News Desk
फलितज्योतिषाचार्यद्वारा प्रस्तुत राशिफल
(राशिअनुसार भविष्यफल)
मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
निश्चय गरेर अघि बढे पनि परिस्थिति प्रतिकूल हुँदा पछि पर्नु पर्ने हुन सक्छ। आफ्ना नजिकका व्यक्तिका लागि समय र धन खर्चिने सम्भावना छ। साझेदारीमा खटपट आउनाले सम्झौता तोडिन सक्ने देखिन्छ। बेसमयको प्रतिबद्धता तनावको कारण बन्नेछ। योजना सार्वजनिक गर्दा समस्याको सामना गर्नु पर्न सक्छ। आफन्त रिसाउन सक्ने र काम विग्रन सक्ने डर छ। नयाँ योजनामा निर्णय गर्न हतार नगर्नु श्रेयस्कर हुनेछ।
वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कामको सुरुवातका लागि अनुकूल समय आएको छ। निरन्तर मिहिनेतले चाहेजस्तै परिणाम प्राप्त हुनेछ। दाजुभाइबीच समझदारी बढ्नेछ, प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। लगानी गर्दा व्यवसायबाट राम्रै लाभ मिल्नेछ। दीर्घकालीन लाभ हुने योजना निर्माणको अवसर पाइनेछ। विगतका उपलब्धिले अझ उत्साह थप्नेछन्। प्रतिस्पर्धीहरू पनि साथ दिन तयार हुनेछन्।
मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
पढाइमा रुचि राख्दा लाभ मिल्नेछ। बोलीमा प्रभाव बढ्नेछ र अभिव्यक्तिमा सुधार देखा पर्नेछ। सामाजिक मान्यता प्राप्त हुनेछ। काममा सहयोगीहरूको साथ पाइनेछ। नयाँ योजना र प्रस्ताव आउन सक्छन्। आम्दानीका नयाँ माध्यमहरू खुलेर आउनेछन्। दीर्घकालीन योजना बनाउने उपयुक्त समय हो। बुद्धिको सही प्रयोगले शिक्षा र धन आर्जन हुनेछ।
कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कार्यको प्रस्ताव पाइनेछ, सहयोगीहरूको संख्या बढ्नेछ। सिर्जनात्मक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। पहिलेको सफलताले थप उत्साह र प्रेरणा दिनेछ। टाढा भएका आफन्तजनसँग भेटघाट सम्भव छ। रमाइलो जमघट र स्वादिलो भोजनको अवसर प्राप्त हुनेछ। विगतका त्रुटिहरू सच्याउने मौका छ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ।
सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
योजना अनुसार काम गर्न खोज्दा अनायासै बाधा आउन सक्छ। आकस्मिक खर्चको मात्रा बढ्न सक्छ। पुनः प्रयास गरे मात्र लाभ मिल्ने सम्भावना छ। व्यापारमा पूँजी थप गर्नुपर्ने आवश्यकता देखिन सक्छ। अपरिचितप्रति अत्यधिक विश्वास गर्दा धोका हुन सक्छ। खर्च बढे पनि प्रतिफल अपेक्षा अनुसार नआउन सक्छ। शुभेच्छुकको अवहेलना गर्दा पछुतो हुन सक्छ।
कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिश्रमले सकारात्मक फल दिन्छ। प्रशंसा योग्य काम गरी प्रशस्त आम्दानी गर्न सकिनेछ। सामान्य कार्यहरूबाट समेत विशेष लाभ मिल्ने सम्भावना छ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। आवश्यक भौतिक सुविधा प्राप्त हुनेछ। दीर्घकालीन लाभ हुने काम सुरु गर्न सकिनेछ। आयआर्जनका माध्यमहरू विस्तार हुनेछन्। कृषि तथा पशुपालनबाट लाभ हुनेछ।
तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
कर्मको सकारात्मक परिणाम देखिने भएकाले मन हलुका र प्रसन्न रहनेछ। विविध अवसरहरू हात पर्नेछन्। दीर्घकालीन योजना बनाउने उपयुक्त समय हो। उच्च पदस्थ व्यक्तिसँग सम्बन्ध प्रगाढ बन्नेछ। सामाजिक क्षेत्रमा सक्रिय हुने मौका मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अपेक्षित उपलब्धिले आत्मबल बढाउनेछ। सम्मान तथा पुरस्कार प्राप्त हुने समय हो।
वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित कार्य गर्ने अवसर प्राप्त हुनेछ। लक्ष्य प्राप्तिका लागि प्रयास सफल हुनेछन्। नाम, प्रतिष्ठा, पुरस्कार कमाउने समय हो। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समाजहितका कार्य गर्न सकिनेछ। रोजगारी तथा व्यापारमा विशेष लाभ हुने संकेत छन्। छोटो समयमा उल्लेखनीय कार्य सम्पन्न गर्न सकिनेछ। पूराना मित्रताले प्रेम सम्बन्धमा परिणत हुन सक्छ।
धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिणामले पूर्ण सन्तुष्टि नदिए पनि चुनौतीहरू भित्र अवसर भेटिनेछन्। परिस्थिति कहिलेकाहीं अप्ठ्यारो बन्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। केही कार्यहरू कठिनाइबीच पनि सम्पन्न हुनेछन्। प्रयत्न गरे जटिल कार्यहरूमा सफलता मिल्नेछ। लुकेका रहस्य खुल्नेछन्। कडा मेहनतले अप्रत्याशित धनलाभ सम्भव हुनेछ।
मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन उत्साहवर्द्धक हुनेछ। साथीभाइसँग मेलमिलाप हुने समय छ। प्रेम र मित्रता प्रगाढ बन्नेछ। नयाँ योजनाको सुरुवात सम्भव छ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। भौतिक सुविधा प्राप्त भइ कार्य सहज बन्नेछ। व्यापार विस्तारको अवसर मिल्नेछ। व्यावसायिक यात्रा सफल हुने संकेत छन्। अतिथिको रूपमा सम्मान प्राप्त हुनेछ।
कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धात्मक कार्यमा सहभागी हुनुपर्नेछ, तर बुद्धिको सहायताले सफलता मिल्नेछ। रोकिएका कामहरू पुरा हुनेछन्। आत्मबलको उपयोगले प्रतिस्पर्धीहरू पछि पार्न सकिनेछ। विरोधीहरू पनि मित्र बन्न चाहनेछन्। स्रोतसाधन उपलब्ध हुनेछन्। दीर्घकालीन लाभ दिने काम सुरु गर्न सकिनेछ। साहस गरे जटिल कार्य पनि सम्पन्न हुनेछ।
मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मेहनतीहरूका लागि उत्साहप्रद समय हो। लगनशीलताले वातावरण आफ्नो पक्षमा ल्याउनेछ। आगामी फाइदा दिने कामहरू सुरु हुनेछन्। लाभका नयाँ स्रोत पहिचान गर्न सकिनेछ। अध्ययनमा उपलब्धि हात लाग्नेछ। ज्ञानमूलक प्रतिस्पर्धामा सफल हुने सम्भावना प्रबल छ। थोरै प्रयासले पनि दीर्घकालीन फाइदा पाइनेछ। विज्ञको सल्लाह लाभदायक हुनेछ।