आज २०८२ जेठ​ २ ग​तेको राशिफ​ल​
News Desk
May-16 , 2025 तारिख 06:02 बिहान

मेष (ARIES)

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काम सुरु गर्न र भविष्यका सम्भावनाहरू पहिल्याउन उपयुक्त समय हो। आजको प्रयासले भविष्यमा प्रतिष्ठा र पहिचान दिलाउनेछ। साथीसंगीहरूको सहयोगले आत्मबल बढ्नेछ। दीर्घकालीन लाभदायी योजनाहरू कार्यान्वयनको चरणमा पुर्‍याउन सकिनेछ। सामाजिक उत्तरदायित्व बढ्ने देखिन्छ। सानो प्रयासले समुदायमा ठूलो प्रभाव पार्ने सम्भावना छ। प्रशंसायोग्य कामले लोकप्रियता दिलाउनेछ।

वृष (TAURUS)
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा कमजोरीले उपलब्धि ढिला गराउन सक्छ। रोकिएका कार्यहरू पुनः प्रयास गरेर मात्र अघि बढ्नेछन्। गोपनीयतामा ध्यान दिनुपर्ने समय हो, किनकि व्यक्तिगत सूचना बाहिरिन सक्छ। चाहेको परिणामका लागि केही पर्खाइ आवश्यक पर्न सक्छ। समस्या भएमा सहयोगीहरूबाट साथ पाइनेछ। प्रयास गर्दा हराएको धन जोगाउन सकिनेछ।

मिथुन (GEMINI)
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्तता कम भई फुर्सद मिल्नेछ। व्यवसायमा सानो लाभ प्राप्त हुनेछ। नयाँ आम्दानीको सुरुवात हुनसक्छ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ र पाहुनाको सत्कार पनि गरिनेछ। अनुकूल परिस्थिति हुँदाहुँदै पनि भौतिक सुखको पछि लाग्दा खर्च बढ्ने सम्भावना छ। केही विवादका कारण मन अशान्त हुन सक्छ। काममा चुनौती देखिए पनि धैर्यले पार लगाइनेछ।

कर्कट (CANCER)
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुहरूबाट स्वतः मुक्ति पाइनेछ र प्रतिस्पर्धामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउँदा आत्मविश्वास बढ्नेछ। परिश्रमद्वारा सामाजिक प्रतिष्ठा प्राप्त गरिनेछ। ईर्ष्या गर्नेहरूले पछि हट्नुपर्नेछ। कठिनाइका बीच पनि लक्ष्य पूरा गरिनेछ। व्यापार र दीर्घकालीन आयको आधार बनाउने योजनाका लागि उत्तम समय हो। कडा मिहिनेतले फाइदा सुनिश्चित गराउनेछ।

सिंह (LEO)
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ अवसरले आत्मबल बढाउनेछ र काममा सफलता हासिल हुनेछ। छोटो अवधिमा पनि लाभ लिन सकिनेछ। अध्ययनमा रुचि बढ्दै बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ कार्यको सुरुवात गर्ने अवसर मिल्नेछ। व्यापारमा लाभदायक अवस्था सिर्जना हुनेछ। तत्काल ठूलो प्रगति नभए पनि दीर्घकालीन तयारीका लागि उपयुक्त समय हो। लगनशीलता सफलता दिलाउनेछ।

कन्या (VIRGO)
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सबैको समन्वयमा काम नगर्दा पछि परिन सकिन्छ। समयको अभावले योजना अधुरै रहन सक्छ। इर्ष्यालुहरू सक्रिय भई बाधा पुर्याउने सम्भावना छ। साना कामहरूमै अल्झिनुपर्नेछ। कामको मूल्याङ्कन राम्रै भए पनि परिणाम पाउन केही समय लाग्नेछ। दीर्घकालीन सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने समय हो।

तुला (LIBRA)
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्य आरम्भ गर्न शुभ समय छ। इच्छाअनुसार काममा सफलता प्राप्त हुनेछ। दाजुभाइबीच आत्मीयता बढ्नेछ, प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ। लगानीबाट आर्थिक लाभ प्राप्त हुनेछ। सक्रिय भएर मिहिनेत गर्दा लाभदायक नतिजा पाइनेछ। विगतका सफलताले नयाँ उत्साह सिर्जना गर्नेछ। प्रतिस्पर्धीहरूबाट पनि सकारात्मक समर्थन प्राप्त हुनसक्छ।

वृश्चिक (SCORPIO)
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइमा सुधार हुनेछ र कला तथा सीप निखारिनेछ। सोचेजस्तै कामहरू सम्पन्न हुनेछन्। अघिल्ला कमजोरी सच्याउने अवसर मिल्नेछ। मेहनतद्वारा सम्मान प्राप्त हुनेछ। प्रतिष्ठा बढ्नेछ। सम्पन्न कार्यबाट आर्थिक लाभ मिल्नेछ। आयको नयाँ स्रोतहरू खुल्नेछन्। दिगो लाभ हुने योजना तथा सम्झौता हुने समय हो। यश, पैसा र पुरस्कार प्राप्त हुनेछन्।

धनु (SAGITTARIUS)
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो जमघटमा सहभागी हुने अवसर मिल्नेछ। परिश्रमको प्रतिफलले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता प्रदान गर्नेछ। सहयोगीहरूको साथले काममा हौसला थपिनेछ। विशिष्ट व्यक्तिहरूसँग सम्पर्क हुनेछ र उपहार प्राप्त हुने सम्भावना छ। रमाइलो भेटघाटले खुशी दिन्छ। नयाँ कामको प्रस्ताव मिल्दा आत्मबल बढ्नेछ।

मकर (CAPRICORN)
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै चीज पाउनका लागि केही त्याग गर्नुपर्ला। यात्रा र भ्रमणको तयारी गर्नुपर्ने देखिन्छ। टाढाका साथीहरूबाट सहयोग मिल्नेछ। निरन्तर प्रयास गरे रोकिएका कामहरू सम्पन्न हुनेछन्। पैसाको अभाव भए पनि कर्जा वा सहयोगबाट काम चलाउने अवस्था आउनेछ। यद्यपि खर्च बढ्न सक्छ र आलस्य गर्दा पछि परिने खतरा छ। व्यवसायमा लगानीको राम्रो अवसर मिल्नेछ।

कुम्भ (AQUARIUS)
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
धेरै आवश्यकता पूरा हुनेछन् र मेहनतले राम्रो परिणाम दिनेछ। आम्दानी बढ्दा उत्साह बढ्नेछ। परिश्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा उल्लेखनीय प्रगति सम्भव छ। तर केही कार्यहरू अवरुद्ध हुन सक्छन् जसले गर्दा रकम फस्ने खतरा रहन्छ। सजग नहुँदा आफ्नो मिहिनेतबाट अरूले लाभ उठाउन सक्नेछन्। पुराना समस्या दोहोरिनाले सञ्चय खर्च गर्नुपर्ने हुन सक्छ।

मीन (PISCES)
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सार्वजनिक रूपमा प्रशंसायोग्य कार्यले चर्चा ल्याउनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले लक्ष्यमा पुग्न सजिलो हुनेछ। पुरानो मित्रता प्रेममा परिणत हुन सक्छ। अनेक अवसरहरू तपाईंलाई पछ्याउनेछन्। दीर्घकालीन र स्थिर कामको जग बसाउने समय हो। मन लागी सुरु गरिएको काम व्यवसायिक रूप लिन सक्छ। मेहनत गर्नेहरूका लागि यो सफलता प्राप्त गर्ने अवसर हो। कर्मशीलता नै सम्मान, पैसा र नामको मूल आधार बन्नेछ।

 

धेरै पढिएको