुनेछ। परम्परामा आवश्यक परिवर्तन गर्न सकिनेछ। सामाजिक रूपमा प्रतिष्ठा, सम्मान, र राम्रो छवि प्राप्त हुनेछ। मित्रता र प्रेम सम्बन्धमा मजबुती देखिनेछ। साथ दिनेहरूको साथ अझ मजबुत बन्नेछ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दीर्घकालीन योजना कार्यान्वयन गर्न ठुलो पूँजीको आवश्यकता पर्नेछ। अवसरहरूका लागि दौडधुप र प्रयास बढाउनुपर्नेछ। आकस्मिक खर्चका कारण आर्थिक चाप बढ्न सक्छ। अरूको दबाबमा निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। समय अभावले शैक्षिक कार्यमा अवरोध आउन सक्छ। नातेदार र आफन्तसँग टाढिनुपर्ने परिस्थिति देखिन्छ। खर्च भए पनि तत्काल लाभ नदेखिन सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही बाध्यात्मक अवस्था आए पनि दिन उपलब्धिपूर्ण बन्नेछ। शुभचिन्तकहरूको साथले विगतका कठिनाइहरू हट्नेछन्। श्रमको मूल्य पाइनेछ र आम्दानीका स्रोतहरू बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ मिल्नेछ। तर अपेक्षाभन्दा बढी खर्च हुने संकेत छ। अरूको लागि खर्च गर्नुपर्ने हुन सक्छ। आम्दानी भए तापनि त्यसको सञ्चय गर्न कठिनाइ हुन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कामको आधार तयार गर्ने राम्रो समय हो। कामको सिलसिलामा जिम्मेवार व्यक्तिहरूसँग सम्बन्ध बढ्नेछ। पहिले गुमेको प्रतिष्ठा फिर्ता पाइनेछ भने समाजमा तपाईंको प्रभाव बढ्नेछ। रोकिएका कामलाई फेरि प्रयास गर्दा सफल हुन सकिन्छ। लगनशीलताले राम्रो नतिजा दिनेछ। दिनहुँका कामबाट पनि उल्लेखनीय लाभ हुनेछ। व्यवसायमा थोरै लगानीबाट राम्रो आम्दानी उठ्ने सम्भावना छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अपेक्षित नतिजाले उत्साह थप्नेछ। आशा गुमेको कार्य समेत पूर्ण हुने संकेत छ। धर्मकर्म तथा परोपकारमा सक्रियता देखिनेछ। दीर्घकालीन कामको जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। धन, इनाम र सम्मान प्राप्त गर्ने सम्भावना छ। सामाजिक जिम्मेवारी बहन गर्दै लाभदायक कार्यमा संलग्न हुने मौका पाइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यसम्बन्धी समस्या देखा पर्नाले काममा बाधा आउन सक्छ। साथ दिनेहरू अभावमा एक्लै काम गर्नु पर्ने अवस्था आउन सक्छ। बाध्यात्मक कारणले अप्ठ्यारो स्थिति सृजना हुन सक्छ। सामान्य काममा पनि धेरै खर्च हुन सक्छ। गोप्य कुराहरू बाहिरनाले अप्ठेरो पर्न सक्छ। अरूको विश्वासमा परेर धोका हुने सम्भावना छ। स्वास्थ्यमा सजग रहँदा समस्या कम गर्न सकिन्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हिम्मतको अभावले काममा पछि पर्न सकिन्छ। अनावश्यक विवादले शुभचिन्तक टाढिन सक्छन्। आफैंको व्यवहारप्रति पछुतो लाग्न सक्छ। समय लागे पनि प्रयासले पुराना कमजोरी सुधार गर्न सकिनेछ। खर्च भए पनि रमणीय स्थानको यात्रा हुने सम्भावना छ। परिवारको साथले नयाँ कामप्रति आकर्षण बढ्नेछ। सावधानी अपनाउँदा फाइदाजनक अवसरहरू प्रयोग गर्न सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिस्पर्धा हुन सक्ने भए पनि बुद्धिमत्ताले प्रतिष्ठा कायम राख्न सकिनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन्, जसले नयाँ कार्यतर्फ अग्रसर गराउनेछ। कडा परिश्रमले शत्रु कमजोर हुनेछन्। पहिलेका प्रतिद्वन्द्वी समेत मित्र बन्नेछन्। दीर्घकालीन लाभ हुने कामको थालनी गरिनेछ। खर्च लागे पनि साहसपूर्वक जटिल कार्यहरू सम्पन्न गर्न सकिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
मेहनतीहरूका लागि दिन आशापूर्ण हुनेछ। लगनशीलताले प्रतिकूलतालाई अनुकूल बनाउनेछ। पछि लाभ दिने कार्य प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन्। अध्ययनमा राम्रो उपलब्धि हात लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। थोरै प्रयासले पनि दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। विज्ञको सहयोग प्राप्त हुनेछ। व्यापारमा राम्रो लाभ हुनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्य व्यक्तिको निर्देशन असहज लाग्न सक्छ। कमजोर विकल्प रोज्दा अवसर गुम्ने खतरा छ। सामान्य गल्तीले काममा बाधा पुर्याउनेछ। तत्कालको लाभमा ध्यान दिँदा दीर्घकालीन घाटा हुन सक्छ। विचार नगरी दिएको वचनले समस्या निम्त्याउनेछ। योजना सार्वजनिक नगर्नु नै हितकर हुनेछ। अरूको भरमा मात्र काम सफल नहुन सक्छ। व्यापार तथा आर्थिक पक्षमा मन्दी आउने देखिन्छ।

धेरै पढिएको