News Desk
मेष (ARIES)
आज तपाईंको पुरुषार्थले फल दिन्छ। प्रतीक्षित नतिजाले आत्मविश्वास बढाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। मेहनतको मूल्य पाइनेछ – नाम, दाम र सम्मान सबै मिल्ने समय हो। सामाजिक क्षेत्रमा नेतृत्वको अवसर आउन सक्छ।
वृष (TAURUS)
लगनशीलताको प्रतिफलस्वरूप मान–सम्मान पाइनेछ। सामाजिक तथा धार्मिक काममा सहभागिता बढ्नेछ। केही कुरामा तुरुन्त फाइदा नदेखिए पनि दीर्घकालीन लाभ हुने संकेत छन्। समस्या समाधान हुँदै जानेछ।
मिथुन (GEMINI)
स्वास्थ्यमा कमजोरी देखिन सक्छ, विश्राम र सन्तुलनमा ध्यान पुर्याउनुहोला। गोप्य कुराहरू गोप्य नै राख्नु बुद्धिमानी हुनेछ। केही समय प्रतीक्षा गरेपछि सफलता सम्भव छ। रोकिएका काम बिस्तारै अगाडि बढ्नेछन्।
कर्कट (CANCER)
मनोरञ्जन र आत्मीय भेटघाटको समय छ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ। आयआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। यात्रा र नयाँ योजना सुरु गर्ने अनुकूल समय हो।
सिंह (LEO)
प्रतिस्पर्धामा सफलता मिल्नेछ। विरोधीहरू परास्त हुनेछन्। स्वास्थ्य बलियो हुनेछ र आत्मबल उच्च रहनेछ। महत्वाकांक्षी योजनाहरू सुरु गर्न उत्तम समय हो। आर्थिक लाभ प्राप्त हुनेछ।
कन्या (VIRGO)
पढाइ, सीप र प्रतिभाको कदर हुने दिन हो। गुरुजन र शुभचिन्तकको साथले ठूलो फाइदा मिल्नेछ। पेशागत जीवनमा सकारात्मक परिवर्तन देखिनेछ। लक्ष्यप्राप्तिको सम्भावना प्रबल छ।
तुला (LIBRA)
अवसर आए पनि केही बाधाहरू सामना गर्नुपर्नेछ। सावधानीपूर्वक काम गर्दा स्थितिमा सुधार आउन सक्छ। गोपनीयतामा ध्यान दिनुहोस्। दोहोर्याएर प्रयास गर्दा सफलता सम्भव छ।
वृश्चिक (SCORPIO)
हिम्मतले नयाँ उपलब्धि दिलाउनेछ। उद्योग र कृषि क्षेत्रमा फाइदाको सम्भावना छ। आर्थिक पक्ष सबल बन्नेछ। रोकिएको काम पूरा हुने र नयाँ योजना थाल्ने समय हो।
धनु (SAGITTARIUS)
हतारमा निर्णय नलिनुहोस्, बोलीले गलत अर्थ लाग्न सक्छ। परिस्थिति कठिन देखिए पनि निरन्तर प्रयासले समाधान मिल्नेछ। आफ्ना वाचा पुरा गर्ने प्रयास गर्नु उपयुक्त हुनेछ।
मकर (CAPRICORN)
सामाजिक जमघट र भेटघाटले मन रमाइलो बन्नेछ। तर फुर्सदको समय व्यर्थमा नष्ट हुनसक्छ, सचेत रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। पढाइ तथा ज्ञानमा चासो बढ्नेछ।
कुम्भ (AQUARIUS)
आर्थिक योजना बनाउँदा विशेष सतर्क रहनुहोस्। खर्च नियन्त्रण आवश्यक छ। यात्राको सम्भावना रहे पनि ढिलाइ हुन सक्छ। तपाईँको मेहनतबाट अरूले फाइदा लिन सक्ने भएकाले सजग रहनुहोस्।
मीन (PISCES)
मिहिनेतको उचित फल प्राप्त हुनेछ। व्यावसायिक साझेदारीबाट लाभ हुने सम्भावना छ। वित्तीय योजनामा सफलता मिल्नेछ। धैर्यका साथ अघि बढ्दा लक्ष्य पुरा गर्न सकिनेछ।