आज २०८२ वैशाख २६ गतेको राशिफल
News Desk
May-09 , 2025 तारिख 07:59 बिहान

फलितज्योतिषाचार्य (राशिफल)

मेष (Aries):
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरहरू आउन सक्छन्, तर लक्ष्यमा पुग्न ढिला हुनसक्छ। प्रतिस्पर्धीहरूका कारण काम अवरुद्ध हुने सम्भावना छ। समय दिन नसक्दा अरूले फाइदा उठाउन सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिन्छ। लामो समय लाग्ने काम अलिक पर्खनुपर्नेछ। बलको सट्टा बुद्धिको प्रयोग गर्नु उपयुक्त हुनेछ। मिहिनेतले नयाँ अवसर ल्याउनेछ, यद्यपि समस्याबीच यात्रा टाढा पर्नेछ।

वृष (Taurus):
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
दिन उपलब्धिपूर्ण रहन्छ। सहयोगी र शुभचिन्तकहरूको साथ पाउनेछ। निरन्तर लगनशीलताले सफलता दिलाउनेछ। व्यापारमा लाभ मिल्नेछ। सामान्य प्रयासले लक्ष्यसम्म पुर्याउनेछ, साथै दीर्घकालीन लाभ हुने कार्यको सुरुवात हुनेछ। फाइदाको मूल स्रोत पहिचान गर्न सकिनेछ। गुरु तथा सन्तानको साथ लाभदायक बन्नेछ। रोकिएका कार्यहरू पुनः चल्न थाल्नेछन।

मिथुन (Gemini):
का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको प्रक्रिया ठीक नभएकाले दोहोर्याउनुपर्ने हुन सक्छ। अनावश्यक वचनले समस्या ल्याउनेछ। तर, आँटेका काम पूरा हुनेछन्। व्यक्तिगत प्रयासले सम्भव नभएको कार्य सामूहिक सहयोगमा पूरा हुनेछ। व्यापार र साझेदारी लाभदायक रहनेछन्। टाढिएका साथीहरूसँग पुनः सम्पर्क हुनेछ। प्रमुख योजनाहरू तत्काल सार्वजनिक नगर्नु श्रेयष्कर हुनेछ। घरेलु विवाद समाधान हुनेछन्।

कर्कट (Cancer):
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनुकूल देखिएको अवस्था अरूमा भर पर्दा काममा अवरोध आउन सक्छ। आफ्नै मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्न सक्छन्। प्रतिस्पर्धीलाई साथ दिने सहयोगीहरूले अपेक्षित उपलब्धि नदिन सक्छन्। बुद्धिको प्रयोग अरूको काममा लाग्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कार्य फाइदाजनक हुनेछ। रोग, शत्रु र प्रतिस्पर्धीलाई हल्का नलिनुहोस्।

सिंह (Leo):
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनशीलताको प्रवृत्तिले फाइदा पुग्नेछ। अभिव्यक्तिमा निखार आउनेछ र बोली प्रभावशाली हुनेछ। मान–सम्मान प्राप्त हुनेछ। कार्यमा साथ दिनेहरूको संख्या बढ्नेछ। नयाँ प्रस्तावहरू प्राप्त हुनेछन्। आयस्रोतमा वृद्धि हुने र दीर्घकालीन सम्झौताको समय हो। बुद्धिको प्रयोगबाट ज्ञान र धन प्राप्त हुनेछन्। मिहिनेतले प्रतिष्ठा दिलाउनेछ।

कन्या (Virgo):
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
इच्छाशक्ति वृद्धिसँगै कीर्तिमानी काममा ख्याति कमाउने अवसर मिल्नेछ। समय फुर्सदिलो भए पनि रचनात्मक काममा खर्च गर्न सकिनेछ। पारिवारिक जमघटमा रमाइलो हुनेछ। परम्परागत कुराहरूमा सुधार ल्याउन सकिनेछ। प्रतिष्ठा र मान–सम्मान पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रता बलियो बन्नेछ।

तुला (Libra):
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दीर्घकालीन योजनाका लागि ऋण लिने समय उपयुक्त छ। महत्त्वपूर्ण योजनाको जग बसाउने मौका छ। श्रमसाथ लक्ष्य प्राप्त हुनेछ। धनसञ्चयको समय हो। प्रयत्न गर्दा यात्राको अवसर मिल्नेछ। शत्रु परास्त हुनेछन् र रोगबाट राहत मिल्नेछ। प्रतिस्पर्धीहरू समेत सहयोगी बन्न सक्छन्।

वृश्चिक (Scorpio):
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकताहरू पूरा हुनेछन्। मिहिनेतको उचित फल पाइनेछ। आम्दानी बढ्दा उत्साह थपिनेछ। व्यापारमा उन्नति सम्भव छ। छोटो समयमै राम्रो प्रगति देखिनेछ। पेसा–व्यवसायमा विशेष लाभ मिल्नेछ। परोपकारी काममा रुचि बढ्नेछ। सहयोगीहरूको साथ पाउने समय हो। मिहिनेतबाट लक्ष्यसम्म पुग्न सकिनेछ।

धनु (Sagittarius):
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रख्यात व्यक्तिसँग सहकार्यको मौका मिल्नेछ। तर, अतीतका कमजोरीहरू उजागर भई समस्या आउन सक्छ। अवसर त आउँछन् तर आफ्नैले काम बिगार्न सक्छन्। अरूको लाभका लागि प्रयोग गरिन सकिन्छ। स्वार्थी सम्बन्धबाट होशियार रहनुहोस्। सामाजिक जिम्मेवारी बढ्नेछ। संघर्षबाट सामान्य लाभ मिल्नेछ।

मकर (Capricorn):
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कडा मिहिनेत गरे पनि भाग्यले साथ दिनेछ। चुनौतीहरू हट्नेछन् र सफलता प्राप्त हुनेछ। टाढिएका साथीहरूसँग पुनः मेलमिलाप हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक सहयोग प्राप्त हुनेछ। अभाव हट्नेछ र धन, प्रतिष्ठा तथा पुरस्कार प्राप्त हुने संकेत छन्। धार्मिक तथा सेवा कार्यमा ख्याति मिल्नेछ।

कुम्भ (Aquarius):
गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यस्तता बढ्नाले थकान र कमजोरी महसुस हुनेछ। सूचना चुहिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यमा सजगता आवश्यक छ। अरूका लागि योजना बनाउनुपर्नेछ। उपलब्धिविहीन काममा समय जान सक्छ। केवल आश्वासन दिनेहरूले धोका दिन सक्छन्। पुराना सहयोगीहरू साथ नदिने सम्भावना छ। कामप्रति गम्भीर नहुनु अवसर गुमाउने कारण बन्न सक्छ।

मीन (Pisces):
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरूको मामिलामा चासो राख्दा वादविवादमा पर्न सकिन्छ। आर्थिक अभावले काम रोक्न सक्छ। साथीभाइको भावना बुझ्न नसक्दा टाढिन सक्छन्। मानसम्मान घट्न सक्छ। तर धैर्य र विवेकपूर्वक गरिएको व्यवहारले लाभ हुनेछ। सहयोगीहरूको साथ पाइनेछ। मिहिनेतले प्रतिष्ठित स्थान मिल्नेछ। बोली र व्यवहारमा विशेष ध्यान पुर्याउनुहोस्।

 

धेरै पढिएको