News Desk
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारीरिक कमजोरीको अनुभव हुनेछ। सेवा र अध्ययनमा केही अवरोध आउन सक्छ। तर, लगातारको प्रयासले काम पूरा गर्न सकिनेछ। कृषि र पशुपालनबाट लाभ मिल्ने सम्भावना छ। सन्तान र अनुयायीको साथले आत्मबल बढ्नेछ।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लाभको खोजीमा प्रतिष्ठामा असर पर्न सक्छ, तर कर्मको फल अवश्य पाइनेछ। खर्च कम गरेर बचतमा ध्यान दिनु उपयुक्त हुनेछ। विश्वास गरिएकाहरूबाट केही शंका उत्पन्न भए पनि ठूला व्यक्तिहरूको साथ मिल्नेछ। व्यापारमा लाभ मिल्ने संकेत छ।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक कार्यमा ध्यान जान्छ। पहिलेको उपलब्धिले आत्मविश्वास बढ्नेछ। व्यापार सामान्य लाभदायक हुनेछ। खर्चको नियन्त्रणमा ध्यान दिनु आवश्यक छ। सानो लापरबाहीले बाधा आइलाग्न सक्छ, होशियार रहनुहोस्।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पढाइ लेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त गर्ने मौका मिल्नेछ। सकारात्मक खबरले हर्ष ल्याउनेछ। आम्दानी बढ्नेछ र दीर्घकालीन काममा लगानीको अवसर मिल्नेछ। बोलीको प्रभावले पनि फाइदा पुग्नेछ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन सकारात्मक रहनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। आफन्तसँगको सम्बन्ध पुनः बलियो बन्नेछ। व्यक्तिगत क्षमताको कदर हुनेछ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने मौका छ।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा थप लगानी गर्नुपर्ने स्थिति आउन सक्छ। दूरदराजका व्यक्तिहरूको साथ मिल्नेछ। तत्काल फाइदा नदेखिए पनि दीर्घकालीन लाभ मिल्नेछ। ऋणको सहाराले कार्य अघि बढ्न सक्छ। यात्राको सम्भावना पनि देखिन्छ।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
पुराना आम्दानीका स्रोतले आत्मबल बढाउनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। भविष्यको लागि बलियो आधार तयार पार्न सकिनेछ। प्रयास सफल हुनेछ। व्यापार वा पेसामा प्रगति हुनेछ।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज चुनौतीसँग जुध्नुपर्नेछ तर यसमा पनि नयाँ सम्भावना लुकेका छन्। काम दोहोर्याउनुपर्ने हुन सक्छ। पुराना कमजोरीले केही असर पार्न सक्छ। सामाजिक कार्यमा संलग्न हुनुपर्ने परिस्थिति आउन सक्छ।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। आध्यात्मिक झुकाव बढ्नेछ। कार्यक्षेत्रमा चुनौतिहरू आए पनि बौद्धिक क्षमताले समाधान निकाल्न सकिनेछ। सेवामूलक कार्यमा सहभागी हुने मौका मिल्नेछ।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य र गोपनीयतामा ध्यान दिनु पर्नेछ। व्यस्तता बढ्नेछ र थकान महसुस हुनेछ। पुराना समस्याहरू दोहोरिन सक्छन्। योजना कार्यान्वयनमा केही ढिलाइ हुनसक्छ। सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
मनोरञ्जन र सम्बन्धमा मजबुती आउनेछ। प्रेम र मित्रतामा प्रगाढता हुनेछ। नयाँ कार्यको थालनी गरिनेछ। आम्दानी बढाउने सम्भावना छ। यात्रा गर्ने योजना अगाडि बढ्न सक्छ।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको प्रभावमा निर्णय लिनुपर्ने हुन सक्छ। व्यापारमा उधारोको अवस्था आउन सक्छ। श्रमको पूर्ण मूल्य नपाइने स्थिति हुन सक्छ। स्वास्थ्य र पढाइमा अवरोध देखिन्छ। धैर्य र मिहिनेतले मात्र सफलता हात लाग्नेछ।