किमोलुङ फाउडेशन नेपालको अगुवाईमा राउटेलाई खाध्य समाग्री र मादल वितरण
News Desk
Oct-01 , 2020 तारिख 07:07 बेलुका

दैलेख, १५ आश्विन- दैलेखको गुराँस गाउँपालिकामा आज राउटेको १९३ जनालाई खाध्य समाग्री र मनोरन्जन को लागी मादल समेत बितरण गरिएको छ ।उक्त सामग्रीहरु किमोलुङ फाउडेशन नेपालको अगुवाईमा वितरण गरिएको हो ।  संस्थाका संस्थापक तथा अध्यक्ष  वाङ्चुक राप्तेन, कोषाध्यक्ष सन्दुप लामा ,चुम हिमालयन इन्टरनेशनल हान्डिक्राफ्टका अध्यक्ष छेवाङ नितुप लामा र समाजसेवी तथा व्यवसायी भुषण महर्जन र घेसेङ नवाङ साङ्गे शेर्पा समेत ले गुराँस गाउँपालिका र सुर्खेतका  पत्रकार नगेन्द्र उपाध्यायसँग समन्वयमा राहत  सामाग्री वितरण गरेका थिए ।