आज २०८२ वैशाख​ २४ग​तेको राशिफ​ल​
News Desk
May-07 तारिख 05:49 बिहान

मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर आए पनि त्यसको सदुपयोग गर्न कठिनाइ भोग्नुपर्नेछ। प्रगतिको बाटोमा डाह गर्नेहरूबाट असहजता आउन सक्छ। व्यवहारिक अवरोधहरूले योजना प्रभावित पार्न सक्छन्। कामको चाप वृद्धि हुनेछ र स्वास्थ्यले पूर्ण साथ नदिन सक्छ। अथक प्रयासको अपेक्षित फल नपाइएला। यद्यपि, अध्ययनमा मिहिनेत गर्दा सकारात्मक परिणाम देखिनेछ। गुरुजन तथा विज्ञहरूको सहयोग लिँदा लाभ हुनेछ।


वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अहिले हतारको निर्णयले उल्टो असर गर्न सक्छ, त्यसैले सचेत रहनु उपयुक्त हुनेछ। अरूका लागि काम गर्दै गर्दा आफैं प्रतिकूल अवस्थामा पर्न सकिन्छ। व्यक्तिगत योजना गुप्त राख्नु उपयुक्त हुनेछ। दीर्घकालीन योजनामा अगाडि बढे लाभ प्राप्त हुनेछ। मिहिनेतका साथ अघि बढ्दा आशायोग्य काम बन्नेछन्। शुभेच्छुकहरूको साथ प्राप्त हुनेछ र अप्ठेरो परिस्थितिमा सुधार आउनेछ।


मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
हिम्मत र आत्मबलका साथ काम गर्दा राम्रो परिणाम हात लाग्नेछ। सहयोगीहरूले कार्यमा उत्साह थप्नेछन्। रोकिएका कामहरू अघि बढ्नेछन् र नयाँ योजनाहरू पनि प्रारम्भ गर्न सकिनेछ। उद्योग तथा व्यापारबाट फाइदा लिने समय हो। प्रतिस्पर्धामा अगाडि बढ्न सकिनेछ। कृषिमा लागेका लागि परिश्रमअनुसार आम्दानी हुनेछ। मेहनतले जीवनशैलीमा सकारात्मक रूपान्तरण ल्याउन सकिनेछ।


कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतका फलस्वरूप सामाजिक मान्यता र सम्मान प्राप्त हुनेछ। अध्ययनमा राम्रो प्रगति हुने सम्भावना छ र बौद्धिक क्षमता निखारिनेछ। बुद्धिको प्रयोगबाट ज्ञान र सम्पत्ति आर्जन गर्न सकिनेछ। सकारात्मक कार्यहरूबाट धेरैलाई फाइदा पुर्‍याउन सकिनेछ। परिश्रमद्वारा आयआर्जनको बाटो खुल्नेछ भने पाउनुपर्ने रकम हात पर्नेछ। नयाँ ज्ञान सिक्न मौका मिल्नेछ।


सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
इच्छा पूरा हुनेछ र मनपर्ने खानाको स्वाद लिन पाइनेछ। लक्ष्यअनुरूप समयमै कार्यसम्पादन हुनेछ। अध्ययनमा रुचि बढ्नेछ र बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कार्यको अवसर प्राप्त हुनेछ। अघिल्लो सफलताले आत्मबल बढाउनेछ। व्यापारमा लाभ हुने समय हो। प्रतिष्ठित कामबाट प्रतिष्ठा, पुरस्कार र आर्थिक फाइदा प्राप्त हुने सम्भावना छ। सक्रिय रहनु शुभ हुनेछ।


कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
असावधानीपूर्वक खर्च गर्दा समस्या निम्तिन सक्छ। व्यवसायमा अतिरिक्त लगानीको आवश्यकता पर्न सक्छ। आर्थिक संकट समाधान गर्न ऋण लिनुपर्ने परिस्थिति आउन सक्छ। किनमेल र लेनदेनमा खर्च बढ्न सक्छ। खर्च भए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। दीर्घकालीन योजनामा सफलता मिल्ने समय हो। टाढाका साथीहरूसँग सम्पर्क विस्तार हुनेछ। अनजान व्यक्तिमा विश्वास गर्दा धोका पर्न सक्छ।


तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यावसायिक क्षेत्रमा मनग्य फाइदा लिने मौका छ। व्यापारमा वृद्धि देखिनेछ, रोकिएका कार्य पूरा हुनेछन् र जिम्मेवारी पनि बढ्नेछन्। विशेष भेटघाटले नयाँ कामको अवसर प्रदान गर्न सक्छ। परिश्रमबाट आर्थिक लाभ, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ। सामाजिक जिम्मेवारी पुरा गर्ने समय हो। श्रमको यथोचित मूल्यांकन हुनेछ र लामो समयदेखि प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।


वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
विशेष कार्यमा पकड जमाउने अनुकूल समय हो। परिश्रमले पद र जिम्मेवारीमा वृद्धि हुनेछ। सम्मानजनक स्थान प्राप्त गर्ने बेला हो। अवसरहरूले मन उत्साहित बनाउनेछन्। कामको तारिफ प्रशस्तै हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। पुराना मित्रताहरू दीर्घकालीन लाभदायक बन्न सक्छन्। शुभेच्छुकहरूको साथ प्राप्त हुनेछ। चुनौतीहरू हटेर आयको मार्ग सशक्त बन्नेछ।


धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति प्रतिकूल रहेकाले आँटेका कार्य रोकिन सक्छन्। सहयोगको नाममा धोका दिनेहरूबाट सावधानी अपनाउनु उपयुक्त हुनेछ। अस्वस्थताबीच पनि जिम्मेवारी थपिन सक्छ। तर, लाभका स्रोतहरू पत्ता लगाउन सकिनेछ। नयाँ योजना प्रारम्भ गर्न केही समय पर्खिनु उपयुक्त हुनेछ। चालु कामलाई निरन्तरता दिन सकिनेछ। गुप्त रूपमा काम बिगार्नेहरू सक्रिय रहने हुँदा सचेत रहनुपर्छ।


मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा असर पर्न सक्छ। कार्य असफल हुने डर बढ्न सक्छ र अपेक्षित उपलब्धि नपाउँदा निराशा हुन सक्छ। गोप्य विषय बाहिरिएमा समस्याहरू बढ्न सक्छन्। आम्दानी नहुनाले योजनाहरू रोकिन सक्छन्। पुराना समस्याहरू दोहोरिनाले मानसिक तनाव बढ्नेछ। अत्यधिक आशा गर्दा आफूसँग भएको पनि गुम्न सक्छ। कामको चाप पनि बढ्न सक्छ।


कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
केही खर्च भए पनि रमाइलो र खानपानको समय हो। विलासितामा खर्च बढ्न सक्छ। अरूको भर पर्नाले पछाडि पर्न सकिन्छ। बलजफ्ती गर्न खोज्दा उल्टो असर पर्न सक्छ। केही समय धैर्य गर्नुपर्ने भए पनि बुद्धिको प्रयोगले समस्याको समाधान खोज्न सकिनेछ। प्रयास गर्दा पहिले गुमेको स्थान पुनः प्राप्त गर्न सकिनेछ। यद्यपि उपलब्धिको लागि अझै समय लाग्न सक्छ।


मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अगाडि नबढेका कामहरू बन्नाले उत्साह जाग्नेछ। परिश्रमले अधिकार प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। विगतका कमजोरी सुधार गर्दै जीवनमा सुधार ल्याउन सकिनेछ। मिहिनेतले सम्मान, धन र पुरस्कार प्राप्त हुनेछ। विरोधीहरू किनारा लाग्नेछन्। प्रतिष्ठा कायम राख्न सकिनेछ। विदेश जाने योजना बनाएकाहरूको यात्रा प्रक्रिया अघि बढ्न सक्छ।