आज २०८२ वैशाख २९ गतेको राशिफल
News Desk
May-12 , 2025 तारिख 05:53 बिहान

फलितज्योतिषाचार्य - दैनिक राशिफल

मेष – Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन शुभ र रमाइलो बित्ने संकेत छ। आफन्तजनसँगको सामिप्यता र सहकार्यले नयाँ आशा पलाउनेछ। व्यापार वा पेशागत कार्यको सिलसिलामा रमणीय यात्रा हुन सक्छ। किनमेलमा खर्च बढ्नेछ, तर त्यसको सट्टा सन्तुष्टि पनि पाइनेछ। तपाईंले लामो समयदेखि चिताएको कार्य पूरा गर्ने सम्भावना प्रबल छ। प्रियजनसँग आत्मीय भेटघाटका साथै आदरपूर्वक सम्मान प्राप्त हुनेछ। साथीसंगीहरूको आगमनले वातावरण उल्लासमय बन्नेछ।

वृष – Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रकमको आगमन र भौतिक साधनको प्राप्तिले उत्साहपूर्ण दिन बनाउनेछ। नयाँ र दीर्घकालीन लाभ दिने कार्य सुरु हुनसक्छ। यद्यपि परिस्थिति अनुसार लचिलोपन देखाउनु पर्ने हुन सक्छ। तपाईंको सतर्कता र परिश्रमले लक्ष्यमा पुग्न सहयोग पुर्‍याउनेछ। सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ। बल र बुद्धिको प्रयोगले अधिकार र सम्मान सुरक्षित रहनेछ। लामो दूरीको यात्रा प्रारम्भ हुने समय पनि नजिक देखिन्छ।

मिथुन – Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शैक्षिक क्षेत्रमा उपलब्धि हासिल हुने समय हो। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान प्राप्त हुनेछ। प्रतिष्ठित कार्यको जिम्मेवारी पाउने सम्भावना छ। लाभदायक स्रोत पहिचान गरी त्यसबाट लाभ उठाउन सकिनेछ। सेवा क्षेत्रबाट आय आर्जन हुने दिन हो। स्वास्थ्य सबल रहनेछ भने पशुपालन तथा कृषिमा पनि लाभ पाइनेछ। सन्तान वा अनुयायीहरूको सहयोगले आत्मबल बढ्नेछ।

कर्कट – Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हडबडाहटमा निर्णय लिँदा समस्यामा पर्न सकिनेछ। साथीभाइबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ भने अरूका लागि मात्र उपयोग भइने अवस्था बन्न सक्छ। सोचविनाको वचनले अप्ठ्यारो निम्त्याउन सक्छ। असंयमित व्यवहारले परिस्थितिलाई अझै बिगार्न सक्छ। मनको योजना गोप्य राख्दा नै उपयुक्त हुनेछ। पशुपालनतर्फ सामान्य लाभ प्राप्त हुने देखिन्छ।

सिंह – Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवश्यक समयमा सहयोग प्राप्त हुनेछ। अघिदेखि रोकिएका कार्यहरू बन्नेछन्, नयाँ कामको थालनी गर्न सकिनेछ। व्यापार र उद्योगमा विशेष लाभ प्राप्त हुने सम्भावना प्रबल छ। प्रतिस्पर्धामा शत्रुहरूलाई पछि पार्न सकिनेछ। आम्दानी वृद्धि हुने संकेत छ। विगतमा गरेका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। कृषिमा मध्यम लाभ भए पनि व्यवसायबाट भने उत्तम फाइदा मिल्नेछ।

कन्या – Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने बौद्धिक क्षमतामा निखारता आउनेछ। बुद्धिमत्तापूर्वक गरिएको कार्यबाट विद्या र धन आर्जन हुनेछ। समाजसेवामा अग्रसर भइ प्रशंसा बटुल्न सकिनेछ। मिहिनेतको फलस्वरूप आय आर्जनका नयाँ मार्ग खुल्नेछन्। अध्ययन तथा ज्ञानप्राप्तिमा विशेष अवसर प्राप्त हुनेछ।

तुला – Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आशाहरू पुरा हुने दिन हो। स्वादिलो भोजनको आनन्द लिने अवसर मिल्नेछ। समय व्यवस्थापन राम्रो हुने भएकाले लक्ष्यमा सहजै पुग्न सकिनेछ। अध्ययनमा बढेको रुचिले बौद्धिक प्रगति हुनेछ। नयाँ कामको अवसर पाउने सम्भावना छ। अघिको सफलताले आत्मबल बढाउनेछ। व्यापारमा लाभ हुनेछ भने प्रतिष्ठित काममार्फत नाम, दाम र सम्मान प्राप्त हुनेछ।

वृश्चिक – Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अविवेकपूर्ण खर्चले समस्या ल्याउन सक्छ। व्यवसायमा पूँजी विस्तार गर्नुपर्ने अवस्था आउन सक्छ। आर्थिक संकट समाधान गर्न ऋण आवश्यक पर्न सक्छ। किनमेल र सरसापटमा खर्च बढ्नेछ। यात्रा उपयोगी भए पनि खर्चिलो रहनेछ। दीर्घकालीन योजना कार्यान्वयन गर्ने उपयुक्त समय हो। टाढा रहेका मित्रसँग सम्पर्क बढ्नेछ तर नयाँ व्यक्तिसँग अत्यधिक विश्वास गर्नु हुँदैन।

धनु – Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गरेमा आयका स्रोतमा वृद्धि सम्भव छ। अड्किएको धन फिर्ता हुनेछ भने भविष्यको लागि लगानी बढाउन सकिनेछ। तथापि, आफ्ना कमजोरीहरू देखेर अरूले फाइदा उठाउने सम्भावना छ। काम सफल भए पनि अपेक्षाभन्दा बढी समय र लगानी आवश्यक पर्न सक्छ। प्राप्त लाभांश अरूको निम्ति खर्चिनुपर्ने अवस्था बन्न सक्छ। आर्थिक लेनदेनमा सतर्कता आवश्यक छ।

मकर – Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सकारात्मक कर्मको फलस्वरूप मन आनन्दित रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउन सकिनेछ। परिश्रमको प्रतिफल स्वरूप जीवनशैलीमा परिवर्तन देखिनेछ। व्यापारमा फाइदा हुनेछ भने प्रतिष्ठित व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। प्रभावशाली कार्य गरेर नाम, इनाम तथा सम्मान बटुल्न सकिनेछ। निरन्तर प्रयासले कीर्तिमान राख्न सकिने दिन हो।

कुम्भ – Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धर्म, सेवा र परोपकारतर्फ ध्यान जानेछ। आफ्ना कार्यहरूले धेरैलाई फाइदा पुर्‍याउन सकिनेछ। निराश रहेको कुनै काम बन्नेछ, जसले ऊर्जा दिनेछ। सानो प्रयासले ठूलो उपलब्धि प्राप्त गर्न सकिनेछ। सामाजिक कार्यमा रुचि बढ्नेछ भने एउटै कामबाट दोहोरो फाइदा उठ्न सक्छ। लाभदायक योजना निर्माणको समय हो। व्यवसायमा फाइदा हुनेछ र रोकिएको काम अगाडि बढ्नेछ।

मीन – Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य कार्यमै धन र मेहनत खर्च हुनसक्छ। स्वास्थ्यका कारण कार्यक्षेत्रमा ध्यान केन्द्रित गर्न कठिनाइ हुनसक्छ। गोप्य जानकारी बाहिरिनाले अप्ठ्यारो पर्नेछ। सहयोगीहरूले साथ नदिँदा मानसिक तनाव हुन सक्छ। कमजोरीको फाइदा अरूले उठाउने सम्भावना देखिन्छ। कार्यको चाप बढ्नेछ भने शरीरमा थकान, कमजोरी र अल्छीपनको अनुभूति हुनेछ। स्वास्थ्यको ख्याल राख्न व्यायाम र आहार सन्तुलनमा ध्यान दिनु उपयुक्त हुनेछ।

 

धेरै पढिएको