आज २०८२ वैशाख​ २७ ग​तेको राशिफ​ल​
News Desk
May-10 तारिख 05:16 बिहान

फलितज्योतिषाचार्य

मेष (Aries)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
यद्यपि प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति आउन सक्छ, तर आवश्यक स्रोत र साधन जुट्ने भएकाले दीर्घकालीन कार्यहरू सम्पन्न हुनेछन्। आफ्नो कडा परिश्रमबाट अरूले लाभ उठाउने प्रयास गर्न सक्छन्, त्यसैले सतर्क रहनु आवश्यक छ। बुद्धिको सही प्रयोगले कार्य सफलतामा परिणत हुन सक्नेछ। मध्यान्हपछि व्यापारमा वृद्धि हुने सम्भावना छ, साथै व्यवसायिक लाभ पनि प्राप्त हुनेछ। आयको नयाँ माध्यमहरू पत्ता लाग्नेछन्। मित्रता तथा प्रेम सम्बन्ध अझ प्रगाढ हुनेछ भने उपहारहरू प्राप्त भएर उत्साह थपिनेछ।

वृष (Taurus)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तपाईंका कार्यहरू प्रशंसायोग्य बन्नेछन् र तिनबाट उत्कृष्ट उपलब्धिहरू प्राप्त हुनेछन्। मिहिनेतले अध्ययनमा पनि राम्रो सुधार आउनेछ। गुरुजनको सल्लाह र सन्तानको सहयोग लाभदायक सावित हुनेछ। विशेष कार्यको लागि बलियो आधार निर्माण गर्ने मौका मिल्नेछ। दिउँसोबाट प्रतिस्पर्धात्मक गतिविधिमा लाग्नुपरे पनि पर्याप्त लाभ लिने अवसर हुनेछ। लाभदायक कार्यहरू आरम्भ हुनेछन्। समस्या देखाउँदा सहयोगीहरूले साथ दिनेछन्, र बुद्धिमत्ताको प्रयोगले लक्ष्य प्राप्ति सम्भव हुनेछ।

मिथुन (Gemini)
का, कि, कु, घ, ङ, छ, के, को, ह
अत्यधिक हतारमा निर्णय लिने प्रवृत्तिले समस्यामा पार्न सक्छ, त्यसैले सतर्क रहनु बुद्धिमानी हुनेछ। प्रक्रिया अनुसार काम नगर्दा पुनः काम गर्नुपर्ने स्थिति आउन सक्छ। जमिन वा पशुधनबाट केही लाभ हुने संकेत देखिन्छ। टाढिएका आफन्तहरूसँग पुनः सम्पर्क स्थापित हुनेछ। मध्यान्हदेखि बुद्धिको प्रयोगले लाभदायक स्रोतहरू पहिचान गर्न सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। प्रतीक्षा गरिएको नतिजा अनुकूल रहनेछ, र मेहनत गरे लक्ष्य हासिल हुनेछ।

कर्कट (Cancer)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अविवेकी व्यक्तिमा विश्वास गर्दा धोका हुन सक्छ, त्यसैले चेतनशील बन्नु उपयुक्त हुनेछ। आफ्नै परिश्रमका बाबजुद अरूले त्यसको प्रतिफल लिने सम्भावना रहन्छ। नतिजा कमसल देखिनसक्छ, जसले काम पुनः गर्नुपर्ने अवस्था ल्याउन सक्छ। मध्यान्हपछि जमिन तथा पशुधनबाट सामान्य लाभ हुने देखिन्छ। नयाँ कार्य प्रस्तावहरू आउनेछन्, साथै साथ दिने सहयोगीहरू भेटिनेछन्। पहिल्यै दिएको वचनले असहज बनाउने सम्भावना छ। साथीभाइसँग सन्तुलनमा रहनु उपयुक्त हुनेछ।

सिंह (Leo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिनमा मान-सम्मान प्राप्त गर्ने सम्भावना प्रबल छ। तपाईँको बोली प्रभावशाली हुनेछ र योजनाबद्ध कार्यहरू सफल बन्नेछन्। विचारशैलीले धेरै मानिसहरू आकर्षित हुनेछन्। प्रशंसा गर्ने व्यक्तिहरूको संख्या बढ्नेछ। सहयोगीहरूले कार्यमा साथ दिनेछन् र लाभ हुने योग छ। दिउँसोदेखि नयाँ कार्य प्रारम्भ हुन सक्छ। पेसा र व्यवसायमा लाभदायक स्थिति सिर्जना हुनेछ। अध्ययन तथा व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा आत्मविश्वास र निखारता आउनेछ, साथै नाम, दाम र इनाम हात पर्नेछ।

कन्या (Virgo)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रियजनसँगको भेटले दिनलाई सुखद् बनाउनेछ। नयाँ भौतिक साधनहरूले जीवनशैलीमा परिवर्तन ल्याउने सम्भावना छ। टाढिएका आफन्त पुनः सम्पर्कमा आउनेछन्। मेहनतले सफलता दिलाउनेछ। अध्ययनमा सुधार हुनेछ र ज्ञान बढाउने अवसरहरू प्राप्त हुनेछन्। राम्रो समाचारले उत्साहित बनाउनेछ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन् र दीर्घकालीन कार्यमा सम्झौता गर्न अनुकूल समय हुनेछ। नयाँ कार्यको प्रारम्भ हुने सम्भावना छ।

तुला (Libra)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्चिलो कार्यहरू आर्थिक अभाव निम्त्याउन सक्छन्, तर भविष्यको लागि लगानी गर्ने समय पनि हो। समस्याहरूले तपाईंलाई सक्रिय बनाउने प्रेरणा दिनेछन्। शुभचिन्तकहरूको साथ मिल्नाले अघिल्लो समय गुमाएको फल पुनः प्राप्त हुनसक्छ। आजको मिहिनेतले भोलिका लागि लाभदायक परिणाम ल्याउनेछ। दिउँसो पारिवारिक भेटघाटले खुसी ल्याउनेछ। इच्छाएको कार्य पूरा हुँदा उत्साह जाग्नेछ। नयाँ काम प्रारम्भ हुने संकेत छ। पेसा तथा व्यवसायमा लाभ हुनेछ।

वृश्चिक (Scorpio)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिश्रम गर्दा आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन्। आवश्यक भौतिक साधनहरू सहजै प्राप्त हुनेछन्। आम्दानीमा वृद्धिले आत्मविश्वास बढ्नेछ। श्रमको उचित मूल्य पाउनु हुनेछ। व्यापारमा राम्रो फड्को मार्न सकिनेछ। तर दिउँसोबाट खर्चमा वृद्धि हुने देखिन्छ, जसले गर्दा आर्थिक अभाव महसुस हुन सक्छ। आवश्यकताहरू पूरा गर्न ऋण या सरसापटको आवश्यकता पर्न सक्छ। इच्छाहरूको कारण खर्च बढ्न सक्छ। प्रयास गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

धनु (Sagittarius)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विवादास्पद कार्यमा संलग्न हुनुपर्ने स्थिति आउन सक्छ, तर प्रयास गरेमा लक्ष्य प्राप्ति सम्भव हुनेछ। नयाँ अवसरहरूले पछ्याउनेछन्। दीर्घकालीन लाभ हुने कार्यमा आधार निर्माण गर्ने मौका छ। मिहिनेतले नाम, प्रतिष्ठा र पुरस्कार दिलाउन सक्छ। दिउँसोबाट आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पहिल्यै गरिएको कामबाट पनि उल्लेखनीय लाभ मिल्नेछ। उठाउनुपर्ने रकमहरू प्राप्त हुने संकेत छ। सञ्चित रकमको सही प्रयोगले थप लाभ मिल्नेछ।

मकर (Capricorn)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
टाढिएका मित्रहरू फेरि नजिकिँदा खुशी प्राप्त हुनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ। आवश्यक परेको बेला सहयोगीहरूको साथ मिल्नेछ। अभाव हट्नेछ र साथमा प्रतिष्ठा, पुरस्कार तथा लाभ पनि प्राप्त हुनेछ। धार्मिक भावना बलियो हुनेछ र सेवामूलक कार्यहरूमा संलग्न भइनेछ। दिउँसोपछि व्यवसायमा राम्रो लाभ हुने सम्भावना छ। कार्यमा आएका बाधाहरू हट्नेछन्। चुनौतीहरू आफैं टर्नेछन् र नयाँ अवसर तथा सफलताले पछ्याउनेछन्।

कुम्भ (Aquarius)
गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको दिनमा अन्य व्यक्तिहरूको लागि समय खर्चनुपर्ने अवस्था आउन सक्छ। व्यवहारमा केही असन्तुलन देखिन सक्छ। सानातिना समस्याहरूले झन्झट निम्त्याउनेछन्, साथै स्वास्थ्य पनि अलिकति कमजोर हुन सक्छ। शुभचिन्तकहरूको भावनालाई बुझ्ने प्रयास गर्नु उपयुक्त हुनेछ। दिउँसोबाट कार्यक्षेत्रमा आफूलाई प्रमाणित गर्न सकिनेछ। अवसरवादीहरू पछि हट्नेछन् र सहयाेग गर्नेहरू पत्ता लाग्नेछन्। सामाजिक हितका लागि सकारात्मक कार्यहरू गर्न सकिनेछ।

मीन (Pisces)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रिय व्यक्तिको साथले दिन उल्लासपूर्ण बन्नेछ। विशेष कार्यका लागि बिहानको समय विशेष फलदायी रहनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। साथीहरूको सहकार्यले परिस्थितिहरू अनुकूल बन्नेछन्। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिउँसोपछि सामाजिक परम्पराका कारण अनावश्यक खर्च हुनसक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु उपयुक्त हुनेछ। धेरै परिश्रम गरे तापनि लाभ अपेक्षाकृत कम हुन सक्छ।