News Desk
मेष – ARIES
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक पक्ष सुदृढ हुँदै गएकाले आवश्यक वस्तुहरू जुटाउन सहज हुनेछ। आम्दानीको स्तर बढेपछि आत्मबलमा वृद्धि हुनेछ। परिश्रमको उचित मूल्य पाउने समय हो। व्यवसायमा उल्लेखनीय फड्को मार्ने अवसर मिल्नेछ। छोटो समयमा नै सन्तोषजनक नतिजा हात लाग्नेछ। रोकिएको कार्य अघि बढ्नेछ र जिम्मेवारी पनि बढ्नसक्छ। दीर्घकालीन लाभ हुने योजना आरम्भ गर्न सकिनेछ। साझेदारीबाट समेत राम्रो लाभ लिइने सम्भावना छ।
वृष – TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सकारात्मक कर्मको फलस्वरूप मनमा सन्तुष्टि छाउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुने सम्भावना बलियो छ। व्यापार व्यवसायमा पनि राम्रो प्रगति देखिनेछ। प्रतिष्ठित कार्यको जिम्मेवारी लिन सकिने समय हो। कठिन श्रमले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ। लगनशीलता र निरन्तर प्रयासले कीर्तिमान स्थापित गर्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूको साथ र समर्थन प्राप्त हुनेछ। महत्त्वाकांक्षा पूर्ण गर्न सक्रिय रहनु उपयुक्त हुनेछ।
मिथुन – GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
अघिका त्रुटिहरू उजागर भएसँगै कार्यमा अड्चन आउन सक्छ। समयमा आफूलाई ढाल्न नसक्दा सामाजिक व्यवहारमा पछि पर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्न सक्ने समय हो। यद्यपि संभावना देखिए तापनि तत्कालिक लक्ष्य हासिल गर्न कठिन हुन सक्छ। आफ्ना कमजोरीलाई अरूले प्रयोग गर्ने मौका पाउन सक्छन्। संवेदनशील सूचना बाहिरिन सक्ने भएकाले गोपनीयतामा विशेष सतर्कता आवश्यक छ।
कर्कट – CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थितिका सीमाहरूले केही कठिनाइ ल्याउन सक्छन्। गोप्य विषयहरूको खुलासाले अप्रत्याशित समस्या आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय हो, खानपानमा सतर्क रहनु जरुरी छ। चुनौतीको भित्र अवसरको खोजी गर्ने समय हो। कठिन कार्यमा पनि प्रयास गरे सकारात्मक संकेत मिल्नेछ। लुकेका तथ्य उजागर हुनेछन् भने परिश्रमले अप्रत्याशित लाभ दिलाउन सक्छ। कठिनाइका बीचबाट पनि केही कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्।
सिंह – LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिल्ने विचारका साथीहरू भेटिनेछन् जसले प्रेम र मित्रताको सम्बन्ध बलियो बनाउनेछ। पेशागत जिम्मेवारीबाट विश्राम मिल्नेछ। व्यापारिक क्षेत्रबाट लाभदायक आम्दानी प्राप्त हुनेछ। विभिन्न पक्षबाट सहयोग र उपहार प्राप्त हुने सम्भावना छ। पारिवारिक साथले नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्नेछ। रमाइलो यात्राको अवसर मिल्नेछ। अतिथिका रूपमा आदर–सम्मान प्राप्त गर्न सकिनेछ। टाढिएका मित्रहरू पुनः भेटिने सम्भावना छ।
कन्या – VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक भौतिक साधनहरूको प्रबन्ध भएसँगै दीर्घकालीन कार्य आरम्भ हुनेछन्। नयाँ योजनाको सुरुवातमा पहल गरिनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दीर्घ लाभदायक कार्य सम्पन्न हुनेछन्। पहिले ईर्ष्या गर्नेहरूले नै सघाउने परिस्थिति बन्न सक्छ। कठिनाइको सामना गर्दै काम अगाडि बढ्न सकिनेछ। शत्रुहरू निष्क्रिय बन्नेछन् र प्रतिस्पर्धाबाट सफलता मिल्नेछ। परिश्रमद्वारा पर्याप्त लाभ लिने समय हो।
तुला – LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
योजना अनुसार कार्यसञ्चालन गर्न कठिन हुन सक्छ। अरूका लागि बुद्धिको उपयोग गर्नुपर्ला। पहिले साथ दिनेहरूले साथ छोड्न सक्छन्। अवसर र चुनौतीको सम्मिलनबीच काम गर्नुपर्ने समय हो। स्वास्थ्यमा कमी आउँदा अध्ययन र ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ। समयसँग मेल खाँदैन भने केही सम्झौता गर्नुपर्ला। धैर्यता र निरन्तर परिश्रमले मात्र सफलता सुनिश्चित हुनेछ।
वृश्चिक – SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तजनलाई समय दिनुपर्ने खाँचो बढ्न सक्छ। आश्वासन दिनेहरूले आफ्नो वचन पूरा नगर्न सक्छन्। हल्लाको भरमा विश्वास गर्दा धोका हुने सम्भावना छ। कृषि, पशुपालन र घरेलु कार्यहरूमा समय खर्च गर्नुपर्ला। आफन्तजन र साथीभाइबाट दूरी बढ्न सक्छ। साझेदारसँग सानो कुरामा पनि मतभेद देखिन सक्छ। हडबड वा छिटोपनले समस्या निम्त्याउने सम्भावना छ।
धनु – SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूको साथ र समर्थनले लक्ष्य नजिक पुर्याउनेछ। प्रतिस्पर्धीहरू निष्क्रिय बन्नेछन्। परिश्रमको प्रतिफल तुरुन्तै देखिनेछ। तारिफयोग्य कार्यहरू सम्पन्न गर्दै धन आर्जन गरिनेछ। प्रतिक्षित परिणामहरू प्राप्त भएर उत्साह बढ्नेछ। थोरै लगानीबाटै उल्लेखनीय मुनाफा कमाउन सकिने समय हो। भौतिक सुविधा बिस्तारमा सफलता मिल्नेछ। उद्योग तथा व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।
मकर – CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वचन नपुर्याउँदा आलोचना सहनुपर्ने स्थिति आउन सक्छ। बोलिको अर्थ विपरीत व्याख्या हुन सक्ने भएकाले संवादमा सतर्कता आवश्यक छ। अल्छी गर्दा अवसर गुम्न सक्छ। आफैंको आम्दानी अरूको काममा खर्चिनुपर्नेछ। बुद्धिको उपयोग गरेर मात्र सफलता पाउन सकिने समय हो। अरूको आशामा बस्दा योजना अपुरो रहन सक्छ। गोपनीय विषयहरू सुरक्षित राख्दै शुभचिन्तकको भावनालाई बुझेर अघि बढ्नुहोला।
कुम्भ – AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अघिका सफलताले नयाँ लक्ष्यको प्रेरणा दिनेछ। धेरै अवसरहरू आउनेछन् तर हतारले काम बिग्रन सक्छ। खानपान र भेटघाटको व्यस्तताले काम प्रभावित हुन सक्छ। यद्यपि निरन्तर प्रयासले दीर्घकालीन कामको जग बसाउने अवसर मिल्नेछ। नयाँ योजना प्रस्तावित हुनेछन् र सहकार्य गर्नेहरू पनि पाइनेछन्। परिश्रमको फलस्वरूप नाम, दाम र इनाम प्राप्त हुनेछ।
मीन – PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अचानक खर्च बढ्ने र आर्थिक अभावले तनाव दिन सक्छ। अवसर प्राप्त गर्न दौडधुप बढ्न सक्छ। अपरिचित व्यक्तिमा अन्धविश्वास गर्दा धोका हुने खतरा छ। छरछिमेकमा असमझदारी बढ्न सक्ने हुँदा सावधानीपूर्वक व्यवहार गर्नु उपयुक्त हुनेछ। यात्रामा असहजता भोग्नुपर्ला। समयमा निर्णय लिन नसक्दा पछाडि पर्न सकिनेछ। आफ्ना प्रिय व्यक्तिबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ।