News Desk
फलित ज्योतिषाचार्य
मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आजको दिन घुमफिर र मनोरञ्जनको लागि उपयुक्त रहनेछ। प्रिय व्यक्तिसँगको सान्निध्यले दिन रमाइलो बनाउनेछ। भौतिक साधनको प्रयोगले जीवनशैलीमा सकारात्मक परिवर्तन आउने संकेत छ। अतिथिको रूपमा सम्मान प्राप्त हुनेछ। आम्दानी बढाउने दिशामा नयाँ कामको थालनी गर्न सकिनेछ। प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ। व्यवसायसँग सम्बन्धित यात्राको सम्भावना छ। आँटेका कामहरूमा साथीहरूबाट साथ र सहयोग पाइनेछ।
वृष - Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अनेक अवसरहरू आए तापनि कामको तालमेल नमिल्नाले पछि परिने सम्भावना छ। समयको चाललाई पछ्याउनु बुद्धिमानी हुनेछ। सम्भावनाहरू प्रष्ट देखिए पनि त्यसलाई यथार्थमा परिणत गर्न बढी मेहनत आवश्यक पर्न सक्छ। कमजोर परिणामलाई सुधार गर्न केही कार्यहरू पुन: दोहोर्याउनु पर्ने हुन सक्छ। अवसर र बाधाका बीच कर्ममार्गमा अगाडि बढ्न सकिनेछ। यद्यपि कठिनाइ चिर्दै काम सफल बनाउन सकिनेछ।
मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहनत गरेमा विशिष्ट अवसरहरू प्राप्त हुनेछन्। लक्ष्य अनुरूप कार्यहरू पूर्ण हुनेछन्। अध्ययनप्रतिको झुकावले बौद्धिक क्षमतामा बृद्धि ल्याउनेछ। शिक्षा, वृत्ति, सहुलियत तथा विशिष्ट अवसर प्राप्त गर्न सकिनेछ। सहपाठीहरूलाई पछि पार्दै सम्मान र पुरस्कार प्राप्त हुनेछ। व्यापारमा पनि लाभ हुने देखिन्छ। पशुपालन तथा कृषि क्षेत्रमा पनि लाभदायक समय हुनेछ। सन्तानको साथले उत्साह थपिनेछ।
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिस्सेदार वा साझेदारसँग असमझदारी बढ्न सक्ने देखिन्छ। अनावश्यक सम्बन्ध गाँस्नेहरूप्रति सचेत रहनुहोला। श्रम र बुद्धिको प्रयोगले जटिल कार्यहरू सम्पन्न गर्न सकिनेछ। आजको प्रयासबाट दीर्घकालीन लाभ उठाउन सकिनेछ। मनमा रहेको डर उत्साहमा बदलिनेछ। अभिभावकको सहयोगले महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न सकिनेछ।
सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अघिल्लो सफलताले आर्थिक लाभ दिलाउनेछ। तर कुनै पनि कार्य प्रारम्भ गर्नु अघि गहिरो सोचविचार गर्नु जरूरी छ। आफ्नो परिश्रमबाट अरूले फाइदा लिन सक्ने सम्भावना छ। योजनाबद्ध काम स्थगित हुनसक्छ। यद्यपि निरन्तर प्रयासले चुनौतीहरू हटाउँदै व्यवसायको जग बलियो पार्न सकिनेछ। सेवामूलक काममा विशेष उपलब्धि हासिल हुने देखिन्छ। उद्योग तथा व्यापारमा विशेष फाइदाको समय हो।
कन्या - Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बोलीको प्रभाव बढ्ने दिन हो, चिताएको काम सजिलै सम्पन्न हुनेछ। आफ्नै क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ। आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन्, साथै दीर्घकालीन लाभ हुने सम्झौता गर्न सकिनेछ। व्यापारमा पनि औसत लाभ हुनेछ। सहयोगीहरूको साथले आत्मबल बढ्नेछ। अध्ययनमा रुचि बढ्दा बौद्धिक स्तर उकासिनेछ। सुखद समाचारले मन उत्साहित हुनेछ।
तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सराहना योग्य कार्य सम्पन्न हुनेछन्, जसबाट प्रशंसकहरूको संख्या बढ्नेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने उपयुक्त समय हो। मनमोहक उपहारले झन उत्साह बढ्नेछ। नयाँ अवसरहरूले पछ्याउनेछन्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। स्वादिलो भोजनको आनन्द लिने मौका प्राप्त हुनेछ। लक्ष्य अनुसारको काम समयमै पूर्ण हुनेछ। विगतको सफलताले पनि नयाँ अवसर ल्याउनेछ।
वृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्न सक्छ तर लगानी बढाउने अवसर पनि आउन सक्छ। दीर्घकालीन योजना बनाउने तथा त्यसका लागि ऋण लिने अनुकूल समय हो। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। यद्यपि लाभदायक यात्रा सुरु हुने सम्भावना छ। टाढा रहेका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश यात्राको लागि प्रयास गर्न सकिने समय हो। शुभचिन्तकहरूको सहयोगले काम सजिलो हुनेछ। कर्जा लिँदा पनि धन हात पर्न सक्छ।
धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कर्मयोगको विशेष फल प्राप्त हुने समय हो। प्रतीक्षा गरिएको नतिजा मिल्दा उत्साह बढ्नेछ। आय आर्जन बढ्नेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना छ। चल–अचल सम्पत्तिको सदुपयोग गर्ने उपयुक्त समय हो। मेहनत गरे ऋण चुक्ता गर्न सकिनेछ। तर लाभका लागि केही प्रिय वस्तु त्याग्नु पर्ने हुन सक्छ। आफ्नो मिहिनेतको फल अरूले हत्याउने प्रयास गर्न सक्ने हुँदा सजग रहनु जरुरी छ।
मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरहरू भए तापनि आफ्नै कमजोरीले समस्या निम्त्याउन सक्छ। विवादास्पद जिम्मेवारीका कारण मन खिन्न हुन सक्छ। पुराना हिसाब–किताब मिलाउन समय खर्चिनुपर्नेछ। लगनशीलता कायम राखे फाइदा उठाउन सकिनेछ। स्वार्थपूर्तिका लागि नजिकिनेहरूप्रति सतर्क रहनुहोला। निरन्तर प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै आर्थिक फाइदा दिलाउनेछ। आफ्नो श्रमबाट आम्दानी हुने समय हो।
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
सामुदायिक हितमा राम्रो कार्य गर्न सकिनेछ। सामाजिक जिम्मेवारी वहन गर्दै फाइदा हुने जिम्मेवारी हात लाग्ने सम्भावना छ। आफूले प्रतिनिधित्व गर्ने वर्ग वा क्षेत्रको नेतृत्व प्राप्त गर्न सकिनेछ। परिश्रम परे पनि भाग्यले राम्रो अवसर दिलाउनेछ। समाजमा प्रशंसनीय कार्य गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्दै काममा अझ मेहनत गर्नु आवश्यक छ।
मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शरीरमा थकान तथा सुस्तीको अनुभव हुन सक्छ। अवसरवादीहरूले झुक्याउने प्रयास गर्न सक्छन्। आफ्ना काम तथा सम्पत्तिमाथि अरूको नियन्त्रण हुन सक्ने सम्भावना छ। पढाइमा केन्द्रित हुन कठिन हुन सक्छ। आर्थिक लाभ नहुने जिम्मेवारी उठाउनु पर्ने हुन सक्छ। समूहगत कार्यमा सहभागी हुनु अघि ध्यानपूर्वक विचार गर्नुहोला। आफ्ना कमजोरीहरू खुला हुँदा व्यवहारमा केही असहज स्थिति आउन सक्छ।