News Desk
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा खर्च लागे पनि भविष्यमा राम्रो प्रतिफल दिने खालका योजनामा लगानी गर्न सकिने समय आएको छ। अहिले जोखिम उठाएर ठूला निर्णय नगर्नु बेस हुन्छ। प्रारम्भिक समयमा छरछिमेकसँग केही असमझदारी देखिए पनि दिउँसोपछिको समय अनुकूल बन्नेछ। तपाईंको योजना सफल बनाउन शुभचिन्तकहरूले साथ दिनेछन्। टाढा रहेका साथीभाइ वा नातागोताबाट निमन्त्रणा आउन सक्छ। पारिवारिक भेटघाटले सकारात्मक ऊर्जा दिनेछ।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ आम्दानीको स्रोत पत्ता लाग्ने समय छ। प्रयास गर्दा दीर्घकालीन लाभ हुने कामको थालनी हुन सक्छ। विगतका ऋणमुक्तिको अवसर पनि मिल्नेछ। यद्यपि, हात परेको रकम तत्कालै खर्च गर्नुपर्ने परिस्थिति आउन सक्छ। तपाईँको मिहिनेतबाट अरूले लाभ उठाउने प्रयत्न गर्न सक्छन्। दिउँसोपछि आकस्मिक खर्चले अर्थ संकलनमा बाधा पुग्न सक्छ। यात्रा गर्ने अवसर प्राप्त हुनेछ, जुन भविष्यमा लाभदायक बन्ने सम्भावना छ।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
समाजमा सराहना प्राप्त हुने काम गर्ने अवसर मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने अनुकूल समय हो। प्रतिष्ठित र कीर्तिमानी कार्यको सुरुवात गर्न सकिनेछ। साथीसंगीको सहयोगबाट उल्लेखनीय लाभ मिल्नेछ। दिउँसोपछिको समयले थप आम्दानी बढाउने सम्भावना देखिन्छ। अनपेक्षित खर्च भने बढ्न सक्छ, जसले संचित रकम प्रभावित पार्न सक्छ। केही रकम उधारो वा सहकार्यमा बाहिरिन सक्छ।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगातार मेहनत गर्दा दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ। पेसा र व्यवसायबाट लाभ लिने अवसरहरू प्राप्त हुनेछन्। आत्मविश्वासका साथ अगाडि बढ्दा सफलता सम्भव छ। दिउँसोपछिको समय अरूको साथ र समर्थनले काम सहज बनाउन मद्दत पुर्याउनेछ। पदीय जिम्मेवारी वा सामाजिक उत्तरदायित्वको अवसर प्राप्त हुनेछ। सामूहिक हितमा योगदान दिने सौभाग्य प्राप्त हुनसक्छ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यमा कमजोरीको संकेतले चाहेको काममा ढिलाइ हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्, तर त्यसअनुसारको उपलब्धि नहुन सक्छ। काम बिग्रने सम्भावनाले तनाव दिन सक्छ। दिउँसोपछि भने समाजसेवामूलक कार्यमा सक्रिय भइनेछ। अघिल्लो स्थान वा सम्मान पुनःप्राप्त गर्ने सम्भावना छ। प्रभावशाली व्यक्तित्व प्रस्तुत गरेर कार्य सम्पादन गर्ने मौका मिल्नेछ। धन लाभको योग देखिन्छ।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको समय रमाइलो, सहयोगी र ऊर्जा दिने खालको रहनेछ। परिवारजनको सहयोगले आत्मबल बढ्नेछ। इच्छाअनुसारका भौतिक वस्तुहरू प्राप्त हुने सम्भावना छ। तर दिउँसोपछि समय प्रतिकूल बन्न सक्छ, जसले कार्यक्षेत्रमा सक्रियता घटाउन सक्छ। मिहिनेतको फाइदा अरूले उठाउने प्रयास गर्न सक्छन्। स्वास्थ्यसम्बन्धी खर्च बढ्न सक्छ, साथसाथै आर्थिक कठिनाइले केही तनाव ल्याउन सक्छ।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
लगनशील प्रयत्नले लक्ष्यमा सजिलै पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धामा अग्रता दिलाउनेछ। नयाँ भौतिक सम्पत्तिको प्राप्ति र फाइदाजन्य कामको आरम्भ हुने सम्भावना छ। प्रतिष्ठा र अधिकारको रक्षा गर्न सफल भइनेछ। दिउँसोपछि रमाइलो माहोलमा सहभागी भइनेछ। आत्मीयहरूसँगको भेटघाट र सम्मानजनक अवसरले दिनलाई विशेष बनाउनेछ। व्यवसायिक क्षेत्रबाट पनि सन्तोषजनक आम्दानी हुनेछ।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिहानको समय राम्रो रहनेछ, जहाँ कार्य र पारिवारिक सन्तुलन मिल्नेछ। मनपर्ने वस्तु किन्ने वा उपहार प्राप्त हुने समय छ। दिउँसोपछि नयाँ काम सुरु गर्ने प्रेरणा प्राप्त हुनेछ। लगनशीलताले मनोबल बढाउनेछ र चुनौतीहरू पार गर्न सकिनेछ। पहिले टाढिएका वा ईर्ष्या गर्ने व्यक्तिहरू पनि सहयोगी बन्ने सम्भावना छ। स्थायी लाभ दिने योजना प्रारम्भ हुन सक्छ।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
निणर्य लिँदा हिचकिचाहट बढ्न सक्छ, जसले काममा ढिलाइ ल्याउनेछ। आश्वासन दिनेहरूबाट धोका पाइने सम्भावना छ। पुराना समस्याहरू दोहोरिन सक्छन्। दिउँसोपछिको समय सुधारात्मक हुनेछ। धैर्य र बुद्धिमत्ताले लक्ष्य प्राप्त गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्ने क्षमता देखिनेछ। रचनात्मक कार्यको थालनी गरिएमा लाभ प्राप्त हुनेछ।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमै सानदार उपलब्धि हात लाग्ने सम्भावना छ। विभिन्न भौतिक साधनहरू जोड्ने अवसर प्राप्त हुनेछ। प्रतिस्पर्धीलाई पछाडि पार्न सकिने समय हो। सोचेजस्तै काम पूरा हुने योग देखिन्छ। दिउँसोपछि व्यवहारमा सन्तुलन आवश्यक छ। हतारोमा काम गर्दा परिणाम उल्टो हुन सक्छ। व्यापारमा आम्दानी कम देखिए पनि निरन्तर प्रयास जारी राख्दा फाइदा हुनेछ।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
लगनशील प्रयासले प्रशंसा प्राप्त हुनेछ। कार्यक्षेत्रमा बोलीको प्रभाव बढ्नेछ र काम सजिलै बन्नेछ। प्रतिक्षित सफलता प्राप्त भइ मनोबल उच्च बन्नेछ। दिउँसोपछिको समयमा साथीसंगीको साथले थप हौसला दिनेछ। दीर्घकालीन योजना प्रारम्भ गर्न सकिने समय हो। व्यापार वा पेसामा सन्तोषजनक लाभको संकेत देखिन्छ।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सजग प्रयत्नले नयाँ अवसरहरू पत्ता लाग्नेछन्। दैनिकीमा परिवर्तन आउनेछ, जसले तपाईंको जीवनशैली सुधार्नेछ। ईर्ष्यालुहरूको प्रभाव घट्नेछ। सानो प्रयासले पनि ठूला उपलब्धि हासिल गर्न सकिनेछ। दीर्घकालीन फाइदाको योजनामा लाग्ने उपयुक्त समय हो। बोलीको प्रभावबाट काम बन्नेछ भने तार्किक क्षमताले समाजमा सम्मान र लाभ दुवै दिलाउनेछ।