आज २०८२ वैशाख​ ३० ग​तेको राशिफ​ल​
News Desk
May-13 , 2025 तारिख 05:46 बिहान

फलितज्योतिषाचार्य

मेष (ARIES)
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शरीरमा केही थकान र कमजोरीको अनुभव हुनसक्छ। यद्यपि मिहिनेत जारी राखिए पनि कार्यहरू समयमै सम्पन्न नहुन सक्छन्। स्वास्थ्यका विषयमा सतर्कता आवश्यक छ, विशेषतः खानपान र जीवनशैलीमा। पहिल्यै देखिएका समस्याहरू पुनः देखिन सक्छन्, जसले मानसिक अलमल निम्त्याउन सक्छ। योजनाको समय व्यवस्थापनमा समस्या आउन सक्छ, जसले कार्य सम्पन्न प्रक्रियामा ढिलाइ गराउन सक्छ। जिम्मेवारीका कामहरूमा विवाद वा जोखिम पनि हुनसक्ने संकेत देखिन्छ। आश गरिएको सफलता नपाउँदा कार्यहरू पुनः प्रयास गर्नुपर्ने हुन सक्छ।

वृष (TAURUS)
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन मित्रता र प्रेमको बन्धन मजबुत बन्नेछ। मिल्ने मनका साथीभाइको साथ पाइनेछ र व्यवसायमा समेत सुखद परिणाम आउनेछ। जिम्मेवारी कम भएर पनि फुर्सदको अनुभव हुनेछ। कुनै नयाँ उपहार वा सहयोग पाइने सम्भावना छ। परिवारजनको साथ र समर्थनले नयाँ उमङ्ग ल्याउनेछ। रमाइलो यात्राको योजना बन्न सक्छ। अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाटको रमाइलो समय आउनेछ।

मिथुन (GEMINI)
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज हिम्मत र प्रयत्नले तपाईंलाई उत्कृष्ट उपलब्धिमा पुर्‍याउनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ भने भौतिक साधनको लाभ हुनेछ। तपाईंको लक्ष्य प्राप्तिका लागि बल प्रयोग गरेर पनि काम पूरा गर्न सकिनेछ। रोग वा शत्रुबाट छुटकारा मिल्नेछ। यद्यपि आवेशमा आइ कार्य गर्दा परिणाम उल्टो पर्न सक्छ, संयम आवश्यक छ। मुद्दा मामिलामा विजय प्राप्त हुनेछ। व्यवसायमा उल्लेखनीय फाइदा हुनेछ, प्रतिस्पर्धीसँग सम्झौता हुने सम्भावना पनि छ।

कर्कट (CANCER)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक क्षमता प्रयोग गरेर आज तपाईंले लक्ष्य भेट्टाउन सक्नुहुन्छ। पढाइ लेखाइ वा अन्य शैक्षिक क्रियाकलापमा सफलता हात लाग्नेछ। प्रतिष्ठा बढाउने कामको अवसर आउन सक्छ। सेवा, समाजसेवा वा शिक्षासम्बन्धी क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित परिणाम अनुकूल रहन सक्छ। गुरुजनको मार्गदर्शन र सन्तानको समर्थन लाभदायक हुनेछ। भविष्यमा फाइदा हुने योजनाको थालनी गर्न सकिनेछ।

सिंह (LEO)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भावनात्मक आवेशमा निर्णय नगर्नु होला, यसले समस्याको जन्म दिन सक्छ। केही व्यक्तिहरूबाट ईर्ष्या र असहयोग हुन सक्छ, जसले कार्यमा बाधा पुर्याउन सक्छ। तथापि, मान्यजनको सुझावले मार्गदर्शन प्रदान गर्नेछ। मिहिनेतको मूल्य मिल्नेछ र कठिन कार्यसमेत पूर्ण गर्न सकिनेछ। टाढिएका साथीभाइसँग पुनः सम्पर्क हुनेछ। पारिवारिक समर्थनले ऊर्जा मिल्नेछ।

कन्या (VIRGO)
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ काम सुरु गर्ने लागि उपयुक्त समय आएको छ। भाइबहिनी तथा मित्रसँग सम्बन्ध मजबुत हुनेछन्। अघिल्लो लगानी लाभदायक हुने देखिन्छ। मेहनतले दीर्घकालीन सफलता दिलाउनेछ। तपाईंको सफलताले अरूलाई पनि प्रभावित पार्नेछ। सहयोगीहरूको साथ पाइनेछ र चिताएको काममा अपेक्षित सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूबाट पनि सहयोग मिल्न सक्छ।

तुला (LIBRA)
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामलाई प्राथमिकताका आधारमा गर्न नसक्दा पछि परिने अवस्था आउन सक्छ। बोली व्यवहारमा सावधानी अपनाउनु आवश्यक छ। बलपूर्वक काम गर्दा अनावश्यक समस्या आउने सम्भावना छ। तर बुद्धिको सही प्रयोगले जटिलता समाधान गर्न सकिनेछ। आजको मिहिनेत भविष्यमा फाइदाजनक हुने संकेत देखिन्छ। अध्ययनमा प्रगति हुने र ज्ञान बढाउने मौका मिल्नेछ। नियमकानुनलाई समयमै पालना गर्न जरुरी छ।

वृश्चिक (SCORPIO)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामको अवसर पाइए पनि सामाजिक दायित्वमा अल्झिनुपर्ने देखिन्छ। खानपानमा लापरवाहीले स्वास्थ्यमा असर गर्न सक्छ। पुनः प्रयास गर्नुपर्ने अवस्था आउनेछ। तपाईंको आत्मनिर्भरता अझै बढाउनु पर्नेछ, अरूको भरमा मात्र नहुनु उपयुक्त हुन्छ। केही मित्र वा सहयोगी व्यक्तिहरूको साथ पाइनेछ, तर अतिविश्वासले समस्यामा पार्न सक्छ। अध्ययनमा सफलता प्राप्त गर्न प्रयत्न जारी राख्नुहोला।

धनु (SAGITTARIUS)
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनको प्रवाह बढ्नेछ, तर खर्च पनि बढ्नसक्नेछ। ऋण लिई दीर्घकालीन योजनामा लगानी गर्न सकिनेछ। कामको खोजी र योजना बनाउन दौडधुप गर्नुपर्नेछ। विदेश गमन वा लामो दूरीको यात्राको सम्भावना रहन्छ। मित्रता पुनः सुदृढ हुनेछ। अत्यधिक लोभ वा उत्साहले घाटा निम्त्याउन सक्छ, त्यसैले योजना अनुसार अगाडि बढ्नुहोला।

मकर (CAPRICORN)
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सकारात्मक नतिजाले तपाईंको मनोबल उच्च बनाउनेछ। नयाँ आम्दानीका स्रोत प्राप्त हुनेछन्। अघिल्लो मेहनतको प्रतिफल आज देखिनेछ। उठ्नुपर्ने रकम हातमा आउनेछ। कृषि, पशुपालन वा व्यापारबाट राम्रो फाइदा हुनेछ। स्थायी सम्पत्तिको प्रयोगबाट थप लाभ उठाउन सकिनेछ। भविष्यका लागि बलियो आधार बनाउने अवसर पनि आउन सक्छ।

कुम्भ (AQUARIUS)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आत्मबलका साथ विशेष कार्य आरम्भ गर्ने समय हो। काममा समर्पण र परिश्रमले विशेष स्थान दिलाउनेछ। भविष्य निर्माणमा सघाउने अवसरहरू प्राप्त हुनेछन्। व्यवसाय वा नोकरीमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट र सम्बन्ध विस्तार हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउन सकिने राम्रो समय हो।

मीन (PISCES)
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज साधारण लाभ भए पनि प्रतिष्ठाजन्य कार्यको थालनी हुनेछ। धर्मकर्म र समाजसेवामा सक्रिय भइनेछ। बुद्धिको प्रयोगले अरूको विश्वास जित्न सकिनेछ। परिश्रमको मूल्य पाइनेछ र सम्मानजनक कामको अवसर प्राप्त हुनेछ। कुनै योजनामा अरूको भर परेमा अपेक्षित परिणाम नआउन सक्छ, त्यसैले गोपनीयता कायम राख्नुहोला। दीर्घकालीन योजना थालनी गर्ने उत्तम समय हो।

धेरै पढिएको