आज २०८२ वैशाख​ २० ग​तेको राशिफ​ल​
News Desk
May-03 , 2025 तारिख 05:45 बिहान

मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बिहानको समय शुभ र फलदायी रहनेछ। व्यवसायमा लाभ मिल्नेछ भने कर्मअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। दिउँसोको समय साथीभाइसँग व्यवहारमा सन्तुलन आवश्यक पर्ला। असावधानीपूर्वक कार्य गर्दा नोक्सान हुनसक्छ। योजनाबद्ध काम रोकिन सक्छ। अरूको कुरामा भर पर्ने बानीले अवसर गुम्ने सम्भावना छ। मेहनतको उचित मूल्याङ्कन भए तापनि परिणाम पाउन केही समय लाग्नेछ।

वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा प्रगति देखिनेछ। सिर्जनात्मक र लेखन कार्यबाट मान–प्रतिष्ठा मिल्नेछ। तपाईंको आजको प्रयास दीर्घकालीन लाभमा परिणत हुनेछ। आम्दानीका नयाँ स्रोत देखा पर्नेछन्। व्यवसायमा नयाँ सुरुआत गर्न अनुकूल समय हो। अधुरा काम सम्पन्न हुनेछन्। व्यापारिक वृद्धिबाट लाभ सुनिश्चित हुनेछ। लगनशीलता र समर्पणले राम्रो धन आर्जन हुने संकेत छन्। भौतिक सुख–सुविधा जुटाउने मौका पाउनुहुनेछ।

मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिहान फुर्सदिलो भए तापनि सिर्जनात्मक कार्यमा व्यस्त रहन सकिनेछ। पारिवारिक जमघटमा रमाइलो समय बित्नेछ। परम्परालाई समयअनुसार परिमार्जन गर्ने अवसर मिल्नेछ। दिउँसोदेखि जिम्मेवारीले खर्च बढाउन सक्छ। अरूको समस्यामा हात हाल्दा आफैँ समस्यामा पर्न सकिने अवस्था छ। सोचविचार नगरी निर्णय गर्नु हानिकारक हुन सक्छ।

कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिहानको समयमा खर्चमा वृद्धि हुने सम्भावना छ भने आर्थिक अभावको महसुस पनि हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको संकेत देखिन्छ। दिउँसो रमाइलो जमघट र भोजभतेरमा सहभागिता मिल्नेछ। तर अनावश्यक आगन्तुकले अलमल पार्न सक्छन्। अवसर हात लागे पनि अरूको विचार नमान्दा काम रोकिन सक्छ। खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा असर पर्नसक्छ।

सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ आम्दानीका स्रोत पत्ता लाग्नेछन्। निरन्तर प्रयासले स्थायी काम सुरु गर्न सकिनेछ। साधनस्रोतको सहयोगले श्रमको प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि ऋण, सरसापट वा आकस्मिक खर्चले आर्थिक दबाब बढ्न सक्छ। स्थान परिवर्तन वा टाढाको यात्राको सम्भावना छ। व्यवसायमा खर्च बढ्न सक्छ। लाभ लिने हतारले घाटा ल्याउन सक्छ।

कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कार्य सम्पन्न गरेर प्रतिष्ठा र लोकप्रियता कमाउने समय हो। आफ्नो क्षेत्रमा दाम र नाम कमाउने सम्भावना प्रबल छ। शुभचिन्तकहरूको सहयोगले मनग्य लाभ हुनेछ। मेहनतको मूल्य पाइनेछ र आम्दानीका नयाँ ढोका खुल्नेछन्। आवश्यक साधन–स्रोतहरू जुट्नेछन्। उत्साहपूर्ण दिन हुनेछ। व्यापारमा प्रगति देखिनेछ।

तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रशंसनीय कामले जनमानसमा प्रभाव जमाउनेछ। आध्यात्मिक भावनाले धार्मिक तथा परोपकारी कार्यमा प्रेरित बनाउनेछ। टाढिएका आफन्त वा साथीहरूसँग पुनः सम्पर्क कायम हुनेछ। भाग्यले विभिन्न अवसर प्रदान गर्नेछ। उपलब्धिका नयाँ स्रोत पहिचान गरिनेछ। अरूको काममा लागे पनि त्यसको प्रतिफल आफैंले पाउनुहुनेछ। सानो प्रयासले पनि ठूलो सफलता मिल्ने सम्भावना छ।

वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा कमजोरी देखिन सक्छ, जसले तपाईंका योजनामा अवरोध पुर्याउन सक्छ। उपलब्धि सानो भए पनि धैर्य आवश्यक छ। चुनौतीको बीचमा अवसर खोज्न सकिनेछ। दिउँसोबाट स्थिति सुधार हुँदै जानेछ। शुभचिन्तकको समर्थनले फाइदा मिल्नेछ। धर्मकर्मतर्फ मन आकृष्ट हुनेछ। मिहिनेतले सजिलै काम सम्पादन गरिनेछ।

धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिहान विशेष काम गर्न अनुकूल समय हो। सम्मान तथा आतिथ्य पाउने योग छ। प्रेमसम्बन्ध र मित्रता प्रगाढ हुनेछन्। दिउँसो केही व्यावहारिक समस्याले काममा बाधा पुर्याउन सक्छ। शरीर कमजोर हुँदा पनि काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनु आवश्यक छ। समयको माग अनुसार नचले पछि परिनेछ। दैनिक कार्यहरू भने सम्पन्न हुनेछन्।

मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काम पूरा भएर नयाँ योजनामा लाग्ने अवसर छ। अधिकार र प्रतिष्ठा कायम राख्न सकिनेछ। मेहनतले प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। दिउँसो भौतिक सुविधा जुटाउने मौका मिल्नेछ। यात्रा स्थगित हुनसक्छ। काम असफल हुँदा दोहोर्याएर प्रयास गर्नुपर्ने देखिन्छ। गोप्य कुरा बाहिरिएर अप्ठ्यारो स्थिति आउन सक्छ। अनावश्यक खर्चले आर्थिक योजनामा असर पर्न सक्छ।

कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनतले समयमा काम सम्पन्न गरिनेछ। नयाँ अवसर मिल्नुका साथै जीवनशैलीमा परिवर्तन देखापर्ला। नयाँ कामको सुरुवात हुनेछ, जसबाट आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ योजनामा सक्रिय भइनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। प्रतिस्पर्धामा सफल भइनेछ। बुद्धिको प्रयोगले लक्ष्य प्राप्ति सम्भव हुनेछ। व्यवसायमा राम्रो लाभ मिल्नेछ।

मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिहानको समय चुनौतीपूर्ण हुन सक्छ, जसकारण हतार नगर्नु उपयुक्त हुनेछ। साथीभाइसँग दूरी बढ्नेछ। आफन्त र परिवारप्रति बढी समय दिनुपर्ने हुनसक्छ। दिउँसो परिस्थितिमा सुधार आउनेछ। अध्ययनप्रति लगाव बढेर बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा लाभ मिल्नेछ। प्रतीक्षित नतिजाले उत्साह दिनेछ। मेहनतले सम्मानजनक काम गर्न सकिने अवसर मिल्नेछ।

धेरै पढिएको