News Desk
मेष - Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
उत्साहजनक भेटघाटले कार्यक्षेत्रमा ऊर्जा थप्नेछ। आफ्नो कार्यदक्षताबाट प्रभाव जमाउने अवसर मिल्नेछ। प्रशंसायोग्य कार्यहरूद्वारा कीर्तिमान राख्न सकिनेछ। मित्रहरूको साथले हिम्मत बढ्नेछ। प्रभाव जमाएर महत्वपूर्ण कार्यहरू सफल पार्न सकिने समय हो। परिश्रमद्वारा प्रतिष्ठा, धन, तथा पुरस्कारसमेत हात लाग्न सक्छ। सामाजिक भूमिकामा वृद्धि हुनेछ। जमिन, सवारीसाधन तथा पुर्खौली सम्पत्तिबाट लाभको संकेत छ। व्यापार व्यवसायमा पनि उल्लेखनीय आम्दानी हुनेछ।
वृष - Taurus (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक जिम्मेवारी पूरा गर्दै लाभदायक कार्य र दायित्वहरूमा सहभागिता मिल्नेछ। तारिफ पाउने कामको सफलताले सबैको मन जित्न सकिनेछ। रोकिएको केही काम पुनः गति लिनेछ। टाढिएका आत्मीयहरू पुनः नजिक आउँदा खुशी मिल्नेछ। उपलब्धिको नयाँ आधार पहिचान गर्न सकिने समय हो। अन्यको कार्यमा लागे पनि प्रतिफल आफ्नै पक्षमा देखिन्छ। आध्यात्मिक भावनाले समाज सेवातर्फ अग्रसर गराउने सम्भावना छ।
मिथुन - Gemini (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अचानकका समस्याले दौडधुप बढाउन सक्छ। स्वास्थ्यमा कमजोरी आएर नयाँ योजना अघि बढाउन गाह्रो पर्न सक्छ। हाल गरिरहेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूबाट धोका हुन सक्छ। आफ्ना स्वार्थका लागि अरूले प्रयोग गर्न सक्छन्। यद्यपि, पछि लाभ हुने कामहरूमा सफलता मिल्नेछ। कठिन परिस्थितिमा शुभेच्छुकहरूको साथ पाइनेछ। दोहोर्याएर प्रयास गर्दा कार्यसिद्धि सम्भव छ।
कर्कट - Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै समयदेखि अपेक्षित सफलता र धन प्राप्त हुने समय हो। दिन रमाइलो र आनन्ददायक हुनेछ। आफ्ना शौखहरू पूरा हुनेछन् र भौतिक साधनहरू हात लाग्नेछन्। नयाँ ज्ञान र जानकारीले अध्ययनमा रुचि थप्नेछ। व्यापारका लागि यात्राको सम्भावना छ। वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ गहिरिनेछ। अतिथि सत्कार तथा सार्वजनिक सम्मान प्राप्त हुने समय हो।
सिंह - Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसाय तथा आर्थिक क्रियाकलापबाट उल्लेखनीय फाइदा हुनेछ। रोकिएका कार्यहरू पूरा भएपछि नयाँ योजना प्रारम्भ हुनेछ। परिश्रमको फलस्वरूप राम्रो सफलता प्राप्त हुनेछ। प्रतिस्पर्धामा विजय मिल्नेछ र शत्रुहरू पछि हट्नेछन्। चुनौतिहरूलाई पार गर्दै लक्ष्यतर्फ अघि बढ्न सकिनेछ। विगतमा ईर्ष्या गर्नेहरूले पनि सहयोग गर्न थाल्नेछन। यद्यपि, आफ्ना योजना गोप्य राखेर मात्र अघि बढ्नु उपयुक्त हुनेछ।
कन्या - Virgo (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ र ज्ञानप्रति झुकाव बढेर बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। निरन्तर मिहिनेतको फलस्वरूप नयाँ अवसर हात लाग्नेछ। शुभचिन्तकहरूको साथले काम अघि बढाउन सजिलो हुनेछ। पहिलाको स्थितिमा क्रमिक सुधार आउनेछ। बिस्तारै भए पनि कार्य सिद्ध हुनेछ। आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछन। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। व्यवसायबाट पनि लाभ हुने संकेत छ। जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिने समय हो।
तुला - Libra (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीमा देखिएको समस्या समाधान भई दीर्घकालीन योजना सफल हुने देखिन्छ। अन्योलको अवस्थामा ज्येष्ठ वा अनुभवी व्यक्तिको सल्लाह फलदायी हुनेछ। रोकिएको कार्यलाई फेरि दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ। आम्दानी बढाउने समय भएकाले खर्च कम गरी बचतमा ध्यान दिनु राम्रो हुनेछ। आज दिएको धन वा सामग्री भविष्यमा स्वयंलाई आवश्यक हुन सक्छ। पुरानो सम्झौता पुनः कार्यान्वयन हुनसक्नेछ, जसले पछिसम्म लाभ पुर्याउनेछ।
वृश्चिक - Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
इच्छाशक्ति र प्रयत्नद्वारा राम्रो परिणाम हात लाग्नेछ। मित्रताका सम्बन्धहरू मजबुत भई सहकार्य बढ्नेछ। दीर्घकालीन लाभ दिने कामहरू प्रारम्भ गर्ने अनुकूल समय हो। नयाँ योजना र रचनात्मक कार्यहरूमा लाग्न सकिनेछ। कठिन प्रतिस्पर्धामा पनि विजय हासिल हुनेछ। पहिले रोकिन पुगेका कार्यहरू फेरि सुरु हुने संकेत छ। व्यवसायमा आम्दानी सन्तोषजनक रहनेछ।
धनु - Sagittarius (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइमा प्रगति हुनेछ भने विद्या निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचार प्राप्त भई उत्साह जाग्नेछ। आफ्नो अभिव्यक्ति शैलीबाट प्रशंसा बटुल्न सकिनेछ। बोलिचालीको प्रभावले व्यापार र आर्थिक क्षेत्रमा लाभ मिल्नेछ। नयाँ आम्दानीका स्रोतहरू पहिचान भई दीर्घकालीन फाइदाका लागि सम्झौता गर्न सकिनेछ। नयाँ योजना सुरु हुनेछ। मिहिनेतद्वारा सम्मानजनक स्थान पाउन सकिनेछ।
मकर - Capricorn (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आनन्ददायक जमघटमा रमाइलो गर्न पाइनेछ। स्वादिष्ट भोजनको आनन्द लिने मौका मिल्नेछ। विगतका सफलताले थप उत्साह दिन्छ। नयाँ योजनाका लागि प्रस्तावहरू आउनेछन् र साथ दिनेहरू प्रशस्तै हुनेछन्। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर मिल्नेछ। विगतका कमजोरीहरू दोहोरिन सक्ने सम्भावना भएकाले सतर्क रहनु उपयुक्त हुनेछ। आकर्षक पोशाक र व्यवहारले व्यक्तिगत प्रभाव बढ्नेछ। अतिथि सत्कार र मनोरञ्जनमा खर्च बढ्न सक्छ।
कुम्भ - Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उपलब्धिको खोजीमा दौडधुप गर्नुपर्नेछ। अरूका कार्यमा समय खर्च गर्दा आफ्ना कार्यमा अवरोध आउन सक्छ। आवश्यक परेमा ऋण वा सहयोगबाट धन जुटाउने सम्भावना छ। लामो दूरीको यात्रा तय हुनसक्छ। आफ्ना नजिकका मानिसहरूसँग केही समयको दूरी आउनेछ। केही खर्च भए पनि सम्मानजनक उपलब्धि मिल्नेछ। यात्रासम्बन्धी प्रक्रिया अगाडि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्राप्त नतिजाले मनोबल बढाउनेछ।
मीन - Pisces (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिश्रमबाट आम्दानीमा वृद्धि हुनेछ। सानो प्रयासबाट पनि ठूला उपलब्धि मिल्ने सम्भावना छ। तपाईँको श्रमको राम्रो मूल्यांकन हुने समय हो। दीर्घकालीन लाभ दिने कार्यहरू प्राप्त हुनेछन्। आयस्रोत बढ्नेछ र पाउने रकम पनि हात लाग्नेछ। कृषि, पशुपालन, र व्यापारका क्षेत्रमा मनग्य लाभ हुने संकेत छन्। संचित सम्पत्तिको सदुपयोग गरेर पनि लाभ लिन सकिनेछ। भविष्यका लागि आवश्यक पर्ने सामान्य लगानी गर्न उपयुक्त समय हो।